
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ९ असार । भद्रपुर नगरपालिकाको असार ८ गतेका लागि बोलाइएको १२ औं वजेट अधिवेशन नगर सभाको गणपूरक संख्या नपुगेर स्थगित भएको छ । नगर सभामा प्रतिनिधित्व गर्ने नेकपा एकालेबाट निर्वाचित सभाषदको अनुपस्थितिका कारण कार्यपालिकाले निर्विरोध पारित गरेको नीति तथा कार्यक्रम सहितको वजेट अधिवेशन गणपूरक संख्या अभावमा स्थगित भएको हो । ५४ सदस्य सभाषद रहेको नगरपालिकाले बोलाएको नगर सभामा गणपूरक संख्या २८ जना हुनु पर्नेमा २२ जनाको मात्र उपस्थिति रहेपछि बाह्रौं अधिवेशनको दोस्रो बैठक शनिवारलाई डाकिएको छ । प्रदेश सभा एवम् कोसी प्रदेशबाट जारी गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि अनुसार सभामा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत…
झापा, ९ असार । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालित चिकित्सक परामर्श युनिटले विभिन्न ५२/५३ देशमा कार्यरत ६६९ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ । जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले जानकारी दिए । उनले विशेषज्ञ सेवा लिनेमध्ये अधिकांश सामान्य रोगका कारण पनि ठूलै रोग लाग्यो कि भन्ने आशङ्काले मनोरोगी हुने धेरै भएको पनि जानकारी दिए । टेलिमेडिसिन सेवाका लागि एक युवाको फोन रेकर्ड सुनाउँदै डा धरेलले भने, “रोग…
मेचीनगर, ८ असार । नेपाली चलचित्रका चर्चित कलाकार उत्तम प्रधानले ‘दर्पण छायाँपछि फेरि’ नामक नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । करिब अढाई दर्शक अघि दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको उक्त चलचित्रमा नायक उत्तम प्रधानको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । दर्पण छायाँमा कलाकार प्रधान अन्धोको भूमिकामा देखिएका थिए । आज तिनै सुपरस्टार नायक प्रधानले दर्पण छायाँको सिक्वेल ल्याउन लागेका हुन् । ‘मलाई दर्पण छायाँले चिनायो,’ उनले भने, ‘दर्शकबाट पाएको त्यो मायालाई मैलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वले बनाउन लागेको छु ।’ कलाकार उत्तम प्रधानले बनाउन लागेको उक्त चलचित्रमा दर्पण…
विराटनगर, ८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरु तय आवश्यक भएको बताउनुभयो । प्रदेशले बनाउने योजनाहरु प्रदेशकै तथ्याँङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्याँङ्क सङ्कलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने उहाँको भनाइ छ । ‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरु तया…
बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिका–५ र अर्जुनधारा नगरपालिका–११ को सिमानामा रहेको आवास मार्गमा ढल निर्माणको पहल अगाडि बढाउन समिति निर्माण गरिएको छ । बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरि पहल समिति निर्माण गरिएको हो । अनुगमनमा अर्जुनधारा–११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा बिर्तामोड–५ का वडाअध्यक्ष रोहित प्रसाई, अर्जुनधारा–६ का वडाअध्यक्ष हरिषचन्द्र बाँस्तोला, गोपाल विमली, सुरेन्द्रबहादुर लिम्बु, विरबहादुर राई र टेकराज सुव्वा रहनु भएको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईले बर्खामा डुवानको समस्या रहँदै आएको यस क्षेत्रमा…
सुनसरी, ८ असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ३ बजे प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको को।२ह १०७ नम्बरको अटोटेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैधरुपमा ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो । यार्सागुम्बा बरामद भएसँगै ओसार पसारमा संलग्न रहेकी धरान उपमहानगरपालिका–३ कि ४२ वर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान–१९ का ४३ वर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाएको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट अन्य थप…
झापा, ८ असार । झापाको झापा गाउँपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का ३८ बर्षीय अच्युतकुमार मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, ८ असार । झापाको कमल गाउँपालिका–३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । बिहीबार मे १ ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिँदा स्थानीय कमल थापाको पाँच वर्षीय छोरा जनम चौधरी घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । ठक्कर दिने बस र चालक कमल गाउँपालिका–२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
झापा, ८ असार । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ)ं सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात गरेको छ । गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम भए पनि पछिल्ला महिनामा भने यो बढ्दो क्रममा देखिएको हो । जेठमा मात्रै नेपालले एक खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जुन चालु आवको मासिक आयातमा सबैभन्दा उच्च हो । चैत महिनायता आयात व्यापारमा क्रमशः सुधार देखिन थालेको हो । आयात…
झापा, ८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा शिक्षा क्षेत्रमा गरिएको सुधारको विषय उठान गरिएको छ । प्रतिवेदनमा शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न शिक्षाको सोचपत्र–२०७९ जारी गरिएको उल्लेख छ । सो अवधिमा मदन भण्डारी विज्ञान तथा प्रविधि शिक्षा ऐन, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक जारी गरिएको छ । सो आवमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का…