
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ असार । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनाउने कार्यमा संलग्नमाथि कारवाहीको माग गरेको छ । काँग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै साविकको मेची अञ्चलभरका गरिव जनता स्वास्थ्य उपचार गर्न आउने अस्पतालको भवन निर्माण गर्दा गुणस्तरहीन काम गराउन भूमिका खेल्नेमाथि छाविन गरी कारवाहीको माग गरेको हो । नगर सभापति रामबहादुर कँडेल तथा सचिव अनिता रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ—अस्पतालको नयाँ भवनमा निर्माणाधीन आइसियु कक्षमै छतबाट पानी चुहेको देखिन्छ । छानाको फाइवर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको अवस्थाले भवन ज्यादै कमशल भएको उल्लेख छ । विज्ञप्तिमा अस्पतालको माथिल्लो तलाको छत…
बिर्तामोड, १० असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको ल्याएको छ । नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतकोप्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गर्नु भयो ।उक्त बजेट मध्ये आय तर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यसै गरि नगरपालिकाको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट गरी जम्मा ३२ करोड, संघीय…
शिवसताक्षी, १० असार । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८० ÷०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगरसभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो । जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त २ करोड, संघीय सरकारबाट ६९ करोड १७ लाख ५५ हजार बजेट सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण ११ करोड ४६ हजार, समपुरक अनुदान १३ करोड, शसर्त अनुदान ९४ लाख ७५ हजार, सवारी साधान बाँड फाँडबाट १३, करोड १९ लाख,४६…
बिर्तामोड, १० असार । बिर्तामोड नगरपालिकाले सुर्तिजन्य पदार्थ चुरोट, खैनी, गुट्खा आदिको बिक्री वितरण गर्न नपाउने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड नगर क्षेत्रभित्र सुर्तिजन्य पदार्थविक्री वितरणमा पुर्णरुपमा रोक लगाईने नीति लिएको बताउनु भयो । नीति तथा कार्यक्रममा नगर अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा संचालन गरिनुका साथै डायलाइसिस सेवा सुचारु गरिने, नगर भित्रका अति विपन्न परिवारलाई छनौट गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइने, सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना…
बिर्तामोड, १० असार । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजटे सर्वसम्मत पारित गरेको छ । आज बसेको नगरसभाको १३औं नियमित अधिवेशनले नीति, कार्यक्रम तथा बजटे सर्वसम्मत पारित गरेको हो । नगर उपप्रमुख खगमाया पराजुलीले आगामी आवका लागि रू ७६ करोड ११ लाख ८ हजार बजेट सार्वजनिक गर्नुभयो । विनियोजित बजेटमा संघीय सशर्त कार्यक्रम अन्तरगत रू २८ करोड ३० लाख, समपुरक अनुदान कार्यक्रम रू ९० लाख, विषेश अनुदान रू एक करोड ४५ लाख, प्रदेश सरकारबाट सशर्त कार्यक्रम अन्तरगत रू दुई करोड ४८ लाख ७५ हजार, प्रदेशतर्फ समपुरक र्काक्रम अन्तरगत रू एक करोड ३० लाख, समपुरक…
झापा, १० असार । भक्तपुरको सूर्यविनायक–१० खड्का गाउँमा वृन्दावन धाम बन्ने भएको छ । आज स्थानीय महाकालेश्वर तथा राधाकृष्ण मन्दिरमा भएको एक कार्यक्रममा मन्दिर क्षेत्रलाई वृन्दावन धाम बनाउने घोषणा गरिएको हो । भक्तीपथ फाउन्डेसन संस्था नेपाल र सूर्यविनायक नगरपालिका बीचको सहकार्यमा बन्ने उक्त धामले धार्मिक पर्यटकको आगमन बढाउने पालिकाको विश्वास छ । आज बिहान सम्पन्न कार्यक्रममा फाउन्डेसनका संरक्षक आचार्य श्री शितल कृष्णजी महाराजलाई नगर प्रमुख वासुदेव थापाले महाकालेश्वर तथा राधाकृष्ण मन्दिरको पिठाधिस नियुक्त गर्दै अभिनन्दन गरे । नगर प्रमुख थापाले कृष्णजी महाराजलाई मन्दिरको पिठाधिसको जिम्मेवारी सुम्पँदै खुसी व्यक्त गरे । उनले भने ‘वृन्दावन धामले सूर्यविनायकमा पर्यटकीय चहलपहल बढाउनेमा हामी विश्वस्त…
झापा, १० असार । झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष (आव) को नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको शनिबार बसेको १२औं नगरसभा तथा अधिवेशनले आगामी आव २०८०।०८१ को नीति तथा कार्यक्रमसहितको अनुमानित बजेट पारित गरेको हो । नगर उपप्रमुख राधा कार्कीले आगामी आवका लागि रू ८५ करोड ६७ लाख ३ हजार बराबरको अनुमानित बजेट नगर सभामा सार्वजनिक गर्नुभयो । नगरसभामा केही विषयमा विवाद भएपछि शनिबार राति अबेर मात्र नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो । चालू आव भन्दा आगामी आवमा रू पाँच करोड ६७ लाख २० हजार घटेको छ । चालु आवमा…
झापा, १० असार । मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा यो परिमाणको क्षति भएको प्रवर्द्धक कम्पनीहरुले बताएका छन् । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत आयोजनाहरुमा क्षति पुयाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्व रुपैयाँबराबरको क्षति भएको छ। विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा मात्रै ५० करोडबराबरको क्षति भएको…
झापा, १० असार । झापामा ९ प्रतिशत रोपाई भएको छ ।असारको पहिलो सातासम्म (असारको ८ गतेसम्म ) ७ हजार ८७५ हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापामा असार २ गतेबाट रोपाई शुरु भएको हो । कमल , गौरादह, कन्काई पालिकाका किसानहरुले छिट्टै रोपाई शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले बाह्रदशी , कचनकवल पालिकामा ढिलोगरी रोपाई शुरु हुने गरेको जानकारी दिए ।किसानहरुले छिट्टै पाक्ने रंजित, सर्णा , बीबी ११ जस्ता धान रोपेका छन् । झापाका किसानहरुले मूल्यको ग्यारेन्टी भएको रामदाम धान पहिलो पटक लगाएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।
झापा, १० असार । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ। त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले यस्ता विद्यालय छनोट गरिएको छ। मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि…