
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दुर्गापुर, २४ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले चार जना सदस्यलाई सम्मान गरेको छ । संस्थाको एघारौं वार्षिक साधारण सभा अन्तरगत आज कनकाई–१ स्थित सदस्य सेवा केन्द्र दुर्गापुरको इकाइगत साधारण सभामा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा उत्कृष्ट आवधिक बचततर्फ नरमाया बस्नेत, उत्कृष्ट शिक्षा बचततर्फ कृष्णराज राजवंशी, उत्कृष्ट ऋणीतर्फ कमला पौडेल र उत्कृष्ट साधारण बचततर्फ रुद्रप्रसाद भारती सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई–१ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, विशेष अतिथि वडा सदस्य निर्मला खड्का, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुशीलकुमार पोखरेलले सबै सदस्यले संस्थाप्रति…
भद्रपुर, २४ असोज । झापाको भद्रपुर नगरपालिका–३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित ४ जना जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको वर्ष १९ का निसान लिम्बु र निजका साथी वर्ष २४ का रिवज रनपहेलीलाई रोकी सोमबार चेकजाँच गर्दा निजहरूले नशालु पदार्थ सेवन गरेको पाइएकोले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । मंगलबार झापाको दमक नगरपालिका–१ का २१ वर्षीय रुस्बिन लिम्बू भनिने विवेक फियाक लिम्बू साइकल बुझ्न आएकाले शङ्का लागी उक्त साइकललाई चेकजाँच गर्दा साइकलको सिट मुनी सिट स्टेण्ड फलाम भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध…
झापा, २४ असोज । एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारीको माग सम्बोधन नहुँदा स्थानीय तहको सेवा प्रभावित भएको छ । संघीयता विज्ञ खिमलाल देवकोटाले सरकारले आन्दोलनरत् कर्मचारीलाई बार्तामा बोलाई समाधान खोज्नुपर्ने बताए । उनले स्थानीय तहको माग उचित वा अनुचित जे भए पनि बार्ता गर्नुपर्ने र प्रहरी लगाएर दवाउनु नहुनेमा जोड दिए । उनले भने– ‘संविधान विरोधी छ भने पनि वार्ता गरी ठिक र बेठिक छुट्याउनु पर्छ ।’ उनले काठमाडौंको मुटुमै ट्राफिक व्यवस्थामा प्रत्यक्ष असर हुने गरी आन्दोलन हुँदा पनि…
झापा, २४ असोज । हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ। एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै विरोध जनाएका छन्। सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न एसइई परीक्षा प्रदेशस्तरमा अनिवार्य सञ्चालन गर्नु पर्ने माग सरकारकै स्वामित्वमा रहेको सार्वजनिक विद्यालयका शिक्षकहरूले आवाज उठाएका छन्। हाल सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयक २०८० मा विद्यालय तह आधारभूत र माध्यमिक कायम गर्दै विद्यालय तहको परीक्षा दुई तहमा मात्र लिनुपर्ने व्यवस्था गरिएको छ। कक्षा १० को एसइई…
झापा, २४ असोज । इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए । ‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डर काडेस बर्नियामा छौं,’ सुरजले भने, ‘यो मरुभूमि नै हो (रामत नेगेभ), इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिला नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस् ।’ यस ठाउँमा कुनै पनि बंकर नरहेको र आर्मीहरू त्यहाँभन्दा गाजा र…
झापा, २४ असोज । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो । केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले परिमार्जनसहित पारित गरेपछि यो ऐन सदनबाट पारित हुन सहज हुने भएसँगै लाइसेन्स अनिवार्य हुने भएको हो । संशोधित ऐनमा लाइसेन्स नलिई घरजग्गा कारोबार गरेमा काराबाही हुने उल्लेख गरिएको छ । संशोधित ऐनमा लाइसेन्सको अवधि ५ वर्षको हुने र कारोबार गर्न चाहनेले दिएको निवेदनका आधारमा लाइसेन्स दिने उल्लेख गरिएको छ ।…
कनकाई, २३ असोज । इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको सम्झना झापाको सुरुङ्गामा श्रद्धाञ्जलि सभा तथा दीप प्रज्वलन गरिएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा यहाँ १० जना बालिकाले विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । कार्यक्रममा वैदिक विधि अनुसार शान्तिको कामना गर्दै इजरायलमा मारिएका १० नेपाली विद्यार्थीको आत्माको शान्तिको कामना गरिएको थियो ।
झापा, २३ असोज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको ‘उद्योगहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ झापा र इलाममा प्रभावकारी देखिएको छ । झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएको सरोकारवालाहरु बीच झापाको विर्तामोडमा आयोजित योजना बैठकमा सहभागीहरुले बताएका हुन् । महासंघले गत वर्ष शुरु गरेको प्रशिक्षणात्मक सो कार्यक्रमले चिया तथा अलैंची उद्योग सम्बद्ध सबै पक्षलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषयमा सचेत गराउनुका साथै यसअघि उद्योगहरुमा देखिएका कमी–कमजोरी सुधारमा ठूलो मद्दत पुगेको बैठकका सहभागीहरुले बताएका थिए । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित योजना बैठकमा…
भद्रपुर, २३ असोज । झापाको भद्रपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीको आयोजना र भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त व्यवस्थापनमा एकदिने ‘सकारातमक सोचद्वारा तनावमुक्त जीवनका लागि राजयोगको महत्व’ विषयक प्रवचनात्मक प्रशिक्षण कार्यक्रम गरिएको छ । विभिन्न क्षेत्रको प्रतिनिधिमूलक सहभागितामा केन्द्रकी शोभा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक विजयराज सिग्देलले रोजयोगद्वारा तनावमुक्त जीवन जिउने कला र अभ्यासहरुका बारे प्रशिक्षण दिएका थिए । उनले अत्याधुनिक प्रविधिको विकास र आधुनिक जीवनशैलीले मानिस रोबोटजस्तो भइसकेको भन्दै स्वस्थ जीवनका लागि योग र व्यायामको महत्व बढ्दै गएको बताए । उनले ायेगका विधि र प्रक्रियाहरुका बारे जानकारी गराएका थिए…
बिर्तामोड, २३ असोज । झापाको बिर्तामोडमा चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा आजदेखि सुरु भएको छ । प्रतियोगितामा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजितगर्दै बिर्तामोड–४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भएको प्रतियोगिताको पहिलो खेलको निधार्रित समय एक–एक गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा ४ वटा प्राहार गोलमा परिणत गर्दै बिर्तामोड–४ विजयी बनेको हो । प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नुभएको थियो । यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डोमालाल राजवंशी रंगशालालाई…