झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मानेभञ्जयाङ (भारत), १६ असोज । चाँद एफसी तीन धारिया सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । रेडहर्स फुटबल क्लब इलामलाई ४–१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५ औ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए । ४ मिनेट नवित्दै सौभर तामाङले हेडर गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चाँदले ३ गोल थप्यो । खेलको ५० मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । ६५ औ मिनेटमा मार्टिनले व्यक्तिगत दोश्रो गोल गरे । इन्जुरी समयमा…

Read More

झापा, १६ असोज । झापाको मेचीनगरबाट प्रहरीले चार लाख रुपैयाँ भन्दा बढीको कस्मेटिक आइटम बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले सोमबार राति मेचीनगर नगरपालिका–१५ स्थित बिचार्ने चोकबाट भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको ४ लाख ५ हजार २७ रुपैयाँ बराबरको विभिन्न किसिम्मको कस्मेटिक सामान बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १६ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य…

Read More

बिर्तामोड, १६ असोज । स्थानीय तह संघर्ष समिति बिर्तामोडले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई माग पत्र बुझाएको छ । समितिले आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई माग पत्र बुझाएको हो । मागहरुका बिषयमा प्रष्ठ पार्दै स्थानीय तह संघर्ष समिति बिर्तामोडका संयोजक तेजिन्द्र तामाङले केन्द्रिय समितिको सर्कुलर अनुसार माग पत्र बझाएको जानकारी दिनुभयो । माग पत्र बुझ्दै नगर प्रमुख प्रसाईले कर्मचारीको मागहरुको विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताउनुभयो । कर्मचारीहरुले केन्द्रिय सर्कुलर अनुसार हातमा कालो पट्टीसमेत बांधेका छन् ।आज देखि ३ दिनसम्म हातमा कालो पट्टी बाधेर कामकाज गर्ने…

Read More

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को जग्गा बिक्रीका लागि आह्वानसम्बन्धी सूचना !

Read More

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को जग्गा खरीदका लागि इच्छा–पत्र आह्वान सम्बन्धी सूचना !

Read More

झापा, १६ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ…

Read More

झापा, १६ असोज । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताए । उनका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । उनका अनुसार सिकारका लागि…

Read More

झापा, १६ असोज । आवश्यक पूर्वाधार तयार नभई अस्वाभाविक लागतमा नेसनल पेमेन्ट गेटवे ९एनपिजी० खरिद गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बहालवाला सचिव मधुकुमार मरासिनी, पूर्वसचिव सञ्जय शर्मा, नेपाल टेलिकमका हालका प्रबन्ध निर्देशक सुनील पौडललगायत नौ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै सार्वजनिक पदधारण गरेका बहालवाला कर्मचारी स्वतः निलम्बनमा परेका छन् । छ वर्षअघि खरिद भएको प्रणाली अहिलेसम्म प्रयोगमा नआएको अभियोगपत्रमा उल्लेख छ । नीति तथा कार्यक्रममा समावेश नभएको, राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले बजेट माग नगरेको, नियमित चरणमा कुनै कार्य पूरा नगरी…

Read More

झापा, १६ असोज । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो । चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाएर प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । प्रदेश अधिवेशनमा पनि पार्टी अध्यक्ष ओलीले सकेसम्म प्रतिस्पर्धालाई भन्दा सर्वसम्मतको विधि अपनाउन निर्देशन दिएका थिए । तर…

Read More