झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ कात्तिक । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ । यही स्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेसा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकले गर्न हुने–नहुने काम एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा आफूले समयसमयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेबसाइटमार्फत जानकारी गराउँदै आएको जनाएको छ…

Read More

फिदिम, २२ कात्तिक । रानिटार युनाइटेड क्लबको आयोजनामा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । झापा वितामोडमा अवस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको आँखा शिविरमा ५५० बढीले सेवा लिएको रानिटार युनाइटेड क्लबका अध्यक्ष टंक गुरुङले बताउनुभयो । नगरका वडा नं ( ७ र ८ का नागरिकलाई लक्षित गर्दै निशुल्क आँखा चेक जाँच शिविरको आयोजना गरिएको हो । आँखा शिविरमा विरामीलाई औषधी , चस्मा उपलब्ध गराइएको थियो । आँखा शिविरमा २८ जना आँखाका बिरामीको सल्यक्रिया गर्नु पर्ने भएका कारण आगामी मङ्सिर ५ गते गोपेटारमा हुने शिविरमा लगिने आयोजकले बताएको छ ।

Read More

बिर्तामोड, २२ कात्तिक । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा २७ गते हुने भएको छ । कोशी प्रदेशको तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थाको मंसिर १३ गतेदेखि २० गतेसम्म इकाइगत साधारणसभा सम्पन्न हुने संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । सबै सेवा केन्द्रको सात वटा इकाइगत साधारणसभा गरेर मंसिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण भेला गरी साधारणसभा सम्पन्न गरिने बताउनुभयो । हाम्रो नेपालमा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म २० हजार ९८१ महिला र १४ हजार ९०३ पुरुष गरी ३५ हजार ८८४ जना सेयर सदस्य रहेको संस्थाका सहायक प्रबन्धक सरोज दाहाले…

Read More

अर्जुनधारा, २२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न जापानको टोनो सिटी लातेको टोली यहाँ आएको छ । चार सदस्यीय जापानी टोलीलाई अर्जुनधारा नगरपालिकामा पञ्चेबाजासहित स्वागत गरिएको छ । अर्जुनधाराको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै भगिनी सम्बन्ध स्थापित गर्न उनीहरुको टोली यहाँ आएको हो । जापानी टोलीमा टोनो सिटी लते सहरकी उपमेयर सोकी सुजुकी, प्रमुख परीक्षक यासुहिको कुराउची, यिमिको किकुची, अन्तर्राष्ट्रिय सल्लाहकार टोमोनरी किकुची छन् । टोलीले अर्जुनधारा नगरपालिको वडा नम्बर ४ र ५ को अवस्थाबारे जानकारी लिनुका साथै अवलोकन गर्ने अर्जुनधारा नगरप्रमुख वलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । अर्जुनधारा आएको जापानको टोलीले नगरप्रमुख…

Read More

बिर्तामोड, २२ कात्तिक । झापा क्षेत्र नं–२ मा नेपाली कांग्रेस महासमिति सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । मतदानमा ४९९ जना क्षेत्रीय प्रतिनिधिले मत हालेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा भएको मतदानमा १५६ महिलासहित ४९९ जनाले मत हालेको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजै ४ः१५ बाट मतगणना शुरु भएको छ । प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन हुनेमा झापा क्षेत्र नं–२ मा आदिबासी जनजाति महिलातर्फ राधा सुब्बा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । बाँकी १० जना महासमिति सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको थियो । जसमा दुई खुल्ला महिलातर्फ…

Read More

भद्रपुर, २२ कात्तिक । झापाको भद्रपुरमा दशकौंदेखि आयोजना हुँदै आएको कालीपूजाको भव्य तयारी गरिएको छ । भद्रपुर वार्ड नं ५ र ६ को संगमस्थल सिकन्दर मार्केटमा ६ दशकअघि सुरु गरिएको काली पूजाको तयारी तीव्र बनाइएको हो । यस वर्ष फरक र थप आकर्षक ढंगले पूजाको तयारी गरिएको आयोजक सार्वजनिक काली पूजा समितिले जनाएको छ । समितिले यस वर्ष आकर्षक पण्डाल निर्माण गरेको छ भने पूजास्थल वरिपरि झण्डै एक किलोमिटरसम्म आकर्षक लाइटिङको व्यवस्था गरिएको समितिका सदस्य मानष घोषले जानकारी दिए । धरहरास्वरुपमा निर्माण गरिएको पण्डाल नेपालमै पहिलो भएको सदस्य सञ्जय घोषले बताए । ६५ वर्षअघि कालीपूजा गर्न थालिएको सिकन्दर मार्केटमा अहिले…

Read More

बिर्तामोड, २२ कात्तिक । झापाको मेचीनगरमा मुल कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को ३१ औं साधारणसभा मंसिर १६ गते हुने भएको छ । मंसिर २ गतेदेखि इकाइगत साधारणसभा शुरु भई मंसिर १६ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने भएको हो । संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिकसँगै साधारणसभाका बारेमा जानकारी दिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले मंसिर २ गतेदेखि ८ गतेसम्म सात वटा इकाइगत साधारणसभा हुने बताउनुभयो । पत्रकारको जिज्ञासाको जवाफ दिँदै उहाँले विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनको असर संस्थामा समेत देखिएको बताउनुभयो । संस्थामा एक जना सदस्यले बचत गरेको रकम अर्को सदस्यले ऋणको…

Read More

झापा, २२ कात्तिक । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोडबाट एक जना र अर्जुनधाराबाट चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । मंगलबार बिर्तामोड नगरपालिका–८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएकोले अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटि गई बुझ्दा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २५ वर्षीय प्रतिक राई चोट पटक नलागेको र नसालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

Read More

फुङ्लिङ, २२ कात्तिक । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए । अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उहाँले बताउनुभयो । मुख्य…

Read More

झापा, २२ कात्तिक । सर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भए पनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन । सर्वोच्चको रणनीतिक योजनामा न्यायिक सुशासनको प्रवद्र्धन, गुणस्तरीय न्याय सम्पादन, न्यायपालिकाको आस्था र विश्वास अभिवृद्धिलगायतका महत्वपूर्ण लक्ष्य निर्धारण गरिएको छ । त्यसरी निर्धारण गरिएको लक्ष्यअनुसार सर्वोच्चले भ्रष्टाचारविरुद्धका मुद्दामा आफ्नो न्यायिक कारबाही आक्रामक किसिमले अगाडि बढाउन सकेको छैन । अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका १० वर्ष पुराना ४० वटा मुद्दा विचाराधीन छन् । त्यस्तै, पाँच वर्ष पुराना २ सय ७५ वटा भ्रष्टाचार मुद्दा विचाराधीन छन् । एउटा प्रकृतिको…

Read More