
झापा, ३० जेठ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा निर्णय गरेको छ ।
बैठकले कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने, आगामी आवको वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको चालु अधिवेशनमा यही जेठ ३१ ग्ते दिउँसो एक बजे सम्बोधन गरी प्रस्तुत गर्न माननीय प्रदेश प्रमुखलाई अनुरोध गर्ने र प्रदेश सभालाई प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न प्रदेश सभालाई निर्देशन गर्ने निर्णय गरिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



