झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २७ असोज । मोरङ र झापा जिल्लाका नदीहरुबाट अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० स्थितमा अवैधरुपमा ढुंगा बोकेको प्रदेश ३-०१-००३ क ५३८२ र प्रदेश ३-०१-००३ क ५३७६ नम्वरको टिफर नियन्त्रणमा लिएको छ भने झापाको प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-००२ त २९० नम्वरको ट्याक्टरले अवैध रुपमा बालुवा ओसार पोसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

Read More

झापा, २७ असोज । झापाको दमक नगरपालिका-१ स्थितमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । असोज २५ गते बिहीबार राती ११ बजे इलाम फाकफोकथुम घर भई दमक-१ मा डेरा गरी बस्दै आएका २२ बर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती २१ बर्षीया सुनिता सुनुवारलाई कुटपिट गर्दा घाईते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उनको उपचारको क्रममा सुक्रवार साँझ मृत्यु भएको हो । घटनामा संलग्न रहेका सुनुवारलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Read More

कनकाई, २७ असाेज । बालबालिकाहरुका हक अधिकारलाई सुनिश्चित र कार्यान्वयन गर्ने उद्देश्यका साथ कनकाइ नगरपालिकाले बालमैत्री स्थानीय शासन युक्त नगरपालिका निर्माण अभियानलाई निरन्तर सञ्चालन गरिरहेको छ । २०८१ भदाै २९ सम्ममा सिङ्गो नगरपालिकालाई बालमैत्री बनाउने प्रतिबद्धता गरेको नगरपालिकाले हालसम्म पहिलो चरणमा कनकाई-५, ६ र ८ गरी तीन वटा वडाहरु बालमैत्री घोषणा गरिसकेको अवस्था छ । दोस्रो चरणमा बाँकी रहेका ६ वटा वडासहित सिङ्गो नगरपालिका बालमैत्री बनाउने लक्ष्यका साथ आफ्ना कार्यक्रमहरु तीब्र गतिमा सञ्चालन भइरहेको छ ।हाल बाँकी रहेका वार्डहरुमा बालमैत्री अभिमुखीकरण साथै समुदायस्तरमा बाल अधिकार समिति गठन तथा प्रशिक्षण कार्यक्रम भइरहेको छ भने वडा न.१-२ र ७ मा सम्पन्न समेत…

Read More

बिर्तामोड, २७ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले नौ जनालाई सम्मान गरेको छ । संस्थाको ११ औं वार्षिक साधारण सभा अन्तरगत शुक्रवार बिर्तामोड सेवा केन्द्रको इकाईगत साधारण सभाका क्रममा उनीहरुलाई सम्मान गरिएको हो । प्रवद्धर्कका रुपमा नारायण कट्टेल र युवराज कार्कीलाई सम्मान गरिएको छ । त्यस्तै बिर्तामोड सेवा केन्द्र अन्तरगत उत्कृष्ट बचततर्फ रोस्क्रिन लिम्बु, उत्कृष्ट आवधिक बचततर्फ पूजा ढकाल, उत्कृष्ट साधारण बचततर्फ ओमनाथ दाहाल, उत्कृष्ट शिक्षातर्फ आस्मा पौडेल, उत्कृष्ट ऋणितर्फ बिज्ञान श्रेष्ठ र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल दिव्या काफ्लेलाई नगदसहित सम्मान गरिएको छ । सोही कार्यक्रमकाबिच समिक्षा चम्लागाईलाई प्रसुति सहयता अन्तरगत ३५…

Read More

झापा, २७ असोज । विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरि सकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न भने बाँकी नै छ । इजरायलमाथि हमास विद्रोही समूह हमासले गत शनिबार आक्रमण गर्दा १० जना ने पाली विद्यार्थीले ज्यान गुमाए भने अहिले सम्म एक जना बेपत्ता छन् । यस वर्ष एकै पटक २६५ जना विद्यार्थीलाई सो कार्यक्रममा पठाइएको थियो । कृषि तथा वन विश्वविद्यालयका रजिस्ट्रार प्राडा शार दा थपलियाले आगामी दिनमा लर्न एन्ड अर्न’ कार्यक्रममा पठाउन नहुने बताए । “इजरायल गएका विद्यार्थी भर्खर फर्किएका छन् ।…

Read More

झापा, २७ असोज । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

झापा, २७ असोज । पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा…

Read More

झापा, २७ असोज । स्लोभाकियालाई हराउँदै पोर्चुगल युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगल आगामी प्रतियोगिताका लागि छनोट भएको हो । ३–२ को जीत हासिल गर्दै पोर्चुगल समूह जे बाट ३ खेल बाँकी छँदै प्रतियोगिताका लागि छनोट भएको छ । पोर्चुगलले समूह जीको सातमध्ये सातै खेल जित्दै युरो २०२४ मा स्थान पक्का गरेको हो । युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलसँगै बेल्जियन, जर्मनी र फ्रान्सले आफ्नो स्थान पक्का गरिसकेका छन् । एजेन्सी

Read More

झापा, २७ असोज । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका छन् । विदेश पठाउने आश्वासनमा म्यानपावरले सुरुमै युवाहरूसँग ४०/५० हजार रकम लिएका रहेछन् तर बैंकमार्फत होइन । म्यानपावरवालाले बिदेसिनेसँग बैंकमार्फत नभई अनेक विश्वास दिलाउँदै हाताहाती पैसा उठाउने गरेका छन् । ‘टिकट र भिसा आइसक्यो, पैसा दिन किन किचकिच गरेको ? हामीले कुनै पनि बैंक खाता खोलेका छैनौँ । पैसा लिने-दिने हातैमा हो ।…

Read More

झापा, २७ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र…

Read More