
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ असोज । आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ । गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो । भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ । सन् २०२१ र २२ मा नेपालमा २ लाख ८७ हजार मेट्रिक टन अदुवा उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ । नेपालमा २२ हजार ४४१ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । गत वर्ष अदुवा निर्यात गरेर…
झापा, २९ असोज । नेपालीको महान चाड बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ। सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणीदेवीको अनुकम्पा आवश्यक…
झापा, २८ असोज । इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ। इजरायलस्थित नेपाली दूतावासले ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको जनाएको छ ।
झापा, २८ असोज । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
झापा, २८ असोज । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा खेलमा बिर्तामोड–१० विजयी बन्यो । आजको खेलमा बिर्तामोड १० का कप्तान दिपेन राई ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले पुरस्कार प्रदान गर्नुभएको थियो । भोलि हुने पहिलो सेमिफाइनलमा बिर्तामोड ४ र बिर्तामोड ५ बिच खेल हुने आयोजक समितिका…
बिर्तामोड, २७ असोज । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन समिति संयोजक नरेन्द्र बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा झापा टुडे डटकमका सम्पादक हिमाल खरेललाई कदरपत्र प्रदान गरिएको छ । दुई दशकदेखि पत्रकारितामा आबद्ध खरेललाई संघले कदरपत्र प्रदान गरेको हो । संस्थाको चौतर्फी विकास तथा जनसमक्ष सूचना पुर्याउन र गरिमा उच्च राख्न खेलेको महत्वपूर्ण भूमिकाको विशेष मूल्यांकन गर्दै उनलाई कदरपत्र प्रदान गरिएको हो ।
बिर्तामोड, २८ असोज । इलाम–झापा मैत्री समाजले पत्रकार पुष्प खड्कालाई सम्मान गरेको छ । समाजले दशैँ, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मैत्री समाजले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा ‘इलाम–झापा मैत्री समाज अक्षयकोष शुभारम्भ’कार्यक्रमको अवसरमा खड्कालाई सम्मान गरेको हो । पत्रकार खड्का परिवेश मिडिया डटकमका प्रधान सम्पादक हुन् । मैत्री समाजको गतिविधि प्रकाशन प्रसारणमा उल्लेख्य योगदान गरेको भन्दै समाजले खड्कालाई सम्मान गरेको हो । खड्कालाई युनिकम नेपालका अध्यक्ष एवम् मैत्री समाजका पूर्व कोषाध्यक्ष गजेन्द्र पौडेलले सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
झापा, २८ असाेज । झापाकाे दमकमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजकाे शाखा सञ्चालनमा आएकाे छ । नेपालकाे २० औं शाखाकाे रूपमा आजदेखि एक्पर्ट एजुकेशनकाे शाखा सञ्चालनमा आएकाे हाे । आज एक कार्यक्रमका बिच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एक्पर्टकाे दमक शाखाको उद्घाटन गर्नुभयो । अस्टेलियाकाे सिड्नीमा मुख्य कार्यालय रहेकाे एक्सपर्टले अस्टेलिया लगायत बिदेशमा अध्ययन गर्न चाहने बिध्यार्थी परामर्श र भिषाका लागि प्रक्रियामा सहजीकरण गर्दै आएको छ । माई पश्चिमका बिध्यार्थीलाई सजह हाेस् भनेर शाखा सञ्चालनमा ल्याइएकाे संस्थाका नेपाल डाइरेक्टर ख्याम संग्रौलाले बताउनुभयो । विश्वभर २० वटा मुलुकमा शाखा रहेकाे एक्पर्टमा नेपालमा ८०० जना कर्मचारीले सेवा प्रदान गर्दै आएको छ ।…
झापा, २८ असोज । झापाको मेचीनगरस्थित हरि आधारभूत विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक धु्रव पौडेल रहेका छन् । उनलाई अभिभावकको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिए । शिक्षक पौडेलले छात्रालाई दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ । छात्राहरूले आफूहरूलाई शिक्षक पौडेलले दुव्र्यवहार गर्ने गरेको बताएसंगै अभिभावकले उजुरी दिएपछि पौडेल पक्राउ परेका हुन् । दुई जना छात्राका अभिभावकले दिएको उजुरी पछि मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । शिक्षक पौडेलबिरूद्ध कक्षा ७ र ८ का छात्राहरूले सामुहिक रूपमा पटक–पटक विद्यालयमा दुव्र्यवहार…
झापा, २८ असोज । पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको अधिकांश भागबाट मनसुन बाहिरिए पनि पूर्वमा अझै केही लाग्ने महाशाखाले जानएको छ । पूर्वमा बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र मधेस प्रदेशको धेरैजसो…