
मुम्बई, २३ असार । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्यापबाट टमाटर हटाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो।
भारतका केही भागमा पछिल्लो एक महिनामा टमाटरको मूल्य २८८ प्रतिशतले बढेको छ । शुक्रबार एक किलो टमाटरको भाउ १४० भारतीय रुपैयाँ (करिब २२३ नेपाली रुपैयाँ) पुगेको थियो । दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्। ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि हामीले गुणस्तरीय टमाटरको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौं । जसका कारण हामी टमाटररहित खाना खुवाउन बाध्य छौँ ।’ सञ्चालकहरूले समस्या टमाटरको मूल्यमा नभएर गुणस्तरमा भएको दाबी गरेका छन् । –बीबीसी हिन्दी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


