झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ असोज । भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् । मजदुरी गर्न गएका उनीहरु ११ दिनदेखि सम्पर्कविहीन भएका थिए । इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् । यस्तै, सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू…

Read More

झापा, २८ असोज । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्कीलाई गठबन्धन दलका शीर्ष नेताहरूले नै विश्वासको मतका साथ सहयोग गरेर जाने निर्णय लिएसँगै एमालेको रणनीति फिक्का भएको हो । गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसभित्र उद्धव थापाको विकल्पमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णयसँगै कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला समूहले कोशी प्रदेशमा एमालेसँगको सहकार्य रोजेर कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएका थिए । कार्की मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का…

Read More

झापा, २८ असोज । साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र ९अकामा० नबनाइदिने गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन् । २२ महिनाअघि साउदी पुगेका नवीन नेपालीलाई पनि कम्पनीले अकामा नबनाइ दिएपछि नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि तथा एनआरएन आईसीसी सदस्य विशालकुमार श्रेष्ठको सहयोगमा एक साताअघि उनी नेपाल फर्किएका थिए । सन २०२० मा साउदी पुगेका उनलाई कम्पनीले ६ महिनाको अकामा बनाइदिएको थियो । अकमा सकिएपछि कम्पनीले नवीकरण नगरेपछि उनी गैरकानुनी हैसियतले सोही कम्पनीमा १६ महिनादेखि काम गरिरहेका थिए । उनी गत १ सेप्टेम्बरमा दूतावास रियादबाट बहिर्गमन भिषाको सिफारिस लिएर ११ सेप्टेम्बरका दिन दूतावासका अवैधानिक प्रतिनिधि…

Read More

झापा, २८ असोज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित…

Read More

झापा, २७ असोज । बिर्तामोड वडा नम्बर ४ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड ४ सेमिफाइनलमा प्रवेश गरेको हो । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिर्तामोड ८ लाई पराजित गर्दै बिर्तामोड ४ विजयी बन्यो । विजेता टोलि बिर्तामोड ४ का लागि २ गोल गर्ने लाम्गादे आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले पुरस्कार प्रदान गर्नुभएको थियो ।…

Read More

चन्द्र बस्नेतकनकाई, २७ असोज । प्रजापति सामाजिक क्लबको आयोजना तथा झापाको कनकाई नगरपालिका वडा नम्बर १ र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता यति बेला जारी छ । बडादशैँ तथा तिहारको अवसर पारेर झापाको कनकाई १ स्थित प्रजापतिमा गत बिहीबारदेखि प्रजापति सामुदायिक वनको खेल मैदानमा जारी प्रतियोगितामा आजभएका दुई खेलमा वडा नं. १ र ३ विजयी भएको छ । आज भएको दुई खेलमध्ये पहिलो खेलमा वडा न ३ ले वडा नं. ६ लाई ३–० गोल अन्तरले पराजित गर्यो । त्यस्तै, दोस्रो खेलमा वडा न २ लाई हराउँदै वडा न १ फाइनलमा प्रवेश गरेको छ…

Read More

भद्रपुर, २७ असोज । झापाको कचनकवल –१ घेरावारी स्थायी घर भएका मृगौला रोगबाट पीडित एक युवाले बचाई दिन सार्वजनिक अपिल गरेका छ्न । २ वटै मृगौलाले काम गर्न छोडेपछि साविक घेरावारी ,झाकुवा बस्तीका प्रदीप नारायण राजवंशीले आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि झापाबासीसित बचाइ दिन अनुरोध गरेका हुन् । मृगौला रोगसित लड्न महंगो खर्च लाग्ने भएपछि ३५ वर्षे राजवंशीले आफ्नो एकल प्रयासमा उपचार गर्न नसक्ने भएपछि सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि आग्रह गरेका हुन् । केही महिनायता दुवै मृगौलाले काम नगर्ने अवस्था आएपछि हाल ओम साई पाथीभरा अस्पताल भद्रपुरमा डायलोसिस गरिरहेका राजवंशी आर्थिक अवस्थाकै कारण मृगौला प्रत्यारोपण गर्न नसक्ने परिस्थितिमा…

Read More

धरमपुर, २७ असोज । धरमपुर बचत तथा ऋण सहकारी संस्थाले शनिबार क्यान्सरसँग जुधिरहेका दुईजना सेयर सदस्यसहित १२ जना बढीलाई सहयोग, सम्मान र पुरस्कृत गरेको छ। झापाको शिवसताक्षी-१ मा रहेको संस्थाले १४औँ वार्षिक साधारणसभामा उनीहरूलाई सहयोग, सम्मान र पुरस्कृत गरेको हो। संस्थाले क्यान्सर पीडित सदस्यद्वय इन्द्रबहादुर कटुवाल र निर्मला घिमिरेलाई राहत रकम उपलब्ध गराएको संस्थाका व्यवस्थापक विनोद ढकालले बताए । संस्थाले पत्रकार विनोद सापकोटालाई पुरस्कृत गरेको छ। संस्थाको कार्यक्षेत्र भित्रका पत्रकारलाई पुरस्कृत गर्ने नीति अनुरुप सापकोटा पुरस्कृत भएका हुन् । त्यसैगरी संस्थाले एसइईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तान मध्येबाट समीर ढकाल, प्रवीता श्रेष्ठ र नाजनी खड्कालाई पुरस्कृत गरेको हो। ४६३ जना…

Read More

बिराटनगर, २७ असोज । सुनसरी र मोरङको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ५ बजे सुनसरीको बर्जु गाउँपालिका-५ देवानगंज बिराटनगर सडक खण्ड स्थितमा को. ६ प ९३३३ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ७० बर्षीय बेचुलाल शर्मालाई ठक्कर दिदा घाईते भएका शर्माको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी, मोरङको उर्लाबारी नगरपालिका-७ स्थित पुर्व पश्चिम राजमार्गमा बागमती प्रदेश-०१-०२६ च ६२८८ नम्बरको कारले ठक्कर दिदा घाईते भएका स्थानीय ५६ बर्षीय बोधबिक्रम मुखियाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न मोटरसाईकल चालक देवानगंज-३ का २८ बर्षीय बिनोद…

Read More

बिराटनगर, २७ असाेज । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार असोज २६ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका-१,३,७ नम्वर वडाका २३ रोपनी जग्गामा लगाएको ५७ सय गाँजाको बोट नष्ट गरेको छ । यसैगरी, उदयपुरको जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ र ताप्ली गाउँपालिका-२ स्थितका बिभिन्न एरियामा लगाएको करिव ६२ हजार १ सय ५०…

Read More