
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २९ माघ । झापाको भद्रपुर–७ स्थित आरोही इन्भेष्टमेन्ट कम्पनी प्रा लि.को तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको सभामा प्रवन्ध निर्देशक प्रकाश भण्डारीले कम्पनीको वार्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए । सञ्चालक समितिका सदस्य विजय तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कम्पनीले संचालन गरेका विभिन्न परियोजनाका वारेमा संचालकद्वय चेवनमणि पोखरेल र मनोज तिम्सिनाले प्रकाश पारेका थिए । भरत प्रसाइले संचालन गरेको कार्यंक्रममा कम्पनीको आगामी योजनाका वारेमा पुरुषोत्तम कट्टेल, पंकज भुर्तेल लगायतले आ आफ्नो सुझाव राखेका थिए । यस कम्पनीको लगानीमा भद्रपुरमा विद्यालय, होटल लगायतका व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।
भद्रपुर, २९ माघ । झापामा हात्तीपाइले रोगविरुद्ध चार वटा निर्णय गरिएको छ । हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आज बसेको जिल्ला स्तरीय समन्वय समितिको बैठकमा त्यस्तो निर्णय गरिएको हो । बैठकले औषधि सेवनका लागि जिल्लाका सबै राजनीतिक दललाई आह्वान गर्न लगाउने, जिल्ला प्रशासन कार्यालय मातहत सबै सरकारी कार्यालयमा औषधि सेवनका पत्राचार र निर्देशन दिने, जिल्लाका सबै सार्वजनिक तथा निजी विद्यालयमा औषधि सेवनका लागि कार्यक्रम गर्ने, जिल्लाका औषधि व्यवसायीलाई अभियानमा आबद्ध गराउने निर्णय गरेको हो । हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल विद्यालयस्तरमा गएर किन औषधि सेवन गर्ने ? भन्ने सचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।…
झापा, २९ माघ । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि सतप्रतिशत छात्र वृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० पास गरेका ५० जना र १२ कक्षा पास गरेका ५० गरी हरेक वर्ष एक सय जना नेपाली विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको हो । जसका लागि देवी माध्यमिक विद्यालय र मेवाड विश्वविद्यालयबीच समझदारी भएको छ । बिर्तामोड – ५ स्थित देवी माध्यमिक विद्यालय आएका डा. अशोककुमार गादिया र प्रधानाध्यापक अम्विका श्रेष्ठबीच समझदारी भएको शिक्षक उमेश साहले जानकारी दिए । मेवाड विश्व विद्यालयका कुलपति डा. गादियाले देवी माध्यमिक…
झापा, २९ माघ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताए । गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । एसईईमा जीपीए ४.० प्राप्त गर्नेलाई एक लाख रुपियाँ, जीपीए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपियाँ र जीपीए ३.२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान…
चन्द्र बस्नेतकनकाई, २९ माघ । झापाको कनकाई १ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम शनिबार सम्पन्न भएको छ। कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. १ स्थित दलित सामुदायिक भवनमा एक दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको अध्यक्षतामा भएको तालिममा कनकाई वडा न १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुशीलकुमार पोख्रेलले ब्यानर पढी तालीमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका वडावासीलाई प्राथमिक्ता राखी यस्ता तालिमको…
बिर्तामोड, २९ माघ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्ण सहित प्रथम भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रवार देखि सुरु भएको यस प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदक सहित दोश्रो र दर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदक सहित तेश्रो भएको छ । विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्रदान गर्नु भयो । विधागत खेलहरुमा भलिवल छात्र तर्फ निधि मावि प्रथम, बाल्मिकी…
झापा, २९ माघ । सरकारले पछिल्लो ६ महिनामै ३०० हेक्टरभन्दा बढी जंगल (वन क्षेत्र) २१ निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिएको छ। केबलकार तथा सिमेन्ट उद्योगलाई समेत वन क्षेत्र बाँडिएको छ। वन मन्त्रालयमा लामो समय काम गरेका र यसै क्षेत्रमा विद्यावारिधि गरेका एक उच्च कर्मचारीले ६ महिनामै ३१३ भन्दा बढी हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भोगाधिकार दिनु अत्यन्त गम्भीर विषय भएको बताए। ‘यसबाट संयुक्त राष्ट्रसंघ पक्षीय राष्ट्रहरूको जलवायु परिवर्तनसम्बन्धी महासन्धिमा नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन नेट जिरो (उत्सर्जन र सोस्ने प्रक्रिया बराबर) गर्न र वन क्षेत्र ४५ प्रतिशत कायम राख्न गरेमने प्रतिबद्धता कार्यान्वयन सम्भावना निकै कमजोर बन्छ,’ उनले…
झापा, २९ माघ । नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन । रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एक्लो उपायका रूपमा सांसददेखि राष्ट्रपतिसम्मले संसद्मा पटकपटक बहसका रूपमा उठाएको मुद्दाको कार्यान्वयन पक्ष भने हालसम्म ओझेलमै रहेको छ । राष्ट्रपति भण्डारीले संघीय संसद्को शुक्रवार बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालमै आगामी ५ वर्षभित्र विद्यादेवी गुणस्तरीय रासायनिक मल उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने गरी समयबद्ध शुरुआत गर्न सुझाव दिइन् । सरकारले मल कारखाना स्थापना गर्ने कार्यक्रम सधैँ बनाइरहने तर यसले सार्थकता कहिल्यै नपाएको गुनासो गर्दै यस्तो स्थितिको तत्काल अन्त्य…
भद्रपुर, २८ माघ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले विरता लेडी जेसीजलाई उत्कृष्ट रक्तदाता संस्थाको रुपमा प्रशंसा पत्र प्रदान गरेको छ । संस्थागत रुपमा सबैभन्दा धेरै ११९ पिन्ट रगत संकलन गरेको भन्दै को रेडक्रस झापाले ४९ औं जिल्ला सभा अधिवेशनको अवसरमा लेडी जेसीजलाई प्रशंसा पत्र प्रदान गरेको हो । त्यस्तै, तेरापन्थ युवा परिसद् (१०२ पिन्ट रगत संकलन) र विराट अर्जुन उपभोक्ता सहकारी (९३ पिन्ट रगत संकलन) गरेको प्रशंसा पत्र प्रदान गरिएको छ । जिल्लामा संस्थागत रुपमा सबैभन्दा बढी रगत संकलन गर्ने तीन वटा संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश…
भद्रपुर, २८ माघ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९ औं जिल्ला सभा अधिवेशनमा तीन जनालाई ‘रेवतीरमण नेपाल स्वयम्सेवा सम्मान’ प्रदान गरिएको छ । आज रेडक्रस परिसरमा आयोजित जिल्लासभामा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नारायण ढुंगाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहनुभएको छ । नगद रू ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सपभाति लोकराज ढकालले सम्मानित गर्नुभएको थियो । कार्यक्रममा पुरस्कारको कोष बृद्धि गर्ने उद्देश्यले एक लाख ५० हजार रुपैयाँ समेत स्व.रेवतीरमण नेपालको परिवारले प्रदान गरेको थियो । त्यस्तै, जिल्ला धेरै रक्तदान गर्ने तीन वटा संस्थालाई प्रशंसा–पत्र प्रदान गरिएको…