झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ असोज । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको…

Read More

झापा, २० असोज । बाढीका कारण अवरुद्ध भएको झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्ग सुचारु भएको छ । यहाँस्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप ड्राइभर्सनको साइडको माटो कटान गरेपछि पानी पसेको कारण सवारी आवागमन ठप्प भएको थियो । सडक विभागले उक्त स्थानमा ह्युमपाइप प्रयोग गरी अस्थायी ड्राइभर्सन निर्माण गरेको थियो । तर खोलाको पानीको चापले माटो कटान गर्दा ड्राइभर्सन भत्किएको थियो । मर्मत कार्य तीव्र रूपमा अघि बढाइएपछि दुबैतर्फको सवारी आवागमन पुनः पूर्ण रूपमा सुचारू भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।

Read More

झापा, २० असोज । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको डिलमा फेला परेको अज्ञात पुरुषको शवको पहिचान खुलेको छ। असोज १९ गते खोलाको बीच भागमा अन्दाजी ६०–६५ वर्षको पहाडी मूलका जस्तो देखिने पुरुष घोप्टो अवस्थामा मृत फेला परेका थियो । मृतक इलाम नगरपालिका–१० गोदक निवासी अन्दाजी ७० वर्षीय गर्जमान तामाङ रहेको उनका छोरा दावा तामाङले पुष्टि गरेको झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। शव हाल भद्रपुर स्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सुनसरी, २० असोज । सुनसरीको कोशी गाउँपालिका-७ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धान बारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार-पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको छ ।

Read More

पाँचथर, २० असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो। फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ। उनी थलीबहादुर नेम्बाङका छोरा हुन्। मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छन्। फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन्। फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पनि पहिरोमा परी घाइते भएका छन्।…

Read More

इलाम,  २० असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण इलाममा ३७ जनाको मृत्यु भएको छ। विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ भने यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका–६ घोसमा ६ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ८ जना, सन्दकपुर गाउँपालिकामा ७ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढी–पहिरोका कारण इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। इलामको राजदुवालीमाथिको सडकमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार राजमार्गका…

Read More

झापा, २० असोज । कोशी प्रदेशमा मनसुनजन्य बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित भएका छन्। विपद्बाट सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ ३७ जनाको मृत्यु भएको छ। पाँचथर, मोरङ र उदयपुरमा २–२ जना तथा खोटाङमा ३ जनाको मृत्यु भएको छ। इलाममा एक जना अझै बेपत्ता रहेको प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन्। विपद्मा फसेका ५३२ जनाको उद्धार गरिएको छ। विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त…

Read More

झापामा बाढीको वितण्डा : २ जनाको मृत्यु, ५ हजार बढी घर डुबानमा झापा, २० असोज । झापामा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं. ४ कोटीहोममा माइ खोलाको बीच भागको डिलमा घोप्टो परेको अवस्थामा एक शव फेला परेको छ । उक्त शवको पहिचान हुन सकेको छैन । शनिवार बाह्रदशी गाँउपालिका वडा नं. ४ मुन्सी कामत टोलका ६२ बर्षिय मंगलसिं मुर्मुको खोलाले बगाउदा मृत्यु भएको छ । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको प्रहरीले जनाएको छ । यसैबीच, अविरल वर्षाका कारण झापाका खोलाहरूमा आएका बाढीका कारण ५ हजारभन्दा बढी घरधुरी डुबानमा परेको र २५ हजारभन्दा बढी…

Read More

झापा, २० असोज । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी…

Read More

झापा, २० असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ सहित मध्यम वर्षाको…

Read More