
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
प्रकाश उप्रेतीबिर्तामोड, २५ चैत । ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार हेर्नेलाई उठ’ नागरिकले न्याय खोज्दा पनि न्याय नपाएको बेला जोस र उmर्जासहितको शब्द–संगीतले पीडितको मन बुझाउने गीत हो जनवादी गीत । जनवादी गितका गायक हुन् ओम श्रेष्ठ । धरानमा जन्मिएका गायक श्रेष्ठ २०४६ सालको आन्दोलनमा जनताका जनगायकको रुपमा परिचित नाम हो । तर, तिनै जनवादी गायकलाई अहिलेको पुस्ताले सायदै चिन्दैनन् । पछिल्लो पुस्ताका उदयमान कलाकारको नामले जनवादी गायकको नाम ओझेलमा परेको छ । जब जनतालाई अप्ठ्यारो पर्छ, पीडित महसुस गर्छन्, आन्दोलनमा जनमाहोल बोटल्न महान् सारथीको रुपमा गायक श्रेष्ठले गाएको गीत ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार हेर्नेलाई…
बुद्धशान्ति, २६ चैत । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विषयमा बेलाबेलामा चर्चा हुने गरेको छ । सामुदायिक विद्यालयमा शैक्षिक वातावरण नभएको कारण देखाउँदै निजी तथा आवासीय विद्यालयमा आफ्ना विद्यार्थी लैजानेको पनि ठूलै लर्को छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर –१ को शैक्षिक सुधारका कार्यक्रम अन्तर्गत शिशु कक्षामा गरिएको परिवर्तनले अभिभावकको मन तानेको छ । चुहिने छानो, धुलाम्मे भुइँ, खप्नै नसकिने गर्मिमा मसिना बालबालिकाहरु कक्षा कोठामा खेलिरहेका हुन्थे । वडाकार्यलयको २ लाख बजेटबाट यतिबेला नमुना चोकको नमुना बिद्यालय साच्चिकै नमुना बन्दै गएको छ । शिशु कक्षाकोठामा अहिले पिङ, कुर्सी,राउन्ड टेबल, शैक्षिक र खेलकुदका सामाग्री जस्ता संरचना थपिएपछी कक्षाकै मुहार फेरिएको छ ।…
झापा, २६ चैत । सरकारले आफूहरूको वृत्ति विकासमा गम्भीर असर पर्ने र एकैपटक फाजिलमा पर्ने गरी संघीय निजामती सेवा विधेयक अघि बढाएपछि सरकारकै शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीले त्यसविरुद्ध आन्दोलनको तयारी गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश सेवाको हुने गरी संघीय निजामती सेवा विधेयक ल्याउने गृहकार्य अघि बढाएपछि कर्मचारीहरुले असन्तुष्टि व्यक्त गर्दै त्यस विरुद्ध आन्दोलन गर्ने तयारी गरेका हुन् । । सरकारको सो कदमका कारण हाल केन्द्रमा रहेका शाखा अधिकृत र उपसचिव गरी ७ सय जना भन्दा बढी फाजिलमा पर्ने र त्यसले वृत्ति विकासमा गम्भीर असर पर्ने दाबी कर्मचारीहरुले…
झापा, २६ चैत । नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने विषयमा विद्यालयबीच एकरूपता छैन। कतिपय निजी विद्यालय सञ्चालकले आफैँ पाठ्यपुस्तक, कापी, विद्यालय पोसाक, जुत्ता, मोजा तथा झोलासमेत बेच्ने गरेका छन्। अति नै सस्तो मूल्य पर्ने जुत्ता, मोजा तथा टाइमा समेत उनीहरूले आफूखुसी मूल्य तोक्ने र अभिभावकलाई किन्न बाध्य पारेका छन्। पुस्तक किन्दा पसलेले दिने…
झापा, २६ चैत । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो । पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
झापा, २६ चैत । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ। हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो। स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीका सामाजिक सञ्जालका आधिकारिक पेज सञ्चालनमा पनि व्यक्ति परिवर्तन हुँदा समस्या आउने गरेको छ। केही समयअघि राष्ट्रपति परिवर्तन हुँदा पनि त्यस्तै ट्वीटर ह्यान्डिल सञ्चालनमा समस्या आएको थियो । त्यस्तै समस्या रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज दुई वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन। शनिबार मात्र उक्त पेज सञ्चालनमा…
झापा, २५ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका छन् । उनले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड समेत दिए। राजनीतिभन्दा साहित्यको फाँट विराट हुने उनले उल्लेख गरे। ‘समाजलाई बुझ्न मानवीय र भावनात्मक हुन जरुरी छ’ महामन्त्री शर्माले भने, ‘राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ।’ नेपाली लेखक संघ झापाले अर्जुनधाराको शनिश्चरेमा शनिबार सम्पन्न गरेको साहित्य उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने स्पष्ट पारे। गीत, संगीत, गायन, लेखन, कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्ममा समेत राम्रो दख्खल राख्ने शर्माले वैशाखी…
भद्रपुर, २५ चैत । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को २० औ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला मार्फत वार्षिक साधारण सभा सम्पन्न गरेको हो । भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ. व. २०७८।७९ को असार मसान्त सम्ममा २ करोड ५८ लाख ९८ हजार ३ सय ९४ रुपैया आम्दानी तथा १ करोड ५९ लाख ५ हजार ३ सय ३९ रुपैया खर्च…
झापा, २५ चैत । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ(आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक…
भद्रपुर, २५ चैत । गत निर्वाचनमा झापा ३ मा नेकपा एमालेका प्रदेश सभाका उमेदवार बसन्त बानियाका कमान्डरहरुले एमाले परित्याग गरेका छन् । झापा क्षेत्र न. ३ कचनकवल निवासी एमालेका सशक्त कार्यकर्ताहरु भक्त लामिछाने र राजकुमार राजवंशी नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध भएका छन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीका झापा जिल्ला सचिवालय सदस्य डम्बर गिरीले पार्टी प्रवेश गराएका छन् ।