
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २८ जेठ । झापाको भद्रपुर नगरपालिका समृद्ध नगर बनाउन आवधिक योजना निर्माणमा जुटेको छ । नगरको टोलटोलबाट समस्या, सुझाव संकलन गर्दै नगरपालिका आवधिक योजना निर्माणमा जुटेको हो । नगरबासीमा प्राप्त सुझावपछि आवधिक योजना र मध्यकालीन खर्च संरचना निर्माण गर्न यहाँका जनप्रतिनिधि तथा सरोकारवाला कर्मचारीबीच दुई दिने अभिमुखीकरण कार्यक्र शुरु भएको छ । आजदेखि शुरु भएको अभिमुखीकरणमा नगरका सबै जनप्रतिधि र शाखा प्रमुख कर्मचारीहरु सहभागी छन् । नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले नगरको समग्र विकासलाई लक्षित गरेर आवधिक योजना निर्माण थालिएको बताउनुभयो । नगरको क्षमता अनुसार जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुका साथै समृद्ध नगर बनाउन अल्पकालीन, मध्यकालीन र दर्घकालीन योजना…
झापा, २८ जेठ । सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो । वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उनलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो । जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था…
युवा ज्योतिषसूर्य कुईँकेलनेपाल ज्योतिष परिषद सदस्यता नं ३१७ मेषः फजुल खर्च तथा भोगविलासिताका वस्तुहरु जोडिएला जसका कारण वुधवार उप्रान्त अर्थिक समस्याले गाँज्ने देखिन्छ ।सुख वृद्धि भएर जानेछ । भाइवहिनीहरुका लागि समय व्यतीत होला । शरीरमा जोस जाँगर र उर्जा बढेर जाला । शनिवार उप्रान्त शुभ फलदायी समय रहनेछ । मनोकामना सिद्ध भएर जानेछ । वृषः धनसम्पत्तीको सुखद योग देखिएतापनि स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढेर जानेछ । सुखसन्तोषको अनुभूति होला । नजिकको मित्र वा माताका तर्फबाट महत्वपूर्ण कामहरु बन्नेछन् । स्थीर वा प्रत्रिक सम्पत्तीको सुखभोगको समय आएको छ ।स्वास्थ्य क्षेत्रमा केही खर्च होला । मिथुनः यो साता…
भद्रपुर, २९ जेठ । झापामा लागु औषध ब्राउनसुगरसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका–१२ को कालिझोडा जंगलमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चारआलीको प्रहरी टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । झापा बिर्तामोड नगरपालिका वडा–७ मिया बस्तीका १९ को महमद आरिफको साथबाट ५० मिलिग्राम ब्राउनसुगर फेला पारी अनुसन्धान गर्दा अर्जुनधारा–११ स्टाफ चौकका २० वर्षीय दर्जीको साथबाट १ ग्राम ५०० मिलिग्राम, मेचीनगर–१३ का २८ वर्षीय धनबहादुर महताराको साथबाट ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी, उनीहरुसँगै रहेका बिर्तामोड–१० सैनिकबजारका २४ वर्षीय सन्दिप लाम्गादेलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर…
बिर्तामोड, २८ जेठ । झापाको बिर्तामोड नगरपालिकामा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण शुरु भएको छ । हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीन तले नयाँ भवन शिलान्यसा भएसँगै नगर अस्पताल भवन निर्माण शुरु भएको हो । भवनको शिलान्यास नगरप्रमुख पवित्रा महतारा प्रसाईले गर्नुभएको थियो । नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नती गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको उहाँको भनाइ छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक चासाको रुपमा रहेको नगर अस्पताललाई व्यवस्थापन समितिले अत्यन्त रेखदेख गर्नुपर्ने बताउनुभयो । अस्पतालको एउटै उद्देश्य सर्वसुलभ ढंगले जनतालाइ सेवा दिनु रहेकाले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले मुस्कानसहितको सेवा दिनुपर्ने जोड दिनुभयो । रू १५…
शिवसताक्षी, २८ जेठ । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिब चार दशकपछि कालोपत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको हो । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाई कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले…
बिर्तामोड, २८ जेठ । झापाको बिर्तामाोड नगरपालिकाले पशुपालन व्यवसायमा आबद्ध किसानलाई तालिम दिएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाले विभिन्न प्रकारका तीन वटा तालिम दिएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको थियो । गाई, बाख्रा पालन सम्बन्धि एक एक दिन र पशु आहार व्यवस्थापन सम्बन्धि दुई दिन तालिम सञ्चालन गरीएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेका कुरालाई बेवास्ता नगरी हुवहु कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आधुनिक तवरले पशुपालन व्यवसाय सञ्चालन गर्नुपर्ने भन्दै उहाँले यस तालिममा…
बिर्तामोड, २८ जेठ । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसीपको उपाधि दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शनिबार भएको प्रतिश्पर्धामा ओभरलमा ६५ किलो तौल समुहका चौधरीले उपाधि हात पारेका हुन् । उनले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस गाइघाटबाट सहभागी भएका हुन् । यस्तै प्रतियोगितामा ७० किलो तौल समुहबाट केज टोटल फिट्नेस इलामका सनम लिम्बु दोश्रो, ७० किलो तौल समुहबाटै धरान फिट्नेसका संदिप गिरी तेश्रो, ५५ किलो तौल समुहबाट उर्लाबारीका धर्मराज खापुङ चौँथो र ७० किलो तौल समुहबाट नेपाल…
झापा, २८ जेठ । यु—२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका—४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ कर्णालीले १५—५ अन्तरले कटारी रग्वी क्लब र महिला तर्फ हेटौडाले १४—५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । बिजेता दुवै टोलीले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका टोलीले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको बिजेता तथा उपविजेतालाई माई नगर प्रमुख खम्ब सिं लिम्बु, नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रिय सदस्य सन्तकुमार मेहता लगायतले…
कनकाई, २५ जेठ । झापाको कनकाई नगरपालिकाले सूर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ । गत जेठ १७ गते सम्पन्न २५ औं कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही साउन १ गतेदेखि सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने भएको हो । नगरप्रमुख राजेन्द्र पोखरेलले कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्नुभएको छ । उहाँले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण माथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न नगरबासीलाई आग्रह गर्नुभएको छ । कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको नगरपालिकाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री…