
झापा, ११ चैत । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको दुई लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
हिजो सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार ६ कारोबार दिन घटेको सुनको भाउ आज सातौँ दिन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ४१५ रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ५०५ रुपैयाँ रहेकोमा आज चार हजार ९२० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


