
झापा, ११ चैत्र । झापाको भद्रपुर नगरपालिका–३, ज्ञानेचोकमा हिजो परेको अविरल वर्षा र असिनाले स्थानीयवासीका घरमा क्षति पुर्याएको छ।
उमेश मगरको एकतले घरको टिनको जस्तामा प्वाल परेर करिब रु.२०,००० बराबरको क्षति भएको छ भने हेमबहादुर लिम्बुको घरमा पनि रु.२०,००० बराबरको समान क्षति भएको छ । त्यस्तै दिलबहादुर राईको घरमा समेत टिनको जस्तामा प्वाल परेर रु. २०,००० बराबरको क्षति भएको छ।
यस घटनामा मानविय तथा चौपाया क्षति नभएको जनाइएको छ।
त्यसैगरी, झापाको दमक नगरपालिका–८, रुपाटोलमा हिजो अन्दाजी १८ः२० बजे खगेन्द्र निरौलाको कुखुराको फर्ममा बिजुलीको तार सर्ट भई आगलागी भएको छ।
इप्रका दमक, दमक नगरपालिका दमकल तथा स्थानीयवासीको सहयोगमा १९ः५५ बजे आगो नियन्त्रणमा ल्याइएको छ।
फर्मभित्र रहेका करिब २,००० लेयर कुखुरा जलेर नष्ट भएको छ। मानविय क्षति नभएको पुष्टि गरिएको छ। आर्थिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


