
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ साउन । साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँछन् । उनीहरूले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् । गतवर्ष भारतले ६ लाख मेट्रिक टन धान नेपाललाई दिएको थियो । गतवर्षको कोटा साउन १६ गते सकिएको छ । नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नेपालमा चामल अभाव हुन नदिन भारत सरकारसँग कूटनीतिक तहबाट अनुरोध गरी तत्काल २ लाख टन…
झापा, १९ साउन । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सीप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा भन्दा आव २०७९–८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो । आव २०७५–७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । आव २०७९–८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ । यो सङ्ख्या हेर्दा आव २०७८–७९ मा…
झापा, १९ साउन । धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा नगरपालिका–१ हिले स्थितमा प्रहरी चौकी हिले र इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउनसुगरसहित स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बिक र पाख्रीबास–३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ । त्यस्तै, सुनसरीको इटहरी उप–महानगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–६ मा होटल सञ्चालन गरी बस्दै आएका ४० वर्षीय सुनिल चौधरीलाई…
झापा , १८ साउन । पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले बताए । झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेङ्गु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्न्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए । सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेंगु सङ्क्रमित फेला परेका थिए ।…
विराटनगर, १८ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सपथ ग्रहण गरेलगत्तै प्राजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको अर्धकदको शालिकमा माल्यार्पण गरेका छन् । पुष्पलाल श्रेष्ठ कम्यूनिष्ठ पार्टीको सूत्रधार तथा जन्मदाता हुन भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तिका लागि राणा विरुद्ध आन्दोलन गर्ने कमान्डर हुन् । कृष्णप्रसाद वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी पनि हुन् । वुधवार साझ ५ बजे प्रदेश प्रमुख कार्यालय विराटनगरमा सपथ ग्रहण कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्रीले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको अर्धकदको मूर्तिमा फुलमाला लगाएर माल्यार्पण गरेका हुन् । कोशी प्रदेशमा कांग्रेसले पहिलो पटक नेतृत्व लिएपछि मुख्यमन्त्री थापाले…
बिर्तामोड, १८ साउन । नारी सञ्चार गृह झापाको आयोजनामा मोवाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने तालिम बिहीबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले प्रत्येक ब्यक्तिको हातमा मोवाइल भएपनि अधिकांसले सामाजिक सञ्जाल चलाउन र फोन उठाउन मात्रै प्रयोग गरिरहेको बताउँदै यसको बहुउपयोग आवश्यक रहेको बताए । प्रत्येक नागरिकमा मोवाइलको पहुँच पुगेसँगै पत्रकारिताको ट्रेन परिवर्तन भएको बताउँदै अध्यक्ष गिरीले अहिले सबैले श्रब्य वा पठनीय सामग्री मात्र नभई श्रब्यदृश्य सामग्रीतर्फ पाठकको रुची बढी देखिएको भनाई राखे । पत्रकारिताको विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका खेलेको चर्चा…
विराटनगर, १८ साउन । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९–०८० को बार्षिक कार्य सम्पादन समिक्षा प्रगति विवरण पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौता तथा कोशी प्रदेश प्रहरीद्धारा सञ्चालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान अन्तरगत प्रभावकारी रुपमा प्रहरी परिचालन भई कार्यान्वयन हुँदा यस आर्थिक बर्षमा ८ हजार भन्दा बढी मुद्धा दर्ता, २ हजार ७ सय ७३ फर्च्छौट र ५२ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।…
झापा, १८ साउन । ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ । साविकको उच्च माध्यमिक विद्यालय ९कक्षा ११र१२० को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ। “विधेयक पारित भएमा…
झापा, १८ साउन । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ । विसं १९९० देखि शुरू भएको एसएलसी परीक्षा संघीयता आएसँगै खारेज हुने संघारमा पुगेको हो । मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ । अब आधारभूत र माध्यमिक तहको शिक्षा मात्र कायम रहने भएका छन् ।…
झापा, १८ साउन । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा…