
बेइजिङ, ३१ असार (एजेन्सी) । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई फाँसी दिइएको हो ।
सो पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो ।चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षिकाले यो घृणित घटना घटाएकी थिइन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएपछि १० महिनाको उपचारपछि उनको मृत्यु भएको थियो ।
यसअघि महिला शिक्षिकाले पनि श्रीमानलाई विष खुवाएर घाइते बनाएकी थिइन् । यद्यपि शिक्षिकाले यो सबै किन गरिन् भन्ने खुल्न सकेको छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


