झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ असार । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९–८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रु १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उनका अनुसार भन्सारले गत आवमा रु २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको रेग्मीको भनाइ थियो । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार…

Read More

झापा, २ असार । नेपालका नयाँ पुराना सबै राजनीतिक दलहरू विस्तारै स्याचुरेसन (डिजिटलीकरण) अर्थात प्रविधिमैत्रीउन्मुख हुन थालेका छन् । आफ्नो वेभसाइटमार्फत पार्टीका गतिविधि सार्वजनिक गर्न थालेका दलहरूले सदस्यता वितरण र नवीकरणसमेत अनलाइन माध्यमबाट शुरू गरेर दलहरू प्रविधिमैत्री बन्न थालेका हुन् । नेपालका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरूले अनलाइनमार्फत आफ्नो दलको सदस्यता वितरण शुरू गरेका छन् । अनलाइन प्रणालीमार्फत पार्टी सदस्यता वितरण नवीकरण शुरू गरे पनि दूरदराजमा अनलाइनको पहुँच नपुग्दा र पार्टी सदस्यहरूलाई डिजिटल माध्यमका विषयमा जानकारी नहुँदा पूर्णरूपमा…

Read More

झापा, २ साउन । आर्थिक वर्ष २०७९–८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९–८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८–७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुुई वर्षदेखि बढेको बताए । उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति…

Read More

बिर्तामोड, १ साउन । साहित्य चौतारी झापाले विशिष्ट दुई साहित्यिक प्रतिभालाई सम्मान गरेको छ । २४ औँ वार्षिकोत्सव एवम् भानु जयन्ती विशेष मासिक सांगीतिक काव्यसभाको अवसरमा साहित्यकारहरु कृष्ण पौडेल र राजेन्द्र संग्रौला सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल र साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले पौडेल र संग्रौलालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । कार्यक्रममा बोल्दै मञ्जिलले साहित्य संगीत र कलाको क्षेत्रमा आफूलाई अहोरात्र समर्पित गरेका देवीभक्त श्रेष्ठ लगायतका विशिष्ट प्रतिभालाई चिन्न र तिनको योगदानलाई कदर गर्ने मामिलामा नेपाल प्रज्ञा प्रतिष्ठान समेत चुकेको बताए । साहित्यकार संग्रौलाले संरक्षक श्रेष्ठलाई साहित्यिक पिताको उपमा दिँदै कला, संस्कृति…

Read More

झापा, १ साउन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलो पटक  ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने र सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख राख्न TVRS (Traffic Violation Record System) को सुरुवात गरेको छ । पहिलो चरणमा  यो प्रणाली श्रावण १ गतेबाट मोरङको बिराटनगर महानगरपालिका, सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, झापाको बिर्तामोड र दमक नगरपालिका भित्रका क्षेत्रहरुमा लागु गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ बमोजिम ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकार बमोजिम नियमानुसार नगदी रसिद मार्फत गरिदै आएको जरिवानालाई प्रबिधि मैत्री एवं पारदर्शी बनाई व्यवस्थित…

Read More

बिर्तामोड, १ साउन । नेकपा (माओवादी केन्द्र)की एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आज श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी दाहालको असार २७ गते निधन भएको थियो । पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज झलकसिंह दलार्मीले शोक मन्तव्य राख्दै पार्टीले असल अभिभाक गुमाएको बताउनुभयो । दिवंगत सीता माताले पार्टीलाई दिनुभएको योगदान चिरकालसम्म जीवन्त रहने बताउनुभयो । पार्टीका झापा जिल्ला समन्वय समिति संयोजक राजु आचार्य (अग्नि) को अध्यक्षतामा भएको श्रद्धाञ्जली अर्पण कार्यक्रमको सञ्चालन सचिव मोहन टुडू (सरोज)…

Read More

धुलाबारी, १ साउन । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि। ले एकजना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि कर्जा मिनाहा भएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तिय कारोवार गर्दै आएका मेहताको गत फागुनमा पेट सम्वन्धी रोगका कारण मृत्यु भएको थियो । मेहताको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । कर्जा मिनाहासँगै मेहता परिवारलाई मृत्यु संस्कार राहतवापत १५ हजार रुपैयाँ प्रदान गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि। सदस्य सेवा केन्द्र धुलावारीकी प्रमुख विपना तिम्सिनाले बताइन् ।…

Read More

बिर्तामोड, १ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेपाली कांग्रेसले नीति महाधिवेशनमार्फत चार वर्षभित्रमा गर्ने कार्यक्रमको कार्ययोजना तयार गर्ने बताउनुभएको छ । नेपाल तरुण दल झापाको आयोजनामा नेपाली कांग्रेस झापाको कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राणाले भोलीबाट हुने केन्द्रीय समिति बैठकले नीति महाधिवेशनको मिति तय गर्ने र उक्त नीति महाधिवेशनले पार्टीले देश र जनताका पक्षमा चारबर्षभित्र गर्नुपर्ने कामको कार्ययोजना बनाउने बताउनुभएको हो । आम निर्वाचन २०७९ को परिणामले नेपाली कांग्रेसलाई सच्चिने सन्देश दिएको बताउँदै पूर्व अर्थराज्यमन्त्री समेत रहनुभएका राणाले चारबर्षे रणनीति तयार गरेर युवा–विद्यार्थी र तरुणमाझमा पुग्नुपर्नेमा जोड दिनुभयो । नेपाल तरुण दलको पूर्व अध्यक्ष समेत रहनुभएका…

Read More

इलाम, १ साउन । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकार अन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले रू. ४० लाख, रोङ गाउँपालिकाले रू. २० लाख र उपभोक्ताले रू. छ लाख १२ हजार पाँच सय खर्च गरेका गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)ले जानकारी दिए । उनका अनुसार ४८ वटा व्यावसायिक टहरालाई आकर्षक रुपमा निर्माण गरिएको छ । टहरा निर्माण र मन्दिर परिसर सजावटका लागि रू. ६८ लाख ४२ हजार छ सय खर्च भएको छ । गाउँपालिकाका अध्यक्ष मनिकुमार…

Read More

झापा, १ साउन । आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​ निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ। यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ। गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा…

Read More