
बिर्तामोड, २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् ।
थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै नेता थापाले ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



