झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ असार । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । बिर्तामोडमा शनिबार आयोजित एक कार्यक्रमका बीच सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विभागका रजिस्टार नवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत निर्वाचन समिति सदस्य टीका प्याकुरेलले गरेको कार्यक्रममा निर्वाचन समिति संयोजक हरिचरण शिवाकोटीले संस्था अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी नेतृत्व कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिलाई पदस्थापना तथा सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिको कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य लोकराज ढकालले गरेका थिए…

Read More

बेइजिङ, ३१ असार (एजेन्सी) । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई फाँसी दिइएको हो । सो पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो ।चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षिकाले यो घृणित घटना घटाएकी थिइन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएपछि १० महिनाको उपचारपछि उनको मृत्यु भएको थियो । यसअघि महिला शिक्षिकाले पनि…

Read More

झापा, ३१ असार । सरकारसँग श्रम स्वीकृति लिएर २०७८–७९ मा ३ लाख ४८ हजार ८ सय ६८ नेपाली वैदेशिक रोजगारमा गए। तीमध्ये ३ लाख १५ हजार ८ सय ६ पुरुष र ३३ हजार ६२ महिला थिए। त्यसका अतिरिक्त २ लाख ८१ हजार २ सय २२ जनाले पुन स् श्रम स्वीकृति लिए। अर्थात्, झन्डै ३ लाख घर आएका नेपाली फेरि विदेश नै फर्किए। देशमा रोजगारीका अवसर नहुँदा बर्सेनि लर्को लागेर बिदेसिनेको संख्या ठूलै छ। सरकारी आकलनअनुसार मलेसिया, खाडीका विभिन्न देशलगायत अन्यत्र गरी ५० लाखको हाराहारी नेपाली विदेशमा श्रम गर्छन्। तर, तिनको हक, हित र सुरक्षाका लागि हाम्रा कूटनीतिक नियोगहरू निकै निरीह…

Read More

झापा, ३१ असार । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण ९सिप बिल्डिङ० का लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए। “कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उनले कारोबारसँग…

Read More

विराटनगर, ३१ असार । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो । मनमोहनले पाँच बर्ष भित्र कुन कुन बिषयको के कसरी पठनपाठन गराउने , भौतिक पुर्वाधार अनि दक्ष जनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार रणनीति…

Read More

भद्रपुर, ३१ असार । नेपाल परिवार नियोजन संघ झापाको सभापतिमा लोकनाथ भट्टराई बुइँपाली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । एमालेको विद्रोही समूहबाट निर्वाचनमा उत्रिएका भट्टराईले प्रतिष्पर्धी नेकपा एमालेका आधिकारिक उम्मेदवार गणेशप्रसाद पोखरेललाई ९३ मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भट्टराईले ३१२ मत ल्याउँदा पोखरेलले २१९ मत पाएका छन् । संघको झापा शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेकोमा ५३३ मत खसेको थियो । त्यसमध्ये २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अन्य पद यसअघि नै निर्विरोध भइसकेको थियो ।

Read More

झापा, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए । साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल,…

Read More

भद्रपुर, ३० असार । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । गौरीगञ्ज–२ लालमाटीस्थित दशजगामा रहेको १४०÷१५ नम्बरको सीमा स्तम्भ (पिलर) लाई कमलखोलामा आएको बाढीले शुक्रबार दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । बाढीले बगाएको सीमा स्तम्भको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यता, गत असार २६ गतेदेखि आएको अविलर वर्षाले झापाका विभिन्न स्थान डुबान तथा सयौं घर विस्थापित एवम् प्रभावित भएका छन् । अबिरल वर्षाको कारण दमक–४ ताराबारी स्थित रहेको मावा खोलामा बाढी आई खोला किनारको खाली ऐलानी जग्गा करिब ५० मिटर लम्बाई र पाँच मिटर चौडाई…

Read More

भद्रपुर, ३० असार । झापा गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनु बस्तीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । गौरीगञ्ज–१ की ५५ वर्षीया सिला बुढाथोकी खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको कार्यालयले जनाएको छ ।

Read More

झापा, ३० असार । भानु साहित्यिक प्रतिष्ठानले २१० औँ भानु जयन्तीको मनाएको छ । प्रतिष्ठानले चार जना स्रष्टालाई सम्मान गर्दै भानु जयन्ती मनाएको हो । काँकरभिट्टास्थित भानुभक्त शालिकमा माल्यार्पणपछि आयोजित समारोहमा क्रिक्रेट खेलाडी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र पत्रकार भूमिका सुब्बा फियाकलाई पुरस्कृत गरिएको हो । संस्कृतिको प्रबर्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गरिएको कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए । भानु प्रतिभा पुरस्कारबाट सम्मानित रुविनालाई २१ हजार र अन्य तीन जना व्यक्तित्वलाई जनही रु ११ हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

Read More