
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ असोज । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ । राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व करिब १५ अर्ब १५ करोड रहने छ । त्यसमा २१ हजार २ सय १५ प्रावि शिक्षक, ९ हजार ४…
झापा, १५ असोज । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने देखाएको छ । पूर्वी नेपालदेखि कर्णाली र सुदूरपश्चिमसम्म नै बदली र वर्षाको क्रम करिब चार दिन…
कनकाई, १५ असोज । रोटरी क्लव अफ सुरुङ्गाले २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी क्लबले कनकाई नगरपालिका–४ स्थित कनकाई गायत्री प्राविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबले आफ्नो वार्षिक कार्यक्रमको निरन्तरता स्वरुप यस पटक कनकाई गायत्री प्राविमा अध्ययनरत नर्सरीदेखी कक्षा पाँचसम्मका विद्यार्थीलाई कापी, पेन्सील लगायत खेलकुदका सामग्री वितरण गरेको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए ।
मोरङ, १५ असोज । मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ । हिजो दिउँसो बेलबारी नगरपालिका–३ घर भइ हाल मामा साङ्गे लामासँग बस्दै आएकी ३ वर्षीया बालिका सानी तामाङ हराएको भनी प्रहरी चौकी बवियाविर्तामा जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाको खोजतलाश गर्दै जाने क्रममा खोलामा डुबेर मृत अवस्थामा बालिकालाई फेला पारेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी प्रकृया तथा थप अनुसन्धान भइरहेको छ ।
झापा, १५ असोज । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट नियन्त्रीत लागुऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–४ का ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका–७का ४२ वर्षीय अमृतश्रेष्ठलाई ४ ग्राम ५ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित शनिबार पक्राउ गरेको हो ।पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड १४ असोज । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी र भिष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवं पूर्व मुख्यमन्त्री उद्वव थापालगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी सचिव कृष्ण हुमागाईले प्रस्तुत गर्नुभएको जिल्ला सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक एवं भावी कार्यक्रम समेटिएको प्रतिवेदनलाई संसोधनसहित पारित भएको छ । बैठकले नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा झापाबाट निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन…
भद्रपुर, १४ असोज । बंगाली युवा क्लब भद्रपुरले सार्वजनिक दुर्गा पूजा गर्ने भएको छ । क्लबले विगत वर्षमा झै यस पटक २५ औं सार्वजनिक दुर्गा पूजा गर्न लागेको हो । आगामी कात्तिक ३ गतेदेखि ७ गतेसम्म मनाइने पूजाको तयारीलाई तीव्रतासमेत दिइएको छ । क्लबले यस वर्ष २५ औं दुर्गा पूजा (रजत महोत्सव) भव्य रुपमा मनाउनका लागि निर्मल घोषको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अरूप घोष, सचिवमा सागर मण्डल, सहसचिवमा राजा मण्डल र कोषाध्यक्षमा सुभम घोष रहेका छन् । त्यस्तै, सदस्यमा सञ्जय घोष, पार्थ मण्डल, तपन घोष, तापस घोष, सञ्जय आइच, मानस घोष, दीपक साफी, राजेश…
कनकाई, १४ असोज । झापाको कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । कनकाई नगरपालिकाको आयोजना, नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजन तथा जेष्ठ नागरिक संघको व्यवस्थापनमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ‘पुस्तौ पुस्तासम्म ज्येष्ठ नागरिकका लागि मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । ज्येष्ठ नागरिक संघ कनकाई नगर अध्यक्ष…
कनकाई, १४ असोज । झापाको कनकाई नगरपालिकामा आजदेखि लम्पी स्किन रोगविरुद्धको खोप अभियान शुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान शुरु भएको हो । आजदेखि नगरका सबै वड़ासम्म नै ब्यापक रुपमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन हुने कार्यवाहक नगर प्रमुख सुशीलकुमार पोखरेलले जानकारी दिनुभयो । आज पहिलो दिन कनकाई वडा न ५ बाट ३ टोली परिचालित गरी अभियान आगामी १५ दिन भित्रमा सबै वडामा सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले बढीभन्दा बढी नगरबासी पशुपालक कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरबासीको पशुधन सुरक्षामा स्थानीय…
हल्दिबारी, १४ असोज । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अन्तरगत जारी ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ अभियान सफल बनाउन हल्दिबारी–१ मा नौ सदस्यीय कमिटी गठन गरेको छ । सहिद परिवारका तुलाराम न्यौपानेको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा हल्दिबारी गाउँपालिका कमाण्ड प्रमुख ममता ताजपुरियाको प्रमुख आतिथ्यमा शनिबार भएको भेलाले अभिनारायण नेपालको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको सचिवमा धनकुमार फागो रहेको जनाइएको छ । कार्यक्रममा पार्टीका अनुशासन बिभागका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, संविधानसभा सदस्य तथा पार्टीका झापा सचिव मोहन टुडु (सरोज) लगायतको उपस्थिति रहेको थियो । नयाँ निर्माण कमिटीले माओवादीले सञ्चालन…