झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भोजपुर, १५ साउन । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदर नियन्त्रणको…

Read More

झापा, १५ साउन । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मेचीनगर नगरपालिकाबाट एक जना र दमक नगरपालिकाबाट श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीनगर–६ स्थित मेची पुल छेउबाट आइतबार साँझ बिर्तामोड नगरपालिका–४ का २० वर्षीय महममताज अली दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका अलीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएसँगै प्रहरी टोलीले पक्राउ गरेको हो । यता, दमकमा लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार इलाका प्रहरी कार्यालय दमकबाट…

Read More

भद्रपुर, १५ साउन । हल्दिबारी गाउँपालिकामा गत आर्थिक वर्ष २०७९/०८० मा विपन्न नागरिक औषधि उपचार कोषमार्फत् रू एक लाख छूटका लागि ५९ जनाले सिफारिस लिएका छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाका अनुसार ३३ जना क्यान्सर रोग, नौ जना मृर्गौला रोग, १५ जना मुटु रोग र दुई जना मेरुदण्डको पक्षघातको बिरामीले रू एक लाख उपचार छूटका लागि सिफारिस लिएका हुन् । यस्तै, गाउँपालिकाले गत आवमा मृर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार वापत ६८ जनालाई रू ३२ लाख ५० हजार खर्च उपलब्ध गराएको छ । जसमा सबैभन्दा धेरै क्यान्सर रोगी ४४ जनाले रू २१…

Read More

झापा, १५ साउन । काठको परिमाण गणना गर्ने पछिल्लो फर्मुला हुबर परिवर्तन गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ । संघीय वन तथा वातावरण मन्त्रालय र सबै प्रदेशका वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्रालयबीचको आइतबारको बैठकले हुबर फर्मुला परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो। परिवर्तनको निर्णय भने गरिएको छैन । वन मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बैठकले हुबर फर्मुला परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए। उनका अनुसार यो अन्तिम निर्णय भने होइन । अझै अन्य सरोकारवाला निकायवीच छलफल गरेर मात्र अन्तिम निर्णय हुनेछ। उनले कानुन मन्त्रालय र अर्थ मन्त्रालयसँग राय लिन बाँकी रहेको जानकारी दिए। बैठकमा नयाँ र पुरानो फर्मुला लगाउने विषयमा राय बाझिएको…

Read More

झापा, १५ साउन । बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ । साउन १५ मा काठमाडौँ उपत्यकामा मात्र खिर खान २० लाख लिटर दुध बिक्री हुने लक्ष्य राखिएको छ । सरकारी तथा निजी क्षेत्रले २० लाख लिटरभन्दा धेरै दुध बेच्ने लक्ष्य लिएको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । दुग्ध विकास संस्थानले साउन १५ गते एक लाख ४५ हजार लिटर दुध बिक्री गर्ने लक्ष्य लिएको छ । उपत्यकामा दैनिक आठ लाख लिटर दुध बिक्री हुँदै आएको छ । अघिल्ला वर्षहरूमा भने यसबेला दुध…

Read More

मोरङ, १५ साउन । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको धारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय राजकुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १५ साउन । पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रुपियाँसम्म लिएर आफूसहित १७ जनालाई नेपालको विमानस्थलबाट मस्को हुँदै विभिन्न ठाउँमा पुर्याएर अलपत्र पारेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने, “हामी चैत २८ गते शाहीको माध्यमबाट पोर्चुगल जान भनेर नेपालको विमानस्थल हुँदै मस्को गयौँ । त्यहाँबाट प्रवास नामका भारतीय नागरिकले हामीलाई विमानस्थलबाट रिसिभ गरेर होटलमा लगियो र मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौँ…

Read More

झापा, १४ साउन । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ । निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । निरौलासँगै टिकटकको लाइभमा बसेर महिलाले कसैसँग कुराकानी गरिरहेको देखिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोसिस भइरहेका छ । निरौलाले भने यो भिडियो काठमाडौँको भएको दाबी गरेका छन् । काठमाडौँमा जन्मदिन मनाउँदाको भिडियो भएको दाबी गर्दै उनले धेरै जना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अचम्मित रहेको जिकिर गरे । दमक नगरपालिकाका…

Read More

भद्रपुर, १४ साउन । झापाको दमकबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आज दिउँसो दमक नगरपालिका–५ नारायण गोपाल टोलस्थित गौरादह नगरपालिका–५ घर भई हाल दमक–५ डेरा गरी बस्ने बर्ष २७ को सरोज सुब्बा र उनकी श्रीमती ३२ वर्षीया मिना राईको कोठामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउनसुगर ८ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुसँगै रहेका कमल गाउँपालिका–४ का ३५ वर्षीय सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु तिनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर…

Read More

हल्दिबारी, १४ साउन । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएको छ । हल्दिबारी गाउँपालिकाले कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यपुस्तक नै प्रकाशन गरेर विद्यार्थीको हातमा पुर्याएको हो । हल्दिवारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनककुमारी राईले शैक्षिक सत्र ०८० मा कक्षा १, २ र ३ को पाठ्यपुस्तक प्रकाशन गरिएको र बिद्यार्थीको हात हातमा पुर्याएको बताइन् । सबै बिद्यालयले पाठ्यपुस्तक लगेर बिद्यार्थीलाई बितरण गरिसकेको उनले जानकारी दिइन् । राईका अनुसार अब आगामी शैक्षिक वर्षमा कक्षा ४ देखि ८ कक्षासम्मको पाठ्यपुस्तक तयार गर्ने लक्ष्य रहेको छ । ‘पाठ्यपुस्तक निमार्ण र प्रकाशित गरी शैक्षिक सत्र २०८१ मा सबै विद्यालयमा पुग्ने…

Read More