
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ असार । नेपाल आयल निगमले पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रूपैयाँ नाफा छ। यसरी हेर्दा निगमले एक महिनामा करिब सवा २ अर्ब रूपैयाँ नाफा कमाउँछ। सरकारी स्वामित्वको निगमले स्वचालित मूल्य पूर्णरूपमा कार्यान्वनयमा नल्याएर आफूखुसी उच्च नाफा राखेर इन्धन बिक्री गर्दै आएको छ। भारतको बक्यौता र नेपाल सरकारलाई ऋण तिर्ने बहानामा निगमले धेरै नाफा राखेर इन्धनको मूल्य निर्धारण गर्दा उपभोक्ता मारमा परेका छन्। गत सोमबार निगमले पेट्रोल, डिजेल, मट्टीतेल लिटरमा ५ देखि ७ रूपैयाँ ५० पैसा मूल्य घटाएको भए पनि अहिले पनि ती वस्तुमा निगमलाई धेरै नाफा छ। पेट्रोलको खुद्रा बिक्री मूल्य…
झापा, २२ असार । सरकारले विभिन्न ठेकेदार कम्पनीको प्रभावमा परेर अपारदर्शी रूपमा सयौं ठेक्काको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक सयौं ठेक्काको म्याद थप्ने निर्णय गरेको हो । समयमा काम सम्पन्न नगरी लामो समयदेखि निर्माण कार्य रोक्दै आएका निर्माण व्यवसायीलाई कारबाही गर्नुको साटो उनीहरूकै प्रलोभनमा परेर उल्टो म्याद थप गर्ने कार्य गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले निश्चित मापदण्ड बनाएर मात्रै ठेक्काहरूको म्याद थप्नुपर्ने बताए पनि प्रधानमन्त्री कार्यालयले सार्वजनिक खरिद कार्यालयको सुझावलाई बेवास्ता गर्दै हचुवाका आधारमा म्याद थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । यो विषयलाई भने गुपचुप राखिएको प्रधानमन्त्री तथा…
झापा, २२ असार । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुक्रबारको सम्भावित कार्यसूचीमा सभाले सामेल गरेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयकलाई सम्भावित कार्यसूचीमा राखिएको बताउनुभयो । संवैधानिक सीमा अनुसार ६० दिनसम्म प्रतिस्थापन पारित नभएपछि अध्यादेश भने बुधबारदेखि निष्क्रिय भइसकेको छ । अब सभाले अध्यादेश अनुसार भए गरेका काम कारबाहीसमेत बचाउ गरेर…
भद्रपुर, २१ असार । झापाको भद्रपुर नगरपालिका–१० डाँगीबारीस्थित श्रीकृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । सगरमाथा सामुदायिक सिकाइ केन्द्र भद्रपुरले यस विद्यालयका ५९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । केन्द्रले आज एक कार्यक्रमका बीच यहाँका विद्यार्थीलाई कपी, पेन्सिल, कटर, लेजर र एक थान साउण्ड सिस्टम प्रदान गरेको छ । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र सिकाइ केन्द्रका अध्यक्ष तोया गड्तौलाले विद्यालयका प्रधानाध्यापक गोकुलराज न्यौपाने तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज पोखरेललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । भद्रपुर–१० निवासी भीमकुमारी पोखरेलले आफ्ना पति कृष्णप्रसाद पोखरेलको स्मृतिमा २०६२ सालमा प्रदान गर्नुभएको ५ कट्ठा जग्गामा स्थापना…
बिर्तामोड, २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै नेता थापाले ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् ।
बिर्तामोड, २१ असार । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले उक्त सामग्री हस्तान्तरण गर्नुभयो । नगरपालिकाले ह्विल चियर २४ थान, स्टिल वाकर ३ थान, कम्वोड चियर ३ थान र एल्वो स्टिक २थान वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले अपाङ्गताहरुको क्षेत्रमा छुट्याएको बजेटबाट सामाग्री खरिद गरि वितरण गरिएको बताउनु भयो । उहांले आगामी दिनमा आवश्यकता पहिचान गरेर थप सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै वितरण गरिएका सामाग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष…
विराटनगर, २१ असार । बुबाआमाको अभावमा खाद्यन्न अभावको समस्यामा परेका सुर्खेत बराहताल–५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज सहयोग स्वरुप १० हजार रुपियाँ पठाई दिनु भएको छ । उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राख्नु भएको थियो । बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमका स्थानीय समाचारदाता जगतदल जनाला विकको प्रभु बैंकको खाता नं ३४४७०६०१७५७०००१८ मा उक्त रकम पठाइदिनु भएको हो । उक्त अनलाइन समाचारका अनुसार पीडित बालबालिका बुबा कवि विक र आमा मनिषा विक…
झापा, २१ असार । झापा गाउँपालिका–२ बाट लागुऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–३ का २४ वर्षीय मनिष वाग्ले भनिने दर्पन वाग्लेलाई दुई ग्राम लागुऔषध ब्राउनसगुर सहित बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेका वाग्लेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा, २१ असार । झापाको गौरीगञ्ज गाउँपालिका–६ का प्रसदिया सरदारको १५ वर्षीय छोरा विजय सरदारको चट्याङले लागेर मृत्यु भएको छ । बुधवार बिहान घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा अचानक खसेको चट्याङले लाग्दा सरदारको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । चट्याङले लागेर अन्य दुई जना समेत घाइते भएको र उनीहरुको म्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।
धनकुटा, २१ असार । धनकुटाको चौबिसे नगरपालिका–५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाउदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदीले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।