झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ असार । धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछापालनमा किसानको आकर्षण बढेको छ । त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ । नेपाल सरकारले नै माछापालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत जिल्लाका छ पालिकामा माछा ब्लक नै छुट्याएर विगत दुई वर्षदेखि व्यावसायिक माछापालन भइरहेको छ । कचनकवल, हल्दिबारी र कमल गाउँपालिका तथा गौरादह, मेचीनगर र अर्जुनधारा नगरपालिकामा हाल दुई वर्षीय परियोजना अन्तर्गतको माछा ब्लक सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । धानभन्दा तीन गुणा बढी माछाबाट आम्दानी हुने गरेको कार्यालयका मत्स्य…

Read More

झापा, २३ असार । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो । आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ…

Read More

मुम्बई, २३ असार । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्‍यापबाट टमाटर हटाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो। भारतका केही भागमा पछिल्लो एक महिनामा टमाटरको मूल्य २८८ प्रतिशतले बढेको छ । शुक्रबार एक किलो टमाटरको भाउ १४० भारतीय रुपैयाँ (करिब २२३ नेपाली रुपैयाँ) पुगेको थियो । दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्। ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि हामीले गुणस्तरीय टमाटरको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौं । जसका कारण हामी टमाटररहित खाना खुवाउन बाध्य छौँ ।’ सञ्चालकहरूले समस्या टमाटरको…

Read More

झापा, २३ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ–गर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

सिन्धुपाल्चोक, २३ असार । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्छिन् । स्वास्थ्य मन्त्रालयले गाउँगाउँमा महिला स्वास्थ्य स्वयमसेविका राखेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले गाउँमा स्वयमसेविका राख्न सुरु गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाको गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय भूमिका रहेको छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् त्यस्ता ठाउँमा त मल्लजस्ता सयौं स्वयंसेविका डाक्टरकै भूमिकामा हुने गर्छन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविका भएर काम गरेको मल्लले ३५ वर्ष भइसकेको…

Read More

झापा, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् । नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन् । बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार…

Read More

झापा, २२ असार । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर…’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सघर्र्षलाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँपाखामा घाँस दाउरा गर्दै आफ्नो जीवनयापन गरिरेहेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडी बीचको प्रेम प्रसंगलाई समेटिएको छ । मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफू आशावादी रहेको गीतकार प्रमिलाले बताइन्…

Read More

झापा, २२ असार । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । रेग्मीका अनुसार उनले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । सारुको शवलाई पोष्ट मार्टमका…

Read More

बिर्तामोड, २२ असार । झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको एमिटी कलेजले छात्रालाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ । झापा जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा कराँते महासंघको सहयोगमा बिहीबार कलेज परिसरमा महिला हिंसाविरुद्ध एक दिवसीय आत्मरक्षा कला प्रशिक्षण कार्यक्रम गरिएको हो । बिद्यालयका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत कलेजका को–अडिनेटर बिनोद साहले गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी र झापा जिल्ला खेलकूद विकास समितिका प्रवक्ता तथा कराँते महासंघ झापाका अध्यक्ष जगन कार्की (दुर्वासा) ले खेलकूदका फाइदाको जानकारी दिदै छात्राहरुलाई आत्मरक्षाका बारेमा जानकारी गराएका…

Read More

इलाम, २२ असार । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । गालामा गहिरो चोट लागेकी…

Read More