झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मानेभञ्ज्याङ (भारत), २३ असोज । टेरिटोरियल आर्मी दार्जिलिङको जितसंगै सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । आर्मीले सिलोङ लाजोङ एफसी आसाम माथि ४–१ गोल अन्तरको जित निकालेसंगै सेमीफाइनल पुग्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा बिएसके जलपाइगुडी र कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भिड्नेछन् । दोश्रो सेमीफाइनलमा चाँद एफसी तीनधारिया र टेरिटोरियल आर्मीको भेट पक्का भएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइलन खेलमा वाङदेन तामाङ चम्किएपछि आर्मीले सेमीफाइनलमा स्थान बनाएको छ । उनले खेलमा ह्रयाट्रिक गरे । २० औ, ३५ औ र ४८ औ मिनेटमा उनले गोल गरे । त्यसैगरी एन्थोनी क्षेत्रीले ५९ औ मिनेटमा गोल गरे…

Read More

बिर्तामोड, २३ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँच वटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण सभा शुरु भएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षातामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली हुनुहुन्थ्यो । साधारण सभाको उद्घाटन पश्चात शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि पराजुलीले सहकारी संस्थाप्रति सदस्यले अपन्त्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धेरै सहकारी संस्था समस्यामा रहेको बताउँदै उहाँले नगरपालिकामा समेत धेरै उजुरी आउने गरेको सुनाउनुभयो । शिक्षा सहकारीको प्रतिवेदन अध्ययनका क्रममा संस्थाको…

Read More

कनकाई, २३ असोज । स्थानीय तह कर्मचारी संघर्ष समितिद्वारा कनकाईमा अत्यावश्य सेवा बाहेक सबै सेवा ठप्प पारेर धर्नामा बसेका छन् । केन्द्रिय आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन अनिश्चितकालका लागि सेवा बन्द (पेनडाउन) गरेर विरोध स्वरूप धर्नामा उत्रिएको नगर संघर्ष समितिकि संयोजक जमुना कटुवालले जानकारी दिनुभयो । सरकारले संघीय संसद्मा निजामति विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला देशभर ७ सय ५३ वटै स्थानीय तहका कर्मचारीहरु असोज १६ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन् । त्यसैको विरोधमा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन् । संसदमा पेस गर्न तयार गरिएको विधेयकमा स्थानीय तहका प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुको हित प्रतिकुल…

Read More

इलाम, २३ असोज । अधिकांश विद्यालयमा विद्यार्थी पढाइन्छ, तर विद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब विद्यालय जाने विद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्ररूपमा अघि बढाइएको छ । त्यसका लागि सहजकर्ता नियुक्त गर्न सात दिने सूचना जारी गरिसकिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनको भनाइ थियो । सोही कार्यविधि अनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएकोमा १५ जनाले आवेदन…

Read More

झापा, २३ असोज । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको तथ्य फेला पारेको हो । अभियानका मेचीनगर अध्यक्ष रचना घिमिरेले अनुगमनबाट पाइएको तथ्यबारे जानकारी दिँदै मेचीनगर नगरपालिकाको मेचीनगर वडा नं ७ स्थित मुख्य प्रशासनिक कार्यालयबाट एक सय मिटरभित्रका पसल तथा घरमा सुर्तीजन्य पदार्थको निर्वाध बिक्री वितरण भइरहेको फेला पारिएको जानकारी दिइन्। अभियानले मेचीनगर वडा नं १०…

Read More

झापा, २३ असोज । इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् । बेपत्ता हुनेमा इलाम नगरपालिका–९ का सेन बहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भए पनि बस्नेत लगायत अन्यको विषयमा थाहा नभएको बताए । ‘दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा…

Read More

झापा, २३ असोज । इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् । सोमबार बसेको मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।…

Read More

झापा, २३ असोज । बैकिङ कसुर र लागुऔषध मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड–४ का ५६ वर्षीय डमरु दास र दमक–१ का ५२ वर्षीय खडानन्द भण्डारी रहेका छन् । उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला भएर फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । झापा जिल्ला अदालतको २०८० बैशाख १४ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा १ बर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका डमरु दास र उच्च अदालत विराटनगर इलाम इजलासको…

Read More

काठमाडौँ । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँचरछ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए । “भारत वा विश्वबजारमा जिराको मूल्य…

Read More

झापा, २३ असोज । अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौंमा अवतरण गराइएको छ । अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेमा नेपालीहरू पनि धेरै रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। ‘मानव तस्करहरूको…

Read More