झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

केशब चापागाईंझापा, ८ साउन । मुलुकको व्यवस्था फेरियो तर अवस्था ज्युँकात्युँ छ। जनताका भोको पेट शाषित वर्गबाट छट्पटाइ रहेका छन् । गरिब गरिबीमै मर्दैछन्, धनी आलिसान महलमा विलासिन छ। सिंहदरबार गाउँ–गाउँमा छन। विकासका डंका पिटिरहेका छन् । विकाससँगै भ्रष्टाचार पनि मौलाउदो छ। तर, जनता जहाँको त्यही छन् । आज पनि जनताले श्रम गरेको पारिश्रमिक लिन आन्दोलन गर्नु पर्ने अवस्था छ । देशको अर्थतन्त्र धरासयी भैरहेको छ । व्यवसाय ठप्प जस्तै छ । यसको प्रतक्ष असरमा जनता छटपटाइ रहेका छन् । झापाको झापा गाउँपालिका–२ मा रहेको कुवाडीदेवी टि–स्टेटमा काम गर्ने चिया वगानका मजदुरहरुले आफुँले काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका…

Read More

द्रोण अधिकारीभद्रपुर, ८ साउन । प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने लेखक खेमराज दाहालले झापा जिल्ला भित्रका महत्वपूर्ण जानकारी समेटेर पुस्तक प्रकाशन गरेका छन् । बजारमा चलिरहेको पुस्तकको आकार भन्दा भिन्न र अनौठो शैलीमा प्रकाशित पुस्तकको नाम झापाको प्रतिबिम्ब राखिएको छ । झापाका १५ वटै स्थानीय तहलाई समेटेको पुस्तकले जनप्रतिनिधि, भौगोलिक अवस्था, पेशा व्यवसायको अवस्था, पर्यटकीय क्षेत्र, जल जमीन र जंगलको अवस्था, साहित्य कलाको पहिचान, राष्ट्रिय महत्वका विषयलाई शसक्त रूपमा पुस्तकले विशेष ज्ञानसहित जानकारी दिने छ । हेर्दा सामान्य क्लालेण्डर जस्तो आकृतिमा देखिने पुस्तकले झापालाई चिनाउने प्रयास गरेको देखिन्छ । लेखका शब्दलाई सापटी लिएर भन्ने हो भने पुस्तक तथ्यमा आधारित इतिहासदेखि…

Read More

दमक, ७ साउन । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो । त्यस्तै, आजै भएको दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज दमकलाई ६–३ गोल अन्तरले हरायो । तेस्रो खेलमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसलाई पथरी क्याम्पसले ४–१ गोल अन्तरले हरायो । पथरीबाट खेलेका खेलाडी सो क्याम्पसका नभएको भन्दै महेन्द्र मोरङका खेलाडीले विरोधपत्र दर्ता गराएका छन् । चौथो खेल शनिश्चरे…

Read More

द्रोण अधिकारीभद्रपुर, ७ साउन । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । उनले जानेको मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन तर पनि आफ्नो व्यवसायमा अतिक्रमण बढेकै कारण निर्मित मूर्ति नबिक्दा आर्थिक संकटको सामना गर्नुृ परेको हो । अभिषेक मूर्ति उद्योगका नाममा बैधानि रूपमा सञ्चालनमा रहेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी संक्रमण गरिरहेको दुखेसो छ । अवैध रूमा भारतबाट आउने मूर्ति नरोक्ने हो भने विष्णु जस्ता नेपाली माटोमा गरिखानेहरू भोकै मर्नु पर्ने दिन आइसकेको उनले…

Read More

दमक, ७ साउन । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । पत्रकारले शिक्षकलाई ५–२ गोल अन्तरले हराए । पत्रकार टिमको तर्फबाट कविध्जज राईले र वीरेन्द्र लिम्बूले समान २–२ गोल र सजन राईले एक गोल गरेका थिए । आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताअघि मैत्रीपूर्ण खेल भएको हो । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा युनियन सभापति सोविन न्यौपानेले जानकारी दिए…

Read More

बिर्तामोड, ७ साउन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले पत्रकार दिपक अधिकारीलाई पुरस्कृत गरेको छ । प्रेस सेन्टरले डी. कौडिण्य स्मृति पत्रकारीता पुरस्कारबाट अधिकारीलाई आइतबार पुरस्कृत गरेको हो । प्रेस सेन्टर नेपाल झापाले जनपक्षीय पत्रकार स्व. देवकुमार आचार्य (डी. कौडिण्य) को स्मृतिमा स्थापित पुरस्कार आज २०औं स्मृतिको दिवसको अवसरमा पत्रकार अधिकारीलाई प्रदान गरेको हो । बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी सेन्टरले नगद एक्काइस हजार रुपैँया र सम्मान पत्रसहित अधिकारीलाई सम्मान गरेको थियो । प्रेस सेन्टर झापाले आचार्यको स्मृतिमा पुरस्कार स्थापना गरी विगत आठ वर्षदेखि वितरण गर्दै आएको छ । उक्त पुरस्कार यस पटक अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील…

Read More

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो । केन्द्रीय बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिमा टेवा पुग्ने गरी व्यवस्था गरेको हो । यस्तै, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गर्ने भएको छ । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको…

Read More

काठमाडौं, ७ साउन । वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ ।

Read More

झापा, ७ साउन । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यका सामग्री, उपहारजन्य सामग्री, घडीलगायतका सामग्री किन्न पाइने भएको छ । नेपालबाट हाल नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले भन्सार ऐन, २०६४ आउनुअघि ड्युटी फ्री सप सञ्चालन गर्दै आए पनि हाललाई उक्त सेवा बन्द रहेको थियो । पर्यटन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेका अनुसार जारी भएको कार्यविधिले वायु सेवाको अतिरिक्त आम्दानी बढ्ने, वायु सेवालाई…

Read More

झापा, ७ साउन । मुलुकका विभिन्न ठूला भन्सार नाकाहरुमा महिनौदेखि ४ हजारभन्दा बढी सवारीसाधन रोकिएका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले विभिन्न कम्पनीका सवारीसाधन ल्याउने व्यवसायीहरुले भन्सारसम्म गाडी ल्याएर पनि जाँचपास नगरेको जानकारी दिए । उनका अनुसार जाँचपास नभएर भन्सार नाकाहरुमा रोकिएका सवारीसाधनको संख्या ४ हजार ३० छ। रोकिएका सवारीसाधन जाँचपास गराएको भए सरकारलाई झण्डै ७ अर्ब राजस्व आउने थियो। यो वर्ष भन्सार राजस्व कम हुनुमा यी सवारीसाधन जाँचपास नहुनु पनि एउटा कारण रहेको उनले बताए । निर्देशक खड्काका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभार भन्सारमा गरी यो संख्यामा सवारीसाधन रोकिएका हुन् । वीरगञ्जमा २ हजार २ सय, भैरहवामा…

Read More