
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इटहरी, १ फागुन । सुनसरीको इटहरी बजार क्षेत्रका थप घरहरु भत्काइएको छ । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इटहरी वडा नं. ६ का घरहरु भत्काइएको हो । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न ती घरहरु भत्काइएको हो । इटहरी उपमहानगरपालिकाले वडा नंं. ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरु दुई साताअघि भत्काएको थियो । वडा नं. ६ मा पर्ने ३४ घर भत्काउन शनिबारसम्मको अल्टिमेटम दिएको र कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरि घर भत्काएको हो ।
झापा, १ फागुन । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विशिष्टीकृत सेवा बनाउने गरी कानुनी प्रबन्ध गर्न माग गरिएको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुन थालेपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउने गरी सङ्घीय निजामती सेवा ऐनमा नै व्यवस्था गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले माग गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुँदा स्थानीय तहमा नियमित सेवा प्रवाह, विकास निर्माणमा सुशासन कायम गर्न अवरोध हुँदै आएको छ। अहिले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत बढीमा एक वर्ष पनि एउटै पालिकामा टिक्दैनन् । निजामती सेवा ऐनले एउटा कार्यालयमा कर्मचारी कम्तीमा दुई वर्ष…
झापा, १ फागुन । सरकारले फजुल खर्च घटाउने नाममा बजेट घटाउँदा विकास खर्च पनि घटाएको छ । यसले तत्काललाई काम गर्न सहज भए पनि दीर्घकालीन असर पु¥याउँछ । फजुल खर्च घटाउनुपर्नेमा विकास खर्च पनि कटौती भएको छ । देशको अर्थतन्त्रलाई सही दिशामा लैजाने हो भने सरकारले फजुल खर्च घटाएर राजस्व चुहावटलाई रोक्नुपर्छ । साथै भन्सारमा सुशासन कायम गरेको अवस्थामा क्रमशः आर्थिक सूचक पनि सुधिँदै जान्छ । आर्थिक सूचकहरूमा क्रमशः सुधार हुँदै गए पनि सरकारको लक्ष्यअनुसार स्रोतको सुनिश्चितता नहुँदा मध्यावधि समीक्षामार्फत् सरकारले चालू आर्थिक वर्षको बजेटलाई भारी मात्रामा कटौती गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा चालू आर्थिक…
झापा, १ फागुन । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन् । अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि ओलीले दाहालमाथि थप दबाब खडा गर्दै आएका छन् । नागरिकता विवादमा सर्वोच्चबाट फैसला आएपछि सबै पद गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा फिर्ता ल्याउन ओलीले निरन्तर दबाब दिँदै आएका हुन् । ओलीले आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाको साथ पाएका छन् । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक…
कनकाई, २९ माघ । झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा कुकुरको टोकाईबाट एक जना बृद्धको मृत्यु भएको छ । सडक कुकुरको टोकाईबाट स्थानीय ६३ वर्षीय अभिचन्द्र दाहालको मृत्युभएको हो । दाहाललाई गत मंसिर अन्तिम सातातिर सामुदायिक कुकुरले टोकेरको थियो । सामान्य घाइते बनेका दाहालले घरेलु उपचार गरी घरमै रहनुभएको थियो । पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न थालेपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको स्थानीयको भनाइ छ । उपचारमा लैजादा अस्पतालले रेबिज भएको बताएको उपचारपछि घरमा रहेको बेला आइतबार आज दिउँसो १ बजे दाहालको मृत्यु भएको हो । यता, कनकाई नगरपालिका क्षेत्रमा सामुदायिक कुकुरले बाटो हिँडने बटुवा तथा पाल्तु जनावारलाई…
कनकाई, २९ माघ । झापाको कनकाई नगरपालिकाको आयोजना र महिला तथा बालबालबालिका शाखाको संयोजनमा अपङ्गता भएका ब्यक्तिहरुलाई बोल्ने भाषा र हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उदेश्यले एकदिने अपङ्गता सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । कनकाई नगरको सभाहलमा आइतबार अपङ्गता अधिकार, ऐन र नियमावली सम्बन्धि जनप्रतिनिधिहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हो । कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन नगरकी महिला तथा बालबालबालिका शाखा प्रमुख टीका खतिवडाले गरेकी गर्नुभएको थियोे । अभिमुखीकरण कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नं। १ का अध्यक्ष नबिनचन्द्र ढुङ्गेलले गरेका थियोे । उनले अपङ्गताका अधिकार, ऐन र नियमावली सम्बन्धि उपस्थितलाई जानकारी दिदै अपङ्गताका…
विराटनगर, २९ माघ । प्रदेश १ सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै ११ वटा समस्या रहेको एक अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ । प्रदेश नं. १ को सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र निर्माण गर्न गठित कार्यदलले मुख्यमन्त्री कार्यालयमै ११ वटा समस्या रहेको औँल्याएको हो । उक्त पत्रमा औँल्याइएको समस्या समाधानका लागि सुझाव पनि प्रस्तुत गरेको छ । कार्यदलले औँल्याएको समस्याहरूमा प्रमुख सचिव तथा अन्य कर्मचारीको स्थायित्व अल्पकालीन हुने गरेको, प्रमुख सचिवको प्रदेशमा कार्यकाल अत्यन्तै छोटो अवधि अढाई महिनासम्म तथा बढीमा एक वर्षसम्म मात्रै भएको जनाइएको छ । ‘त्यसैगरी उपसचिवको पदपूर्ति पनि दरबन्दी सङ्ख्या भन्दा एकदमै न्यून रहेको…
झापा, २९ माघ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो। विसं २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन…
झापा, २९ माघ । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १ ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसार रिजालका अनुसार मेचीनगर नगरपालिकाका ३३ वर्षीय शिव श्रेष्ठ र ३३ वर्षीय विजय तिवारीलाई पक्राउ गरिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
बिर्तामोड, २९ माघ । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आईतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङलाई मनोनित गरीएको छ । यस्तै समितिको सदस्यमा राम प्रसाई, सुदिप खवास, माधब खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, बिशाल अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकि चौधरी र शारदा दाहाल रहनु भएको छ । यस्तै समितिको सदस्य सचिवमा बिशन लिम्बुलाई मनोनित गरीएको छ । बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका वोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष…