झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चन्द्र बस्नेतकनकाई, २५ चैत । झापाको कनकाई नगरपालिकाले असिनापानीसहित आएको हावाहुरीबाट पीडित बनेका नगरका स्थानीयवासीहरुलाई क्षतिपुर्ति दिने भएको छ । क्षतिको यकिन विवरणका लागि यतिबेला नगरले वडागत रुपमा प्राविधिक परिचालन गरि तथ्यांक संकलन गरिरहेको छ भने संकलित प्रतिवेदनका आधारमा वडाका जनप्रतिनिधि सहित सरोकारवाला निकाय विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न कृषक तथा कृषि समुह टोल समितिहरुको सुझावका आधारमा नगरले क्षतिपूर्ति उपलब्ध गराउने नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले गत चैत १७ गते शुक्रबार साँझ आएको असिनापानीसहितको हावाहुरीले कनकाईको वडा नं. ८ ,९ , १ र ७ मा बढी क्षति भएको छ । त्यसैगरी वडा…

Read More

झापा, २५ चैत । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो । यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पुर्‍याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिए । उनका अनुसार आठवटै प्रदेश कार्यालयले एक हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गरिनेछ । वैशाख ५ गतेभित्र देशैभरका…

Read More

झापा, २५ चैत । स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रणाली सुरु भएको जानकारी दिएको हो । यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ । टेलिभिजन शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अबदेखि यस्ता संस्थाले टेलिभिजन च्यानलहरूको न्यूनतम शुल्कबापत मासिक करसहित २५० रुपियाँ मात्र लिन पाउनेछन् । यो रकममा स्वदेशी तथा विदेशी ‘फ्री टु…

Read More

बिर्तामोड, २५ चैत । शिवसताक्षी नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि कब्जा गरेको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन १६ औ मिनेटमा उमेश दनुवारले पहिलो गोल गरे । शिवसताक्षीका लागि दोस्रो गोल खेलको ३८ औं मिनेटमा कविर योङहाङले गरेका थिए । उसका लागि तेस्रो गोल ४५ औं मिनेटमा श्रवण मल्लिकले गरे । शिवसताक्षीकालागि चौथो गोल खेलको ५८ औं मिनेटमा दिपक तामाङले गरे । पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता कायम गरेको मेचीनगरले…

Read More

बिर्तामोड, २५ चैत । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को केन्द्रीय सदस्यमा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई चुनिएका छन् । अध्यक्षमा भने सिल्क एशोसियशनका अध्यक्ष शंकरप्रसाद पाण्डे निर्वाचित भएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको आज शुक्रबार काठमाण्डौंमा भएको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अबिधेशनबाट अध्यक्षमा पाण्डे र केन्द्रिय सदस्य पदमा अलैंची व्यवसायी महासंघका अध्यक्ष भट्टराई सर्वसम्मत भएका हुन् । निर्यात जन्य बस्तुहरुको छाता संगठनको रुपमा रहेको फिनले नयां नेतृत्व प्राप्त गरेको नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान अध्यक्ष तथा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघको यहि २७ र २८…

Read More

बिर्तामोड, २४ चैत । सामाजिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरुले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको एक छलफलमा सहभागीले पत्रकारले सत्यतथ्य र खोजमूलक सामग्री सम्प्रेषण गर्नुपर्नेमा समेत जोड दिए । पत्रकारितालाई मर्यादित बनाउन सामाजिक तथा व्यवसायिक संस्थाहरुको भूमिका कस्तो हुनुपर्छ, अपेक्षा र सुझाव के छ भन्ने विषयमा आयोजित छलफलमा सहभागीले निष्ठाको पत्रकारितामा जोड दिएका छन् । उनीहरुले सस्तो लोकप्रियताका लागि गरिने पत्रकारिता र सस्तो प्रचारका लागि गरिने कामलाई मिडियामा निरुत्साहित गरिनुपर्ने बताए । त्यस्तै सञ्चारमाध्यमले गाउँ, दुरदराज र सकारात्मक विषयका समाचारलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरुको सुझाव छ ।…

Read More

कनकाई नगरपालिकानगर कार्यपालिकाको कार्यालयजामुनवारी झापा कोशी प्रवेश, नेपाल घरनक्सा अभिलेखीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! प्रकाशित मिति २०७९/१२/१३ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४२ मा उल्लेख भए बमोजिम घर नक्सा पास सम्बन्धी विशेष व्यवस्थामा मापदण्ड पुगेका तथा स्थानीय सरकार सञ्चालन ऐन जारी हुनुभन्दा अघि नै निर्माण कार्य प्रारम्भ भई सम्पन्न भइसकेका भवनहरुको (व्यावसायिक भवन बाहेक) हाल नक्सा पास गर्न वा स्वीकृत नक्सा हेरफेर गर्न लाग्ने दस्तुरको तेब्बर लिई पास गर्ने व्यवस्था रहेको छ ।मिति २०७४ साल असोज २९ गते उक्त ऐन जारी भएपछि स्विकृती नलिई निर्माण भएका घर नक्सा अध्यावधिक गर्न समस्या भएको हुँदा घर नक्सा इकाईबाट…

Read More

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले जित निकालेको छ । बिहीबार कोलकाताले इडेन गार्डेनमा भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो अन्तरले सानदार जित निकालेको हो । निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनको बनाएको लकाताले दिएको २०५ रनको लक्ष्यमा बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र जोड्न सक्यो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौँ स्थानमा छ ।

Read More

झापा, २४ चैत । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन् । अपराह्न २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ । यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अङ्क जोडेर चौथो स्थानमा छ भने ५ खेलबाट ४ अङ्कका साथ फ्रेन्ड्स भने १२औँ स्थानमा रहेको छ ।

Read More

झापा, २४ चैत । नेपाल कानुन व्यवसायी परिषद्ले पेसागत आचरणसम्बन्धी नयाँ नियमावली ल्याएको छ । कानुन व्यवसायीहरूलाई पेसाप्रति थप जिम्मेवार बनाउन पहिलाको आचारसंहितालाई खारेज गरी नयाँ ल्याइएको हो । यसअघि कानुन व्यवसायीको आचारसंहिता २०५१ कार्यान्वयनमा थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेपछि पेसागत आचारणसम्बन्धी नियमावली २०७९ कार्यान्वयनमा आएको हो । कानुनी पेसामा रहेका वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ताहरूले के गर्न पाउने, के नपाउने भन्ने विषयमा परिषद्ले नयाँ नियमावली ल्याएको हो । व्यक्तिगत स्वार्थ राखेर मुद्दाका पक्षबाहेकका अन्य पक्षको प्रभावमा परी कानुन व्यवसायीको स्वतन्त्रतामा आँच आउने गरी, पेसागत मर्यादाविपरीत सम्झौता गर्न नपाइनेगरी जिम्मेवार बनाइएको छ । कानुन व्यवसायीले कुनै प्रकारको बिचौलियाका…

Read More