
झापा, १४ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ घिउखोलामा गएराति ट्रक, बस र पिकअप ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
प्रहरीका अनुसार ट्रकले बस र पिकअपलाई ठक्कर दिँदा बस करिब २०० मिटर तल र ट्रक १०० मिटर तल खसेका थिए।
उद्धारका लागि सेना, सशस्त्र प्रहरी र स्थानीय प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। घाइतेहरूलाई चिसापानी अस्पतालमा प्रारम्भिक उपचारपछि बुटवल पठाइएको छ।
जिल्ला अस्पताल परासीमा उपचारका क्रममा २५ वर्षीय गोबिन बुढासहित ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ।
राजमार्ग अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


