
झापा, ३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार नेत्रबिक्रम बिमलीले ११३ औं पटक रक्तदान गरेका छ्न् ।
आज नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाकेन्द्र झापामा बिमलीले ११३ औं पटकको रक्तदान गरेका हुन् । पत्रकारिता र समाजिक कार्यमा सक्रिय बिमली नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने पत्रकारहरुमा पहिलो नम्बरमा पर्छन् । रक्तदान अभियानमा महत्त्वपूर्ण भुमिका पुर्याएवापत बिमलीले अन्तर्राष्ट्रिय रक्तदाता सम्मान समेत पाइसकेका छ्न् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



