
झापा, २६ असार । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्ब १७ करोड रुपैयाँ भुक्तानी गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानीका लागि प्रयोग हुने ‘सूत्र’ प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको हो।
कार्यालयका अनुसार उक्त रकममध्ये चालु खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ।
Facebook Comments Box


