झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघ–गर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावा–हुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

झापा, ३० असार । साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रसारण विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ । आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले यो उपभोक्तालाई हित हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा छ ।

Read More

झापा, ३० असार । नेपालमा नयाँ संविधान जारी हुनुअघिदेखि नै प्रहरी ऐन २०१२ प्रतिस्थापन गर्ने र नयाँ ऐन जारी गर्ने विषय पटकपटक उठ्दै आएको छ । प्रहरी नियमावलीमा भएको प्रावधानलाई टेकेर सरकारले प्रहरीमा हाल कायम रहेको ३० वर्षे सेवावधि हटाउने कि राख्ने भन्ने विषयमा व्यापक बहस र विवाद हुने गरेको छ । यस्तै बहस र विवाद चलिरहँदा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार १० गते प्रहरीमा ३० वर्षे सेवावधि हटाउने गरी कानुनको मस्यौदा तयार भएको र त्यसलाई हटाउन कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाए । उनले संसद्को रोस्ट्रममा उभिएर यो कुरा भनिरहँदा करिब पाँच वर्षदेखि प्रहरी ऐनको मस्यौदा गृह, अर्थ र…

Read More

झापा, ३० असार । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने व्यवस्था गरे पनि कतिपय स्थानीय तहले प्राविधिक सेवामा कर्मचारी करारमा भर्ना गरी काम भने प्रशासनमा लगाउने गरेका हुन्। स्थानीय तहमा कर्मचारी अभाव भएकाले प्राविधिक सेवाका कर्मचारी भर्ना गरी काम प्रशासन सेवामा लगाउने गरिएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन्। अधिकांश स्थानीय तहका कार्यालयमा प्रमुखको जिम्मेवारी तथा नियमित सेवा प्रवाहमा करारका कर्मचारी रहने गरेका छन्। कतिपय स्थानीय तहको महत्वपूर्ण शाखा मानिने प्राविधिक, योजना, सूचना तथा प्रविधि, कृषि…

Read More

भद्रपुर, ३० असार । वर्ष २०२३/०२४ का लागि चयन भएको रोटरी क्लब अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार साँझ आयोजित एक समारोहका बीच वर्ष २०२२/०२३ का अध्यक्ष ईश्वर अधिकारीले वर्ष ०२३/०२४ का अध्यक्ष विनोद चापागाईंलाई पदभार हस्तान्तरण गरेका हुन् । भद्रपुर–८ स्थित होटल डे–ग्लो परिसरमा आयोजित समारोहका प्रमुख अतिथि रोटरीका पास्ट डिस्ट्रिक गभर्नर सन्तोषप्रसाद रिजालले पदस्थापन समारोहको उद्घाटनसँगै ०२३/०२४ का अध्यक्ष चापागाईलाई सपथ गराएका थिए भने अध्यष चापागाईंले आफ्नो कार्यसमितिको पदाधिकारी–सदस्यहरुको नाम घोषणासहित सपथ गराएका थिए । अध्यक्ष चापागाईंले डा. नवराज कोइरालालाई भाइस प्रेसिडेन्ट, सन्तोष पोखरेललाई प्रेसिडेन्ट इलेक्ट, उज्वल श्रेष्ठलाई प्रेसिडेन्ट नोमिनी, इशुभ कुमाई पाण्डेलाई…

Read More

विराटनगर, २९ असार । कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले “प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रमको आजैबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले औपचारिक रुपमा शुभारम्भ गर्नु भएको कार्यक्रममा कोशी प्रदेश अन्तरगत विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक देखि प्रहरी जवान सम्मका ८ जना प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख बास्तोला समक्ष प्रत्यक्ष टेलिफोन संवाद गरी आ(आफ्नो समस्या तथा गुनासो राखेको थिए । भौगोलिक रुपमा सुगमदेखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष आफ्नो समस्या सुझाव तथा गुनासो राख्न कठिनाई भएको…

Read More

भद्रपुर, २९ असार । झापाको कनकाई नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ । आज बसेको १३ नगरसभाको चौथो बैठकमा नगर तथा वडाको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट सार्वजनिक एवम् पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरले उपलब्ध गराएको सिलिङ बजेटका आधारमा नगरका नौ वटै वडाले आ–आफ्नो आगामी वर्षको बजेट निर्माण गरेका छन् । कार्यक्रममा एक जना पत्रकारसहित दजनौं व्यक्तित्वलाई सम्मान एवम् प्रशंसा पत्र प्रदान गरिएको छ । नगरपालिकाले पत्रकार चुडामणि तिम्सिना (सीएम शर्मा) लाई कनकाई विकास पत्रकारिता पुरस्कार–२०८० प्रदान गरेको छ । पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा सहयोग पु¥याएको भन्दै पत्रकार शर्मालाई नगद रू १० हजारसहित सम्मान…

Read More

झापा, २९ असार । झापामा गएराति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ । मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी मेचीनगर–१२ धाइजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जीपले पैदलयात्री स्थानीय ३५ वर्षीय राजन विकलाई ठक्कर दिँदा उनको…

Read More

झापा, २९ असार । कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन् । विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले नियोजित रूपमा प्रयोगात्मक परीक्षामा फेल (अनुत्तीर्ण) गराएको हो । पूर्वाञ्चल विश्वविद्यालयको बीपीएच सातौं सेमेस्टरको परीक्षामा रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन् । कलेज प्रशासनको लापरबाही र नियतवश प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराइएको उनीहरूले विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बताए । पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म लिएको थियो। जेठ १ गते प्रकाशित नतिजाअनुसार न्यौपाने…

Read More

झापा, २८ असार । डेढ वर्षपछि बैकहरूले निक्षेपको ब्याजदर निर्धारण गर्ने जिम्मा पाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज भएपछि नेपाल बैंकर्स संघले आगामी साउनदेखि बैंकहरू आफैले ब्याजदर तोक्न पाउने निर्णय गरेको हो । साउनदेखि बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आफैले ब्याजदर निर्धारण गर्नेछन् । बैकहरूसँग तरलता प्रशस्त रहेको र कर्जाको माग कम भएकाले निक्षेपको ब्याजदर बैंकको अवस्थाका आधारमा निर्धारण गर्ने निर्णय गरिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ‘हिजो तरलता अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले भद्र सहमति गर्दै आएको थियो’, शर्माले भने, ‘अहिले अवस्था सहज भएपछि बैंकहरूले आफै तोक्न सक्ने निर्णय गरिएको हो ।’…

Read More