झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ असार । मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई शहीदको स्मृतिमा सडकको नामकरण गरेको छ । मेचीनगरले पूर्व–पश्चिम राजमार्गको काँकरभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘शहीद विश्वनाथ घिमिरे मार्ग’ नामकरण गरेको नगर प्रमुख गोपाल बुढाथोकीले बताए । यो सडक १९ किलोमिटर लामो छ । यसअघि यो सडकलाई मेची करिडरको रुपमा परिचित थियो । त्यसैगरी, पूर्व–पश्चिम राजमार्गकै धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर नगरपालिकाको घोडामारा जोड्ने १५ किलोमिटर सडकलाई ‘शहीद वीरेन राजवंशी मार्ग’ नामकरण गरिएको उनले जानकारी दिए । मेचीनगर नगरपालिकाको सम्पन्न नगरसभामा विशेष प्रस्ताव अनुमोदन गरेर ती दुई सडकको नामकरण गरिएको हो । वि.सं. २०२९…

Read More

झापा, १७ असार । कोशी प्रदेशमा सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल होला या नहोला भन्ने चौतर्फी चर्चा छ । चर्चाकै बीच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै निवास झापामा राप्रपा कोशीका प्रदेशसभा संसदीय दलका नेता, सांसदहरु तथा पार्टीका पदाधिकारीहरुसहित छलफल राखेका थिए । छलफलले सरकारमा सहभागिताको निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देनलाई दिएको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुखको जिम्मेवारीमा छन् । उनीबाहेक विपक्षी गठबन्धनसँग ४६ प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत…

Read More

झापा, १७ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो । संगठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सिआइबीले पक्राउ परेका र पक्राउ पर्न बाँकी सबैलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई संगठित अपराध ऐनअन्तर्गत अनुसन्धानमा संगठित अपराध गरेको ठहर हुने भए किर्तेबाहेकको अर्को मुद्दा पनि लाग्नेछ । प्रहरीले शुक्रबार मीनबहादुर गुरुङ, गोपाल कार्की र धर्मप्रसाद गौतमको बयान सुरु…

Read More

झापा, १७ असार । झापा हल्दिबारी गाउँपालिका–२ का ३८ वर्षीय युवा सुशील तामाङ यतिबेला क्यान्सर रोगको उपचारबाट बञ्चित भएका छन् । चेकजाँचका क्रममा पहिलो चरणमै क्यान्सर रोग लागेको पत्ता लागे पनि आर्थिक अभावका कारण उनी उपचारबाट बञ्चित बनेका हुन् । रोजगारीका लागि विगत पाँचदेखि भारतको गुजरातस्थित एक होटलमा काम गर्दै आएका उनी क्यान्सर रोग लागेको पत्ता लागेपछि स्वदेश फर्किएका छन् । “शुरुमा छातिमा गाँठो देखियो, अलि अलि दुखिरहेको थियो”, उहाँले भन्नुभयो, “सामान्य बेला बेलामा औषधि खाँदा ठिक हुन्थ्यो, पछि धेरै दुख्न थालेपछि चेकजाँच गर्दा छातीको क्यान्सर भएको थाहा पाएँ ।” भारतमा उपचार गर्न सक्ने अवस्था नभएपछि बुबासँग नेपाल फर्किएको उहाँले…

Read More

बिर्तामोड, १७ असार । साहित्य चौतारी झापाले शनिबार मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । गायक पदम कन्दङ्वाको प्रमुख आतिथ्यमा चौतारीले काव्यसभा आयोजना गरेको हो । साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित काव्यसभामा राष्ट्रिय धान दिवससँग सम्वन्धित असारे भाका पनि गुञ्जिएको थियो । सुसेली कला केन्द्र नौमती बाजा समूहका महिलाले असारे भाका प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले दर्जनौँ कलाकर्मी र स्रष्टा जन्माएको साहित्य चौतारीले नयाँ र पुराना प्रतिभालाई एकैठाउँमा सहभागी गराएर सिक्ने र सिकाउने मौका दिइरहेको बताए । रजत वर्ष प्रवेश गरेको साहित्य चौतारीले असार ३१ गते भानु जयन्ती भव्य रुपमा मनाउने निर्णय पनि…

Read More

झापा, १६ असार । अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस किसिमको प्रस्ताव गरिएको हो । विधेयकको दफा ११ मा ‘प्रचलित सङ्घीय कानुनको अधीनमा रही कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विद्युतीय व्यापार गर्ने विदेशस्थित कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट कुनै वस्तु वा सेवा खरिद गरी आयात गर्न सक्ने उल्लेख छ । विद्युतीय व्यापार गर्ने विदेशी व्यक्ति, फर्म अथवा कम्पनीबाट कानुन अनुसार वस्तु आयात गर्न सक्ने बाटो खुला गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका…

Read More

झापा, १७ असार । परोपकारी सामाजिक संस्था हो– रेडक्रस। यो संस्था ५ वर्षदेखि नवीकरण भएको छैन। अर्थात्, अवैध छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मागेका कागजात पठाउन नसक्दा यो संस्था नवीकरण हुन नसकेको हो। त्यसैकारण, ०७७ असोजमा जिप्रका काठमाडौंले अर्को आदेश नभएसम्म महाधिवेशन नगर्न निर्देशन दियो। तर, त्यसयता पनि प्रशासनले मागेका कागजात पेस भएका छैनन्। तर, यस्तै अवस्थामा जिप्रकाले आफ्नै निर्देशनलाई कुल्चिएर रेडक्रसको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न आदेश दिएको छ। उसले रेडक्रसको विधान, परिपत्र एवं प्रचलित कानुनको परिपालन गरी केन्द्रीय कार्यसमितिको निर्वाचन प्रस्तावित समयमा गर्न रगराउन आदेश दियो। यो विषयमा सरोकारवालाहरू आश्चर्य व्यक्त गर्छन्। संस्था दर्ता नहुँदा र महाधिवेशन अन्योल हुँदा…

Read More

भद्रपुर, १६ असार । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिको दोस्रो अधिवेशनले भानुप्रताप राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सहसचिव घनेन्द्र रिजाल र कोषध्यक्षमा पुनम सापकोटा सर्वसम्मत चयन भएका हुन् । ३ वर्षे कार्यकालका लागि गठित समितिका सदस्यहरूमा क्रमशः हिमा लामिछाने, मिरा तामाङ, राजन भट्टराई, अर्जुन पोखरेल, सविना तिम्सेना, गंगा कार्की, सुवास लावा र कमला यादव रहेका छन् । निर्वतमान अध्यक्ष घनश्याम अर्यालको अध्यक्षता तथा इस्टु कोशी प्रदेश सहसचिव राजु वरालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सभामा कचनकवल ६ का वडाध्यक्ष चिन्तामणि खरेल, शिक्षक युनियन कचनकवल अध्यक्ष भैरव…

Read More

भद्रपुर, १६ असार । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ । आर्थिक वर्ष २०७९/८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका कार्यहरूको गुणस्तरता तथा पारदर्शीतामाथि नगरबासीले प्रश्न उठाएका हुन् । सार्वजनिक सुनुवाईमा सहभागीले नगरको चर्चित मेची प्रादेशिक अस्पतालको नव निर्मित भवन कमसल निर्माण हुँदा पनि स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोे, अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला (जीपी) सभागृह निर्माण कार्य पूरा गर्न नगरपालिकाले कुनै पहल नगरेको, दशकयता अलपत्र भद्रपुर शीत भण्डार अलपत्र अवस्थामा रहँदा पनि कुनै चासो नदेखाएको भन्दै सहभागिले आक्रोस पोखेका थिए…

Read More

विराटनगर, १६ असार । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकाले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन् । १०३ औ जन्मयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति डा. सुवासश्री पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकाले उनको योगदानलाई सबैले अनुशरण गर्नुपर्ने बताएका हुन् । मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यवस्था ढलेर देशमा प्रजातान्त्र पुर्नस्थापित हुन सफल भएको उनले बताए । एमटियु (मनमोहन टेक्निकल युनिभर्सिटी) का रजिष्टार डा दिलनाथ फुँयालले स्वर्गीय आर्दश साझा नेता…

Read More