झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र…

Read More

विर्तामोड १० असोज । नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन हुनुभएको छ । संघको असोज ७ र ८ गते काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यतामा सर्वसम्मत समिति चयन गर्दै झापाका शेखलाई उपाध्यक्षमा चयन गरेको हो । अधिवेशनले झापाका अमिन अलि शेख, साहिद हुसेन र सेलेतुन खातुनलाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।

Read More

उदयपुर, १० असोज । उदरपुरको त्रियुगा नगरपालिका–५ कुसुमेटारका ३१ वर्षीय अमृत तामाङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । अमृत तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुकसहित सोमबार दिउँसो पक्राउ गरेको हो । भरुवा बन्दुकसहित पक्राउ परेका तामाङको सम्मानित उदयपुर जिल्ला अदालयबाट हात हतियार खरखजना मुद्दामा म्यादथप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Read More

मोरङ, १० असोज । मोरङ विराटनगर महानगरपालिका–१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको हो । लागऔषध गाँजा बरामद भएसंगै राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार र सोही स्थानमा रहेको BR 38AFO336 नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट…

Read More

बुद्धशान्ति, १० असाेज। नजिकिँदै गरेको चार्डवाडलाई मध्यनजर गर्दै बुद्धशान्ति गाउँपालिकाले गाउँपालिका अन्र्तरगत रहेका सरोकारवाला पक्षहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा भएको थियो । नजिकिँदै गरेको बडा दशैँ, शुभ दिपावली तथा छठ लगायत चाडपर्वलाई कसरी व्यवस्थित , मर्यादित र शान्तिपूर्ण तवरबाट बुद्धशान्तिमा सम्पन्न गराउने विषयमाथी सम्बन्धित सरोकारवाला पक्ष, सर्वदलीय ,सर्वपक्षीय भेलामार्फत छलफल गरिएको छ। बुद्धशान्ति गाउँपालिकाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि , प्रतिनिधिमुलक संघसंस्थाका प्रमुख , ईलाका प्रहरी कार्यालय ,सशस्त्र प्रहरी बेस क्याम्प टिमाई ,सामुदायिक प्रहरी बुद्धशान्ति , ट्राफिक प्रहरी बुद्धशान्ति, बुद्धशान्ति उद्योग वाणिज्य संघ , बजार ब्यवस्थापन समिति, उपभोक्ता हित…

Read More

बिर्तामोड, १० असाेज । बिश्व पर्यटन दिवस एक कार्यक्रम गरि मनाइएको छ। Tourism and Green investments भन्ने मुल नारा लाई आत्मसात गर्दै पर्यटन दिवस मनाएको हो ।प्यासिफिक एशियन ट्राभल एसोसिएसन (पाटा ) बिद्यार्थी च्याप्टर (ASM) को मुख्य आयोजना तथा आदर्श स्कुल अफ म्यानेजमेन्ट र पुर्वान्चल उच्च मा.बि बिर्तामोड को सम्योजन र सुरुवाती कोठा नेपाल, ट्रेक 8586, प्याक एन्ड प्याडल नेपाल, आदर्श ब्याङ्केट लगायत को सहकार्य मा प्रभात फेरी गरिएको हो । आदर्श कलेज को प्राग्रण बाट सुरु भएको र्‍याली मुक्ति चोक परिक्रम गरेको थियो । र्‍याली मा प्याक एन्ड प्याड्ल का सदस्य हरु ले साइकल र्‍याली समेत गरेको कार्यक्रम मा…

Read More

झापा, १० असोज । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईंले जानकारी दिए । कोशी प्रदेशको १४ जिल्लामै डेङ्गु फैलिएको छ । उहाँका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित…

Read More

झापा, १० असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो । टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको थियो । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । यसअघि टी—२० अन्तर्राष्ट्रिय…

Read More

झापा, १० असोज । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लाइसेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो । परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८।१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन…

Read More

झापा, १० असोज । मुलुक परनिर्भर हुँदै स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयातमा निरन्तर अघि बढिरहेको छ । नेपालमै उत्पादन हुनसक्ने कृषि उत्पादन नै बर्सेनि आयात हुन थालेसँगै मुलुक परनिर्भर बन्दै गएको हो । तरकारी, धान, चामल, भटमासको तेल, सूर्यमुखी तेल, औषधिलगायतका सामग्री आयात बढिरहेको छ । विद्युत्ले प्रतिस्थापन गर्न सकिने इन्धनको आयातमा कमी नआउँदा पनि मुलुक परनिर्भरको चपेटामा पर्दै गएको हो । नेपालमा अत्यधिक आयात हुने प्रमुख वस्तुहरूमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, फलामजन्य उत्पादन, स्टिल तथा फलामका पाता, स्मार्ट फोन, सुन, औषधिका कच्चा सामग्री, कोइला, युरिया, भटमासको तेल, धान, सूर्यमुखीको कच्चा तेल, मेडिकल उपचारका लागि आवश्यक…

Read More