झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ चैत । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको सात वर्षपछि सरकारले संघीय नेपाललाई हाँक्ने नयाँ प्रशासन कानूनको अन्तिम गृहकार्य गरेको छ । हालको निजामती सेवा ऐनलाई विस्थापित गर्ने उद्देश्यसहित संघीय निजामती सेवा ऐन ल्याउन लागिएको हो । संघीय निजामती सेवा ऐन संघीय नेपालको प्रशासन हाँक्ने मूल कानुन हो । जुन कानुनलाई छाता कानुनको रूपमा लिइन्छ । संघीय निजामती सेवा ऐन जारी भएपछि मात्रै सोही कानुनकै आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी हुनेछ । सोअनुसार केन्द्र्रीय सरकारको स्थायी प्रशासन हाँक्ने गरी सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्वन्धमा व्यवस्था गर्न बनेको…

Read More

झापा, २३ चैत । नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो । नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ । यसअघिका जनगणना र सर्वेक्षणले भने यो दर अहिलेभन्दा निकै बढी देखाएका थिए । २०६८ को जनगणनाले नेपालमा प्रतिएक लाख महिलामध्ये चार सयको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको थियो । त्यसको विश्लेषणमा…

Read More

झापा, २३ चैत । कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुगेका छन् । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुगेका हुन् । घुडामुनिको खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ । उनले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसकेका छन् । आरोहणका लागि लुक्ला उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उनले आरोहणको तयारीअनुसार आफूलाई विभिन्न चरण पार गर्न पाँच वर्ष लागेको बताए । उनले भने,…

Read More

झापा, २३ चैत । सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ । मस्यौदामा निजामती कर्मचारीहरूलाई साविकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने स्पष्ट व्याख्या गरिएको छैन । उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैँले तयार गरेको मस्यौदामा कर्मचारीहरूले सुविधा, हक र अधिकारलाई बढी प्राथमिकतामा राखेका छन् । केही दिनअघि संघीय मामिलामन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गरेका थिए । संघीय निजामती सेवा ऐनको प्रारम्भिक मस्यौदामा कर्मचारीहरूको हक, हित र अधिकारबारे अहिलेको कानुनमा भन्दा अझै केही बुँदा थप गरिएको तर सेवा प्रवाह, काम र कर्तव्यसम्बन्धी प्रावधानमा खासै स्पष्ट नपारिएको…

Read More

पोखरा, २१ चैत्र । तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदले गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्न गण्डकी प्रदेश सरकारलाई दबाब दिने निर्णय गरेको छ । चैत १८ र १९ गते पोखरामा भएको परिषदको १३ औ केन्द्रीय पार्षदसभाले प्रदेश सरकारलाई गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु गर्न दबाब दिने निर्णय गरेको हो । संघमा एक प्रतिशत भन्दा धेरै जनताले बोल्ने भाषा र गण्डकी प्रदेश सरकारलाई भाषा आयोगको प.सं. ०७८÷७९, च.नं. २५४, पत्रअनुसार भाषा आयोगको सिफारिस भएको भन्दै प्रदेशभित्रका विद्यालयहरुमा पठनपाठनको लागि बजेट विनियोजन गर्न गण्डकी प्रदेश सरकारलाई दबाब दिने निर्णय गरेको परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो…

Read More

झापा, २२ चैत । कोशी प्रदेशको विभिन्न जिल्लाबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका–२ बाट अफिमसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी–२ का ६७ बर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाई राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो । प्रतिबन्धित अफिम सहित पक्राउ परेका भट्टराईको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ स्थितमा चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका दमक–४ का २७ वर्षीय यम मगरलाई प्रतिबन्धित औषधि ३६ एम्पुल सहित…

Read More

बिर्तामोड, २२ चैत । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको आयोजना गरीएको नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो । एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिम उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले विषयगत ज्ञान बढाउनु पर्नेमा जोड दिनु भयो । सहभागीलाई तालिममा समर्पित भएर सिक्न आग्रह गर्दै उहाँले आ–आफ्नो ठाउँबाट सबैले चेतना स्तरलाई पनि बढाएर लैजानु पर्ने बताउनु भयो ।…

Read More

विराटनगर, २२ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधादमा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन गर्नुभयो । त्यसैगरी, उहाँले विकास बोर्डलाई चाहिलेन आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आए पनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको…

Read More

बिर्तामोड, २२ चैत । झापाको अर्जुनधाराबाट नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । अर्जुन्धारा नगरपालिका–३ स्थित खुदुनाबारीमा नक्कली ब्लुबुक बनाएर मोटरसाइक बिक्री गरिरहेको भन्ने सुचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारी झापाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित हल्दिबारी गाउँपालिका–१ का ४४ वर्षीय जगतबहादुर लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको सामग्रीहरु १, बाग्मती प्रदेश ०२-०३८ प ३१६३ नम्बरको KTM डुक मोटरसाइकल र ऐ.को ब्लुबुक थान -१२, बाग्मती प्रदेश ०२-०३६ प १६५३ नम्बरको KTM डुक मोटरसाइकल र ऐ. को ब्लुबुक थान -१३, बाग्मती प्रदेश ०२-०३५ प १६६६ नम्बरको 220CC को पल्सर मोटरसाइकल र ऐ. को ब्लुबुक थान…

Read More

भद्रपुर, २२ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित भगवती मार्ग इन्टरलक जडान गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेलले उक्त सडकको उद्घाटन गर्नुभयो । कूल लागत १२ लाखको लागतमा सडकमा इन्टरलक जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष टंक पाठकले जानकारी दिनुभयो । जसमा उपभोक्ताबाट २ लाख र नगरबाट १० लाख लगानी गरिएको उहाँले बताउनुभयो । उपभोक्ता समितिले निर्माण सम्पन्न अवधि अगावै काम सपन्न गरेको छ । गत माघ माघ १० गतेदेखि निर्माण शुरु गरिएको थियो भने चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा समय अगावै निर्माण सम्पन्न गरेर उद्घाटन समेत गरिएको छ । कार्यक्रममा नगरप्रमुख पोरखेल, उपप्रमुख आशा…

Read More