झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ चैत । एकल महिलाको विवाह भएको अवस्थामा विवाहअघि जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एकल महिलाका बच्चाको जन्मदर्ताको विषयमा यस्तो परिपत्र जारी गरेको हो। परिपत्रमा उल्लेख भएअनुसार विवाह भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएका महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए सो बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ। त्यस्तै विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उसको बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने…

Read More

झापा, २४ चैत । भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो । उक्त घोषणाअघि ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो । भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो । एभरेष्ट बैंकले बिहीवार बिहान कारोबार शुरू हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्रीदर १५ पैसाले घटाएर १३१…

Read More

झापा, २४ चैत । ६० वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उनको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उनी अहिले पनि दैनिक ८२ रुपियाँ १३ पैसामा काम गर्दै आएका छन् । अहिलेसम्म कुनै पनि नियमले घिलेको काम र श्रमलाई सम्बोधन गर्न सकेको छैन। कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिरमा नगरा बजाउने घिलेको दैनिकी वर्षौंदेखि उस्तै छ। जिल्लाकै दुर्गम मानिएको कालीगण्डकी गाउँपालिकामा थुप्रै बाटा बनेका छन्। यहाँका ८० प्रतिशत नागरिकको घरमा धारो र बिजुली बत्ती पुगेको छ। गाउँपालिकामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकासको गतिले ठूलै फड्को मारेको छ तर शाह वंशीय कुल मन्दिरको अगाडि रहेको…

Read More

झापा, २४ चैत । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्को छ । सीमावारी नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ। खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरू बताउँछन् । जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने बताए।‘अब कोरोनाको संक्रमण झन् बढ्दै जाने जोखिम छ,’ डा. मरासिनीले भने, ‘संक्रमितको अस्पतालमा भर्नादर पनि बढ्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ।चार जना सघन उपचार कक्ष ९आईसीयू०मा उपचाररत छन्। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, चैतको पहिलो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।चैतमा संकलित २४ वटा नमुनाको…

Read More

बिर्तामोड, २३ चैत । बिर्तामोड नगरपालिकाले व्यवसायिक मत्स्य पालनमा हरेक वर्ष विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ । पशुपंछी तथा मत्स्य विकास शाखाको तर्फबाट लागत साझेदारीमा सहयोग उपलव्ध गराउँदै आएको शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । बिर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका ४ वटा फर्महरुले निरन्तररुपमा सहयोग प्राप्त गर्दै आएको जनाइएको छ । उनीहरुले आवश्यकताका आधारमा माग गरे वमोजिम साझेदारीमा सहयोग प्राप्त गरेका हुन् । नगरपालिकाले व्यवासयिक रुपमा माछा पालन गर्न सुरु गरेका कृषकहरुलाई समेत सहयोग उपलव्ध गराउँछ । क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सहयोग उपलव्ध गराउने गरेको हो । बिर्तामोड ८ का चिरञ्जिबी कार्कीले माछा पालन व्यवसाय…

Read More

शिवसताक्षी, २३ चैत । शिवसताक्षी नगरपालिकाले शिक्षा सेवा आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकलाई पदस्थापन गरेको छ । नगरभित्रका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पदस्थापन गरेको हो । नगरपालिका शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई तथा शुभकाना दिँदै पदस्थापनका पत्र प्रदान गरेको हो । आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकहरुलाई खादा, माला लगाए दिइएर बधाई दिइएको थियो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, सामाजिक विकास संयोजक हर्क सिगु, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतले उनीहरुलाई बाधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा नगरप्रमुख थोप्राले परम्परागत शिक्षणलाई विस्तापित गराउँदै डिजिटल युगमा…

Read More

भद्रपुर, २३ चैत । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर बृक्षारोपण गरिएको हो । ल्लिा खेलकुद विकास समितिकै आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने बाटोको पश्चिमतर्फ करिब सयवटा अशोक र धूपीका विरुवा रोपण गरिएको थियो । स्वस्थ नागरिक, समृद्ध समाजको परिकल्पना भन्ने नारासहित आयोजित संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर झापा गोृल्डकपका अध्यक्ष दिपेश ढकाल, सचिव टहलदास मैनाली, रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाई, खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी,…

Read More

कनकाई, २२ चैत । झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले नगरपालिकाको अबको प्राथमिकता स्वास्थ्य र शिक्षा हुने बताउनुभएको छ । पूर्वाधारको क्षेत्रमा भन्दा पनि आमनगरबासीको जीवन दैनिकी र विकासको मूल आधारको रुपमा रहेको स्वास्थ्य र शिक्षामा आगामी दिनमा नगरपालिकाको ध्यान केन्द्रित हुने बताउनुभएको हो । “सानो पिलो आउँदा र सामान्य बिरामी हुँदा पनि ठूलो रकम खर्च हुने गरेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य धेरै महँगो हुँदै गएको छ, अब नगरबासीमा स्वास्थ्यको पहुँच अभिबृद्ध गर्न जरुरी छ ।” विपन्नलाई स्वास्थ्य बिमा, विद्यार्थीलाई निःशुल्क हाउस डे«स, फर्निचर लगायतका काम निरन्तर गर्ने नगरको योजना रहेको उहाँले बताउनुभयो । नगरपालिकाले आवधिक योजना अनुरुप आगामी दिनमा…

Read More

झापा, २३ चैत । बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । करिम बेन्जेमाले दोस्रो हाफ गरेको ह्याट्रिकको मद्दतले रियलले ४–१ को जीत हासिल गरेको हो । पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे । बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए । योसँगै रियलले बार्साविरुद्ध लगातार तीन एल क्लासिकोमा हारको शृङ्खलामा पनि बिराम लगाएको…

Read More

झापा, २३ चैत । मुलुकभित्र देखिएको आर्थिक संकट टार्न अर्थमन्त्री डा। प्रकाशशरण महतले दातृ निकायको साथ खोज्न थालेका छन् । उनले प्रमुख दातृ निकायहरूसँग नेपालले आन्तरिक र बाह्य कारणले आर्थिक संकटको सामना गर्नुपरेको भन्दै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गरेका छन् । अर्थमन्त्री भएको हप्ता दिन नबित्दै डा. महतले मंगलवार विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जर्भोसलाई भेटेर सहयोगका लागि आग्रह गरे । बुधवार एशियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नड काउचिससहितको टोलीसँग पनि अर्थमन्त्री महतले सहयोगका लागि आग्रह गरे । भेटमा एडीबी र विश्व बैंकका प्रतिनिधिसँग मन्त्री महतले अनुदान र सहुलियत कर्जा दिएर नेपाललाई सहयोग गर्न आग्रह गरेको…

Read More