
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
प्रदेश प्रमुख श्री परशुराम खापुङ्गले कोशी प्रदेश सभाको बैठकलाई गर्नु भएको सम्बोधन(आर्थिक वर्ष 2080/81 को नीति तथा कार्यक्रम) माननीय सभामुख महोदय, प्रदेश सभाका माननीय सदस्यहरु, नेपालको संविधान कार्यान्वयनको क्रममा प्रदेशको समग्र विकासको महत्वपूर्ण आधार तयार गरी प्रदेश सभाको एक कार्यकाल सम्पन्न भई प्रदेश सभाको निर्वाचन पश्चात गठन भएको गरिमामय कोशी प्रदेश सभाको चालु अधिवेशनको यस बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेकोछ।मुलुकमा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक पटक भएका जनआन्दोलन तथा सशस्त्र संघर्ष, जनयुद्ध, मधेश आन्दोलन, आदिवासी जनजाती आन्दोलन लगायत अधिकार प्राप्तिका लागि भएका बिभिन्न आन्दोलनहरुमा सहादत हुनु भएका आदरणीय अमर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइतेहरुको…
विराटनगर, ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगत देखि सञ्चालित वहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने तथा विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमुलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा जोड दिइएको छ । यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझावलाई कर्यान्वयन गरिने, स्थानीय…
झापा, ३१ जेठ । झापाको मेचीनगरस्थित पूर्वी नाका सशस्त्र प्रहरीले नै सशस्त्र प्रहरीमाथि कुटपिट गरेको छ । मेचीनगर–५ स्थित नकलबन्दाको माता चोकमा खटिएका सशस्त्र प्रहरीलाई मंगलबार राति सादा पोशाकमा आएका सशस्त्र प्रहरीले निर्घात कुटपिट गरेका हुन् । सादा पोशाकमा आएका प्रहरी निरीक्षक नवलप्रभात राईसहित तीन जनाको टोलीले ड्युटीमा खटिएका सशस्त्र प्रहरी हबल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राईमाथि कुटपिट गरेका हुन् । प्रहरी बीच नै कुटपिट भएपछि स्थानीयबासीले छुट्याएका थिए । ‘गोरु तस्करी’का विषयमा कुरा नमिल्दा प्रहरीले नै प्रहरीमाथि कुटपिट गरेको स्थानीयबासीको भनाइ छ ।
झापा, ३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार नेत्रबिक्रम बिमलीले ११३ औं पटक रक्तदान गरेका छ्न् । आज नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाकेन्द्र झापामा बिमलीले ११३ औं पटकको रक्तदान गरेका हुन् । पत्रकारिता र समाजिक कार्यमा सक्रिय बिमली नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने पत्रकारहरुमा पहिलो नम्बरमा पर्छन् । रक्तदान अभियानमा महत्त्वपूर्ण भुमिका पुर्याएवापत बिमलीले अन्तर्राष्ट्रिय रक्तदाता सम्मान समेत पाइसकेका छ्न् ।
झापा, ३१ जेठ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ ।…
अर्जुनधारा, ३१ जेठ । झापाको अर्जुनधारा नगरपालिका–१ ले यहाँका महिलालाई ब्यूटिसियन तालिम दिएको छ । सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले १ नं. वडा कार्यालयले महिलालाई एक महिने ब्यूटिसियन तालिम दिएको हो । गत वैशाख २९ देखि जेठ २९ गतेसम्म सञ्चालन भएको उक्त तालिम चालु आर्थिक वर्ष ०७९÷०८०को वडास्तरिय योजनाको उद्यमशिल तालिम तथा महिला सशक्तिकरण कार्यक्रम अन्तरगत आयोजना गरिएको वडासचिव एवम् तालिम संयोजक मञ्जु भट्टराईले बताइन् । वडाध्यक्ष उपेन्द्र बस्नेतको अध्यक्षता र नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रशिक्षकद्वय तेजकुमारी खत्री र रीना शिवाकोटीले प्रशिक्षण दिएको तालिममा २५…
झापा, ३१ जेठ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू(भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका बाबजुद देशका अधिकांश भू(भागमा गर्मी कायमै रहने महाशाखाले जनाएको…
झापा, ३१ जेठ । नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन् । यही जेठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेको हो । उमेर हदको व्यवस्था निलम्बनप्रति नेता-कार्यकर्ताले असन्तुष्टि प्रकट गरेपछि अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसम्म प्रतिरक्षामा देखिएका छन् । कार्यकर्ताले संगठनमा युवा चाहिने तर नेतृत्व चाहिँ ७० वर्षपछिको हुनेु भन्दै प्रश्न गर्न थालेपछि मूल नेतृत्व प्रतिरक्षामा लागेको हो । सचिवालयको उक्त निर्णयप्रति स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्य असन्तुष्ट भए पनि उनीहरूले खुलेर समर्थन वा विरोध गर्न सकेका छैनन् ।…
झापा, ३१ जेठ । सरकारले झण्डै चार वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव एकाएक हराएको छ। प्रशासन सुधारमा राजनीतिक तथा प्रशासनिक नेतृत्वको ध्यान नपुग्दा सो नीतिको मस्यौदा एकाएक गायब भएको हो । चार वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवाको राष्ट्रिय नीतिसम्बन्धी प्रारम्भिक मस्यौदा मन्त्रालयमा नै गायब भएको जनाइएको छ । यो चार वर्षको अवधिमा धेरै मन्त्री र सचिवहरू फेरिएपनि कुनै पनि मन्त्री र सचिवले सो नीतिको मस्यौदाका बारेमा खोजतलास गरेका छैनन् । नयाँ आउने मन्त्री र सचिवहरूले यस विषयमा ध्यान नदिँदा पनि नीतिको मस्यौदाका बारेमा कुनै छलफल हुन नसकेको हो ।…
झापा, ३१ जेठ । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ ९ग्राउन्डेड० छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणाली) अन्तर्गत चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो।” पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारण निगमले यी जहाज बेच्ने प्रक्रियामा लगेको हो। ग्राउन्डेड गरिएका चिनियाँ जहाज बिक्री गर्न गत चैतको पहिलो सातामा अमेरिकाको…