
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ साउन । मोरङको मिक्लाजुङमा एक मन्दिरमा गाडिएको अवस्थामा एक लाख बढी रकम फेला परेको छ । मिक्लाजुङ–९ स्थित मधुमल्लामा रहेको भगवती शिव राधाकृष्ण दुर्गा मन्दिर परिसरमा उक्त रकम फेला परेको हो । मन्दिरमा बगैंचा बनाउने क्रममा १ लाख ६ हजार रुपैयाँभन्दा बढी रकम भेटिएपछि धेरैले गाडधन भन्दै सामाजिक सञ्जालमा भाइरल गरेका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा बगौंच बनाएर सरसफाइ गर्ने क्रममा चार दिनअघि छ वटा पोकामा पैसा फेला परेको हो । मिक्लाजुङ गाउँपालिका–९ का वडाध्यक्ष सेमन्तराज दाहालले पूजारीले गाडेर राखेको पैसा फेला परेको बताएका छन् । ती पोकामा काम लाग्ने १ लाख ६ हजार १ सय…
झापा, ९ साउन । श्रेयसी चेम्जोङको स्वरमा ‘आमा मेरी आमा’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई गीतकार दिलिप योञ्जन तामाङले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफ्नो सन्तानका लागि जीवनभर दुःख पीडा नभनी संघर्ष गरेकी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पीडा र वेदना भए पनि आमापछिको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफूले जीवनभर आत्मसात गर्ने कुरा गीतमा व्यक्त गरिएको छ । ‘आमा मेरी आमा’लाई विनोद बमले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ र गीतकार दिलिप योञ्जनलाई देख्न सकिन्छ ।
झापा, ९ साउन । सुनसरी इटहरी निवासी रञ्जिता प्रसाईंको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की कार्कीजी को शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाईंको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् । गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ । गीतमा मिलन र बिछोडमा हुने…
चारपाने, ९ साउन । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको १० औं स्मृति दिवस झापाको बिर्तामोडमा मनाइएको छ । नरबहादुर कर्माचार्य मोमोरियल फाउण्डेशन(एनबिके) बिर्तामोड–२ को आयोजनामा मंगलबार (आज) प्रतिष्ठानमा स्मृति दिवस मनाइएको हो । स्व.नेता कर्माचार्यको तस्वीरमा फुलगुच्चाले माल्यपर्ण गरी उनले समाज रुपान्तरणका लागि खेलेको महत्पूर्ण मुमिका तथा योगदानको चर्चा गर्दै एनबिकेले १० औं स्मृति दिवस मनाएको छ । प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा भएको स्मृति सभा कार्यक्रममा कोशी प्रदेश सांसद तथा पूर्व भौतिक पूर्वाधारमन्त्री दुर्गा चापागाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत तथा एनबिके टेक्निकल कलेजको बिषयमा प्रशिक्षक सुधिर दासले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि चापागाई, प्रतिष्ठानका सल्लाहकार तथा…
झापा, ९ साउन । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडबाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित स्थानीय २५ वर्षीय रबी चौधरी, १९ वर्षीय प्रियान्स साह र २४ वर्षीय विशाल बिकलाई पक्राउ गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुमाथि कानूनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पाँचथर, ९ साउन । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनस्थित मेची राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे ओदिनबाट फिदिमतर्फ आउँदै गरेका झापाको बिर्तामोड नगरपालिका–८ मेथिबारी घर भएका २४ वर्षीय युवराज अधिकारीले चलाएको प्र १–०३–००१ ब ००१९ नंबरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अंदाजी ५ मिटर तल झरेर दुर्घटना भएक थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई जिल्ला प्रहरी कार्यालय पाचँथरबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगेकोमा उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
झापा, ९ साउन । झापामा मनसुन जन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलाशयमा डुबेर र मृत अवस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । जसमध्ये चार जनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको छ । उनीहरु १३ वर्षदेखि २१ वर्ष उमेर समूहका छन् । त्यस्तै, जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक÷एक जनाको मृत्यु भएको छ भने तीन जनाको शव (नदी, खोला र नहर) डुबेको अवस्थामा फेला परेको उनले बताए ।…
झापा, ९ साउन । झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुडा र हातपात गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–१ स्थित रसुनगञ्ज निवासी जितेन यादव रहेका छन् । घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना फरार रहेको प्रहरीले जनाएको छ । ड्युटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए । त्यसपछि सशस्त्रले उनीहरुबिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीले…
भोजपुर, ९ साउन । भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ । औषधि पसल मापदण्डअनुसार चलेको–नचलेको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, नागरिक समाजका प्रतिनिधि अनुगमन टोलिमा रहनुभएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, “नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका औषधि पसलको अवस्था बुझ्नका लागि अनुगमन गरिएको हो, दर्ता, नवीकरण मिति, दक्ष स्वास्थ्यकर्मीलगायतका विषय अनुगमन भएका छन् ।” दुर्गम जिल्लामा सञ्चालनमा रहेका पसल भए…
झापा, ९ साउन । सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पुर्याइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले चासो दिएको छैन । संविधानको धारा २८४ (३) मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ । मृत्यु भई वा राजीनामा दिई पद रिक्त भएको अवस्थामा भने एक महिनाभित्र पदपूर्ति हुनेगरी नियुक्तिका लागि सिफारिस गर्न सक्नेछ । संविधानको यो प्रावधान हालको प्रधानन्यायाधीशमा एक वर्षसम्म उल्लंघन भएको थियो । अब आउने प्रधानन्यायाधीशको हकमा पनि संविधानको…