
बिर्तामोड, २४ असार । नेपाली कांग्रेस बिर्तामोड नगरपालिका वडा नं–४ को वडा भेला सम्पन्न भएको छ ।
भेलामा पार्टी संगठन सक्रिय बनाउन टोल समितिलाई सक्रिय बनाउने, भातृ तथा शुभेच्छुक संघसंस्थाबीच सहकार्य गर्ने, पार्टीमा सक्रियता एवम् सामाजिक क्षेत्रको योगदानका आधारमा स्थानीय पालिका तथा वडामा जनप्रतिनिधि बन्न सिफारिस गर्ने, क्रियाशील सदस्य, मतदाताको शुक्ष्म अध्ययन, पार्टी छोडेकाहरुलाई पुनः पार्टीमै फर्काउन पहल गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।
वडा सभापति रामप्रसाद पौडेलको सभापतित्व र नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि जिल्ला सदस्य एवं प्रतिनिधि सुरेश बंशल, घनश्याम चौधरी, युवराज दाहाल, महाधिवेशन प्रतिनिधि भुमादेवी घिमिरे, मञ्जु ओली, गंगा शिवाकोटी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्य देवीप्रसाद घिमिरे, उद्योग बाणिज्य संघ विर्तामोडका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, प्रदेश अधिवेशन प्रतिनिधि जयकुमार दाहाल, यादवकुमार ओली लगायतका १५० बढी वडा सदस्यहरुको सहभागिता रहेको थियो । नवीन सिटौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव चन्द्र खरेलले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



