झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ जेठ । सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चाररपाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो । छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न मन्त्रालयकै दुई जना सहसचिव रहेको कार्यदल गठन गर्न लागेको छ । मन्त्रालयका प्रवक्ता कलमप्रसाद भट्टराईले केही दिनभित्रमा कार्यदल निर्माण भई काम सुरु हुने र कार्यदलले दिएको प्रतिवेदनलाई अक्षरशः कार्यान्वयन गरी कर्मचारीको सरुवा…

Read More

झापा, ३१ जेठ । बैंक वित्तीय संस्थामा तरलता सहज भए पनि ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो । ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशत कायम छ । संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशत र साधारण बचतको ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशत कायम छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

Read More

बेलबारी, ३० जेठ । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए । बेलबारी–११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठका पाँचवटै गाईबाच्छा लम्पीस्किन रोगबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एउटा बाच्छो मरिसकेको न्यौपानेले बताए । उनका जस्तै गाउँका धेरै गाईभैँसी सङ्क्रमित भएका छन् । पशु विकास अधिकृत बाबुराम बस्नेतले बेलबारीमा मात्रै दुई सयभन्दा धेरै गाईगोरुमा लम्पीस्किन रोगको सङ्क्रमण…

Read More

झापा, ३० जेठ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा निर्णय गरेको छ । बैठकले कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने, आगामी आवको वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको चालु अधिवेशनमा यही जेठ ३१ ग्ते दिउँसो एक बजे सम्बोधन गरी प्रस्तुत गर्न माननीय प्रदेश प्रमुखलाई अनुरोध गर्ने र प्रदेश सभालाई प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न प्रदेश सभालाई निर्देशन गर्ने निर्णय गरिएको छ ।

Read More

झापा, ३० जेठ । झापाको कनकाई नगरपालिकाले धेरै कर तिर्ने नगरबासीलाई उपहार दिन थालेको छ । नगरपालिकाले नगरबासीलाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय चुल्हो प्रदान गर्न थालेको हो । एकमुष्ठ २७ सय रुपैयाँ भन्दा बढी कर तिर्ने करदातलाई एक वर्षको वारेन्टी भएको पाँच हजार पर्ने चुल्हो दिन थालेको छ । नगर प्रमुख राजेन्द्र पोखरेलले समयमै सबैभन्दा धेरै सम्पत्ति कर तिर्ने करदातालाई इन्डक्सन चुल्हो उपहार स्वरुप प्रदान गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा नगरका नौ वटै वडाका छ सय ९७ जना उत्कृष्ट करदाता नगरबासीलाई इन्डक्सन चुल्हो प्रदान गरिने उहाँको भनाइ छ । सोही क्रममा आज वडा नं. १ बाट चुल्हो…

Read More

झापा, ३० जेठ । नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् । मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढीपहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण एकै ठाउँमा धेरै पानी पर्ने र ठूलो भेल पहिरोसहित बाढी आउने गरेको छ । दुई वर्ष अघि सिन्धुपाल्चोकको मेलम्चीकामा आएको बाढीपहिरोले यसलाई पुष्टी गर्दछ । नेपालका कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन् । यस्तै…

Read More

भद्रपुर, २८ जेठ । झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि संघीय सरकारले रू दुई करोड बजेट विनियोजन गरेको छ । विपन्न आदिबासी सन्थाल समुदायको घर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारबाट विशेष अनुदान स्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो । उक्त रकमबाट करिब एक सय घर निर्माण गर्न सकिने उहाँले बताउनुभयो । प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागिता समेत गरी घर निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । “कम लागतमा स्तरीय घर निर्माणका लागि नाप–नक्सा, स्टिमेट तयार गर्छौं”, उहाँले भन्नुभयो । भद्रपुर नगर क्षेत्रमा ६३४ घर आदिबासी सन्थाल…

Read More

बिर्तामोड, २८ जेठ । साहित्य चौतारीले झापाका विभिन्न १५ विद्यालयमा लागू गरेको ‘साहित्य चौतारी अभियान’ मार्फत छनोट भएका विद्यार्थी प्रतिभाबीच पहिलो चरणको प्रतिस्पर्धा भएको छ । होटल हिकोला हेरिटेजमा शनिवार आयोजित कार्यक्रममा साहित्य, संगीत र कला विधाका उत्कृष्ट प्रतिभाबीच अन्तर विद्यालयस्तरीय प्रतिस्पर्धा गराइएको हो । ती विधामा विद्यालयबाट छानिएका ४५ जना प्रतियोगीले विधागतरुपमा प्रतिस्पर्धा गरेका छन् । पहिलो चरणको प्रतिस्पर्धाबाट १५ जना विद्यार्थी प्रतिभा छनोट भएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । साहित्यबाट चार, संगीतबाट चार, नृत्यबाट चार र कलाबाट तीनजना प्रतिभा छानिएका हुन् । छानिएका यी प्रतिभाबीच साहित्य चौतारीको २४ औँ वार्षिकोत्सव एवम् रजत वर्ष प्रवेशको अवसरमा…

Read More

झापा, २८ जेठ । कोसी प्रदेशमा दोस्रो बढी विद्यार्थी संख्या भएको धुलाबारी नमूना माध्यमिक विद्यालयले सेवा क्षेत्र सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सेवा क्षेत्र भित्रका विद्यालय जाने उमेर समूह (५–१५) का बालबालिकाको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले गरिएको घरधुरी सर्वेक्षण प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । एक हजार ३६ घरमा पुगेर गरिएको सर्वेक्षणमा १० जना बालबालिका विद्यालय नजाने गरेको पाइएको छ। सार्वजनिक प्रतिवेदन अनुसार उनीहरू ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका छन् । कक्षा ११ का मानविकी तथा शिक्षा समूह विद्यार्थीले घरघर पुगेर लिएको तथ्यांकका आधारमा सो प्रतिवेदन तयार गरिएको हो। सो तथ्यांक संकलनका लागि विद्यार्थीहरु आठवटा समूह बनाएर…

Read More

बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको हो । आज एनमएमसी बिर्तामोड कार्यालयमा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उपे्रतीले एनएमसी ब्राण्डका चिया प्याकेट सार्वजनिक गरेका हुन् । उनले चिया पारखीका लागि अर्थोडक्समा ब्ल्याक टी, ग्रीन टी र सीटिसी चियाका प्याकेटहरु बजारमा ल्याएको बताए । नेपाली बगानमा उत्पादित उत्कृष्ट एवम् ताजा चियाको छनोट गरी विज्ञको परामर्श र रोहवरमा मिश्रण गरी उपभोक्ताको चाहना अनुसारको कडा तथा छिटो रङ आउने चियाका प्याकेट…

Read More