
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० असोज । बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुनु सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो । उद्योगी व्यवसायीले भने अझै धागो निर्यात गर्न सकेका छैनन् । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । नाका खुला भएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि धागो निर्यात हुनु सकेको छैन । नेपाल धागो उत्पादक सङ्घका…
झापा, २० असोज । एक किशोरीलाई सात दिनसम्म जबरजस्ती करणी गरेको अरोपमा झापाका बाह्रदशी गाउँपालिका–२ का एक युवा पक्राउ परेका छन् । एक १७ वर्षीया किशोरीलाई बलात्कार सात दिनसम्म करणी गरेको आरोपमा बाह्रदशी–२ का २० वर्षीय अजय शर्मा खत्वे पक्राउ परेका हुन् । आरोपित खत्वेले खोटाङको दिक्तेलरुपाकोट मझुवागढी–१ मा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्रोतका अनुसार आरोपित खत्वे र पीडित भनिएकी किशोरीबीचप्रेमसम्बन्ध रहेको र उनीहरुले भागी…
झापा, २० असोज । ठूलो रकम सट्टेबाजी गराउने एक युवालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । अवैध रुपमा अनलाइनबाट सट्टेबाजीमा सक्रिय भइ करोडौं कारोबार गर्ने गरेको आरोपमा दमक–१२ का ३० वर्षीय पिन्टुकुमार साह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले साहलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार करिब छ महिना पहिले कार्यालयमा विभिन्न स्रोतबाट अवैध सट्टेबाजीको प्लेटफर्ममा सक्रिय भई कारोबार भइरहेको भन्ने सूचना आएको थियो । हामीलाई सूचना आएपछि करिब छ महिनासम्म अनुसन्धान गरेर प्रमाण सङ्कलन गरी पक्राउ गरेका हौं– रेग्मीले भने । रेग्मीका अनुसार…
झापा, २० असोज । झापाको कनकाई स्थित कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका नवनिर्वाचित अध्यक्ष शेरबहादुर थापाले धामक्षेत्रको समग्र विकासका लागि सहमति र सहकार्यबाट अघि बढ्ने बताएका छन् । नवनिर्वाचित अध्यक्ष थापाले स्वतन्त्र प्यानलका निर्वाचन परिचालन समितिको आयोजनामा धाम परिसरमा भएको धन्यवाद, शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उक्त विचार व्यक्त गरेका हुन् । उनले योगी नरहरिनाथका आदर्शलाई पछ्याउँदै सबैसँग सरसल्लाह गरी सर्वपक्षीय सहमतिका आधारमा निर्णय गर्ने र निर्णय गरिएका कुरा लागु गर्ने बताए । आफूले चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेअनुसार कोटीहोम धाम क्षेत्रलाई राजनीतिबाट मुक्त वैदिक सनातनी धर्मको आस्थाको केन्द्र बनाउने बताए । भौतिक विकासका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको सहयोगको…
झापा, २० असोज । यस वर्षको मनसुन हिजोदेखि नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
झापा, २० असोज । भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ । नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका लागि विदेश जान रोक लगाएको छ । तर पनि भिजिट भिसाको आवरणमा कामका लागि विदेश जानेको सङ्ख्या बढ्दै गएको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार वैदेशिक रोजगारीका नाममा विभिन्न गिरोहले बेचबिखन गर्ने उद्देश्यले नक्कली भिजिट भिसामा दुबईलगायतका देश पठाउने गरेका छन् । उनले भने, ‘वैदेशिक रोजगारीमा…
झापा, १९ असोज । ६८ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा सुनसरी जिल्ला अस्पतालमा उपचाररत बिमारीहरुलाई फलफुल तथा कपडा वितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा प्रसुति वार्डमा उपचाररत रहेका सुत्केरी आमा र अस्पतालका अन्य बिरामीहरुलाई फलफुल बितरण गर्नुकासाथै नवजात शिशुहरुलाई लत्ताकपडा समेत बितरण गरेको थियो । उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी तथा श्रीमती संघका पदाधिकारीहरु र अस्पतालका कर्मचारीहरु समेत उपस्थित रहेको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ…
विराटनगर, १९ असोज । मोरङको बिराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी कडाइका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तरगत नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो । कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोली परिचालन गरी सीमा नाकामा आवतजावत गर्ने शंकित व्यक्तिहरु तथा सवारी साधनलाई कडाईका साथ चेकजाँच गर्न सुरु गरिएको हो ।
झापा, १९ असोज । सन्तानवती मिथिलानी (मिथिलाका नारी) ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष) को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् । बितेको मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् । असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ । एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर…
झापा, १९ असोज । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ । कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ । कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, ७ को मैजुवहाल, ८ को जयवागेश्वरी, ९ को गौशाला, १४ को गणेश मन्दिरसँगै कुलेश्वर, १९ को कंकेश्वरी, २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वरबाट सेवा दिएको छ । ती केन्द्रको…