
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, ११ असार । झापाको कनकाई नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ का लागि ६७ करोड ८७ लाख २४ हजार १ सय ७५ रुपैयाँको बार्षिक बजेट प्रस्तुत भएको छ । नगरको १३ औँ नगरसभाबाट नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले यस आर्थिक बर्षका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो । आशा शर्मा शिवाकोटीले अघिल्लो आर्थिक बर्ष २०७९÷८० को भन्दा ६ करोडले कम बजेट सार्वजनिक गर्नुभएको हो । अघिल्लो आर्थिक बर्षमा कनकाई नगरपालिकाले ७३ करोड ८५ लाख रुपैयाँको बजेट निर्माण गरेको थियो । यस आर्थिक बर्षमा बजेट घटेसँगै कनकाईको ३ नम्बर वडा बाहेक सबै वडाको बजेट सिलिङ समेत घटेर आएको छ । अघिल्लो आर्थिक बर्षमा वडा नम्बर ३…
हल्दिबारी, ११ असार । झापाको हल्दिबारीमा विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी अन्दाजी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेको थियो । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए ।
झापा, ११ असार । झापाको हल्दिबारी गाउँपालिकाको १५ औँ गाउँसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४७ करोड ७४ लाख ३० हजार ४ सय रूपैयाँको बजेट प्रस्तुत गरेको छ । कोशी प्रदेश सभा ३ (२) का सदस्य छबिलाल चुडालको प्रमुख आतिथ्यमा भएको गाउँसभाले आइतबार उक्त बजेट सार्वजनिक गरेको हो । हल्दिबारी गाउँपालिका अध्यक्ष सभाअध्यक्ष रविन्द्र लिङ्देनले सभा सञ्चालन गरेका हुन् । गाउँसभाको १५ औ पहिलो बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समिति सदस्य तथा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले सभामा विनियोजन विधियक २०८० सभामा पेश गरेकी थिइन् । हल्दिबारी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ७४ लाख ३० हजार…
झापा, ११ असार । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा १ हजार ८९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले १ कट्ठादेखि २५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उनको भनाइ छ । उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताए । जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिका लगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ । किसानले…
बनियानी, ११ असार । झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६३ करोड एक लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा उपाध्यक्ष नवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन् । प्रस्तावित बजेटमध्ये चालु तथा प्रशासनिक खर्चतर्फ ४२ करोड ८९ लाख १० हजार र पूँजीगत खर्चतर्फ २० करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेट सीमामा सामाजिक सुरक्षा भत्ता, १५ सैय्याको अस्पताल र गरीबसँग विश्वेश्वर कार्यक्रमवापत प्राप्त हुने अनुमानित बजेट समावेश नगरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिए । गाउँपालिकाले ‘स्वास्थ्य सेवाको विस्तार, पालिका जिम्मेवार’ अभियानका साथ स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि…
झापा, ११ असार । नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर आम्दानी गरिरहेका सेवाप्रदायकले नेपालमा बुझाउनुपर्ने करका लागि सरकारले खाता सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कमा सञ्चालनमा ल्याइएको यस्तो खातामा त्यस्ता सेवाप्रदायकले विदेशबाटै सोझै कर तिर्न सक्ने व्यवस्था गरिएको आन्तरिक राजस्व विभागका प्रवक्ता राजु प्याकुरेलले जानकारी दिए । ‘नेपालमा आफ्नो एजेन्टलाई पैसा पठाउनुपर्ने र त्यसलाई फेरि दाखिला गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्न आग्रह गरेपछि छुट्टै खाता सञ्चालनमा ल्याएका हौँ,’ उनले भने । यससँगै नेपालमा विद्युतीय सेवा उपलब्ध गराइरहेका सूचना प्रविधि कम्पनीले सोझै कर तिर्न सक्ने छन् । सेवाप्रदायकले नियम अनुसार लाग्ने विद्युतीय सेवा करसँगै विद्युतीय सेवाको कारोबारमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि करसमेत…
झापा, ११ असार । संविधान र कानुनले मुलुकका तीनै तहका सरकारलाई बजेट ल्याउन स्पष्ट रूपमा समय सीमा तोकेको छ । तर, केही स्थानीय तहले कानुनलाई तिलाञ्जली दिएर तोकिएको समयमा बजेट ल्याउने गरेका छैनन्। संविधानले संघीय सरकार र प्रदेशहरूलाई जेठ १५ र असार १ भित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने किटानी व्यवस्था गरेको छ । त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रत्येक वर्षको असार १० भित्र स्थानीय तहलाई बजेट ल्याउन समय निर्धारण गरेको छ । यही कानुनी व्यवस्थाअनुसार संघीय सरकार र सातै प्रदेशका सरकारले समयमा नै बजेट ल्याउँदै आएका छन्। यो वर्ष पनि समयभित्र नै ल्याइएको छ…
झापा, ११ असार । प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध मात्र भएको छैन, सरकार परिवर्तन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ । प्रतिनिधिसभामा जारी बजेट अधिवेशनमा सत्तापक्ष र विपक्षका सांसदहरूले बजेटको विरोध गरिरहँदा बाहिरबाट प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको औचित्यमाथि प्रश्न उठाएको छ । साथै संयुक्त सरकारमा रहेका दलका नेताहरूले पनि अहिलेको सरकारमाथि प्रश्न उठाएका छन् । त्यति मात्र होइन, सरकारले ल्याएको बजेटमा सत्ता पक्षबाटै असहमति प्रकट गर्दा राजनीतिशास्त्रका…
झापा, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ । सुनको जलहरी कस्नलाई…
झापा, ११ असार । बिर्तामोडको इतिहासको खोजमा आधारित तीर्थ सिग्देलद्धारा लिखित बिर्तामोडः उद्भव र विकास नामक पुस्तक प्रकाशन हुने भएको छ । यो किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको बताइएकोछ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले उल्लेख गरेका छन् । उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही समयसीमा भित्र रहेर पुस्तकभित्र लुकेका तथ्य र नखोजिएका सत्यहरुको उद्घाटन गर्ने प्रयास गरिएको बताए । आजको बिर्तामोडको नामाकरण र यसको विगत बिर्ता शब्दसँग गएर जोडिन्छ । यो क्षेत्र श्री ३ चन्द्रशमशेरका बडामहारानी र उनका सन्तानहरुको बिर्ता थियो । त्यसकारण यस ठाउँलाई अनारमनी बिर्ता…