झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ कात्तिक । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तर पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पनि एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

झापा, २१ कात्तिक । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो । उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमलसिनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताए । उनले भने, “यो बेलामा सरकारका नियमनकारी निकायको अनुगमनलाई झन्…

Read More

झापा, २१ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा ९साउन–असोज० अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ ।भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६।८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । विभागका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९र८० मा आठ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा अलैँची निर्यात ७२ प्रतिशतले वृद्धि भएको विभागको…

Read More

झापा, २१ कात्तिक । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको त बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सडक विभागमा बिल पेस भइसकेको छ । बिल भुक्तानी नहुँदै विभागले द्रुत बस सेवा रुटमा डिभाइडर राख्न अरू २० लाख खर्च गर्ने भएको हो । द्रुत बस सेवा रुटलाई डेडिकेटेड ९छुट्टै लाइन० बनाउन विभागले करिब ६ सय वटा गहुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको…

Read More

हाल इटालीको रोममा बस्ने एक युवती चर्चामा छिन् । ती २२ वर्षीया युवतीले चाहिं करोडौं खर्च गरेर आफ्नो अनुहारलाई ठ्याक्कै बिरालोजस्तै बनाएकी छिन् । कियारा डेल एबेट नामकी ती युवतीले बिरालोजस्तै बन्नका लागि अनुहारमा २० वटा परिवर्तन गराएकी छिन् । एबेटको सानैदेखिको सपना बिरालो जस्तै बन्ने थियो । सोही शोखलाई पूरा गर्नका लागि उनले आफ्नो अनुहार यसरी परिवर्तन गराएकी हुन् । उनले ११ वर्षको उमेरदेखि नै शरीरमा यस्तो बदलाव सुरु गरेकी थिइन् । ११ वर्षको हुँदा नै उनले पहिलोपटक पियरसिङ र स्ट्रेचिङ गराएकी थिइन् । त्यसको पाँच वर्षमा उनले सरीरमा ७२ पटक पियरसिङ गराइन् । उनले आफ्नो जिब्रोको अगाडिको भागलाई…

Read More

झापा, २० कात्तिक । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा १०५ नं. बुँदामा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । कार्यदलले गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्नेछ। मन्त्री डा. महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव…

Read More

स्वस्थ्य रहनका बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ । बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ । शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानि भने हुँदैन । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ। माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ।…

Read More

बितामोड, २० कात्तिक । झापाको बिर्तामोड नगरपालिकामा निर्माणधिन बुट्टाबारी–प्याकुरेल सडक खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ । बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजना अन्तरर्गत रहेको नमूना सडक निर्माणलाई तीब्रता दिइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेसहितको टोलीले सोमवार सडकको निर्माण प्रगति अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार सडक निर्माणको काम हालसम्म ६ प्रतिशत पुरा भइसकेको छ । शिलान्यास भएपछि वर्खायाम बाहेक उक्त परिमाणमा काम भएको हो । अहिले सो सडक क्षेत्रमा ड्रेन तथा कल्भर्ट निर्माणको काम भइरहेको छ । न्यौपानेले सडक क्षेत्रमा सक्रिय ढंगबाटै काम भइरहेको जानकारी दिनुभयो।…

Read More

विराटनगर, २० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकत्ताका साथ बजेट विनियोजन गर्ने र संघ र स्थानीय सरकारबिच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताउनुभएको हो । विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्ष सहित स्विस सरकारका प्रतिनिधिहरुसंग वृहत् छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव…

Read More

झापा, २० कात्तिक । एबिसीकी केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझैपनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् । एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि खुलेर बाहिर आउन नसकेको बताउँदै त्यस्ता समस्यालाई पनि उजागर गर्नुपर्ने बताइन् । उनले भनिन्– ‘समस्या छ, तर बाहिर आउन÷ल्याउन सक्दैनन् र यो सजिलो पनि छैन । तैपनि त्यस्ता हिंसालाई पनि सहज रुपमा बाहिर ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।’ एबिसीकी महासचिव चन्द्रा विष्टले काम गर्न आवश्यक बजेटबारे स्थानीय सहकारसंग पनि समन्वय गर्न सकिने विकल्प औल्याइन् । संस्थालाई दीर्घकालीन व्यवस्थापनका लागि कोष बनाउने योजना अघि…

Read More