
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ असार । ललिता निवास प्रकरण भयंकर ठूलो राजनीतिक एवं नीतिगत भ्रष्टाचारको नमुना हो। सर्वस्वहरण गरिएका राजनीतिक पीडितको जग्गा फिर्ता गर्ने २०४७ मा कृष्णप्रसाद भट्टराई सरकारबाट यो सुरु हुन्छ । त्यसकै आडमा उच्च राजनीतिक तह, भूमाफिया र बिचौलियाले यसको लाभ लिएका छन् ।त्यसमा प्रयोग भएका र गरिएका छन् कर्मचारी । छानबिनको दायरामा रहेका धेरैजसो कर्मचारी आदेशपालक हुन् । तर, छानबिनको सुई बढी मात्रामा तिनैतिर केन्द्रित छ । नक्कली मोही बनाएर जग्गा वितरण गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसम्म छानबिन पुग्ने हिम्मत गर्न सकेको छैन । अख्तियारले यसलाई मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै छाडेको छ भने प्रहरीले पनि यति…
झापा, २५ असार । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको हो । बस्नेत नेपालमा नभएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले आइतबार अपराह्न बहालवाला सचिव राउतलाई भारत जान लागेको भन्दै नियन्त्रणमा लिएको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२…
झापा, २५ असार । संघीय सरकारले पूँजीगतको तुलनामा चालू शीर्षकमा अत्यधिक बजेट छुट्ट्याइरहेका बेला स्थानीय तहले त्यसविपरीत बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०–८१ का लागि स्थानीय तहले ल्याएको बजेटमा धेरैजसोले चालूभन्दा पूँजीगत शीर्षकमा बढी रकम विनियोजन गरेका छन् । चालू शीर्षकको बजेट धेरैजसो प्रशासनिक खर्च, तलब, भत्ता, गाडी किन्ने लगायत काममा खर्च हुन्छ । पूँजीगत शीर्षकको बजेट विकास र यससँग सम्बद्ध काममा खर्च गरिन्छ । काठमाडौं महानगरपालिकाले चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाखको बजेट ल्याएको छ । ललितपुर महानगरको बजेटमा पूँजीगतमा ४ अर्ब २१ लाख र चालूमा…
झापा, २५ असार । जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्। ती झोला सामान्य छैनन्। झोलामै स्वास्थ्य प्रयोगशाला छ। त्यति मात्र पनि होइन, झोलाका प्रयोगशाला बोकेर घरघरमा जाने स्वास्थ्यकर्मीले घरमै विभिन्न स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिन्छन्। ‘मर्निङवाक गरिएकै छ, खानपिनमा पनि सजगता अपनाइएकै छ, तैपनि नियमित स्वास्थ्य परीक्षण गर्न पाए ढुक्क हुने थियो’ भन्ने स्वास्थ्यप्रति सचेत मानिसलाई गाउँपालिकाको यो झोले सेवा ज्यादै उपयोगी भएको छ। त्यति मात्र…
भद्रपुर, २४ असार । झापाको भद्रपुरबाट एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–२ का माइला भन्ने होमबहादुर पाठक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालयौन दुरुपयोग मुद्दामा कैद र जरिवाना तोकिएका पाठकलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । झापा जिल्ला अदालतले २०७९ असार ०७ गते उनलाई एक वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना, २५ हजार रुपैयाँ क्षतिपूर्ति र चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको…
कनकाई, २४ असार । झापाको कनकाई–३ स्थित माईपुलबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाने विभिन्न सवारी साधनलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा करिब २ लाख ५६ हजार ४४० बराबरको अवैध कपडा बरामद गरेको हो । गत असार २२ गते चेकजाँचका क्रममा राधे राधे गम्छा, कटन ब्लाउज १७६ र साडी ४५ थान बेवारिसे अवस्थामा फेला परेकाले बरामद गरी आवश्यक काबाहीका लागि आइतबार मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, २४ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बीच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नव निर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गर्नुभयो । यसअघि वडा नम्बर ७ को कार्यालय गरामनीमा संयुक्तरुपमा वडा नम्बर ८ र ९ संगै एउटै भवनमा सन्चालन हुंदै आएको थियो । स्थानियहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयांको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको हो । वडा कार्यालयको…
बिर्तामोड, २४ असार । नेपाली कांग्रेस बिर्तामोड नगरपालिका वडा नं–४ को वडा भेला सम्पन्न भएको छ । भेलामा पार्टी संगठन सक्रिय बनाउन टोल समितिलाई सक्रिय बनाउने, भातृ तथा शुभेच्छुक संघसंस्थाबीच सहकार्य गर्ने, पार्टीमा सक्रियता एवम् सामाजिक क्षेत्रको योगदानका आधारमा स्थानीय पालिका तथा वडामा जनप्रतिनिधि बन्न सिफारिस गर्ने, क्रियाशील सदस्य, मतदाताको शुक्ष्म अध्ययन, पार्टी छोडेकाहरुलाई पुनः पार्टीमै फर्काउन पहल गर्ने लगायतका विषयमा छलफल गरिएको थियो । वडा सभापति रामप्रसाद पौडेलको सभापतित्व र नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि जिल्ला सदस्य एवं प्रतिनिधि सुरेश बंशल, घनश्याम चौधरी, युवराज दाहाल, महाधिवेशन प्रतिनिधि भुमादेवी घिमिरे, मञ्जु ओली, गंगा…
बुद्धशान्ति, २५ असार । कार्यभार सम्हालेको एक वर्षको अवधिमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले उल्लेख्य काम गरेको छ । स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले वडाको समग्र विकासमा आधारित कामहरु गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिगो विकासको लक्ष्यलाई हासिल गर्नेगरी अगाडि बढिरहेका छौं, समुन्नत वडा बनाउने अभियानमा हामी सबै जनप्रतिनिधि तथा कर्मचारी एकजुट छौं ।” वडाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, मानव विकास लगायत सबै क्षेत्रको समग्र विकास लक्षित कार्यहरु अघि बढाइरहेको छ । भाडाको घरमा सञ्चालित वडा कार्यालयले हाल आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको छ । सँगै, आधारभूत स्वास्थ्य केन्द्रसमेत आफ्नै…
झापा, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।…