झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, २७ चैत । झापाको कनकाई नगरपालिकाले व्यक्तिगत घटना दर्ता अभियानमा सहगभागी हुन आमनगरबासीलाई आह्वान गरेको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा देशभर शुरु हुने व्यक्तिगत घटना दर्ता अभियानमा सहभागी हुन नगरपालिकाले आमनगरबासीलाई आह्वान गरेको हो । व्यक्तिगत घटना दर्ता सबै नागरिकको कर्तव्य भएकाले अभियानमा अनिवार्य सहभागी हुनुपर्ने कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । नगरको वास्तविक तथ्यांक संकलनसँगै विविध गतिविधि गर्न सहज हुनुका साथै विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचयपत्र बनाउन, बैंकमा खाता खोल्न तथा सरकारले दिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक रहेको उहाँले बताउनुभयो ।

Read More

झापा, २७ चैत । केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सतर्क रहन आग्रह गरेको थियो । यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ । उनीहरू चैत २० गते अघि नै नेपाल-भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । ‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने । अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली…

Read More

झापा, २७ चैत । पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण ९सरेन्डर० गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरूले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले पोलिसी सरेन्डर गर्दा बीमा कम्पनीहरूले ८ अर्ब ८५ करोड ५४ लाख रुपैयाँभन्दा रकम फिर्ता गरेका छन् । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी पोलिसी साउनमा सरेन्डर भएको छ । साउनमा बीमितले पोलिसी सरेन्डर गरेर १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम बीमा कम्पनीसँग फिर्ता लिएका छन् । यस्तै…

Read More

झापा, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहुँ उपलब्ध गराउन पत्राचार गरेको हो । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि इजाजतपत्र खुला गर्न पत्राचार गरिएको जानकारी दिइन् । “बजारमा गहुँको अभाव हुन नदिनका लागि भारत सरकारलाई परराष्ट्रमार्फत पत्राचार गरेको छौँ,” उनले भनिन्, “प्रक्रिया गर्दा समय लाग्ने हुँदा आगामी आर्थिक…

Read More

झापा, २७ चैत । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्न वरिष्ठ सचिवहरूले समेत आन्तरिक लबिङ थालेका छन् । मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ ९यूएन०को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्न सकिन्छ कि भन्ने विषयमा उच्च सरकारी तहमा छलफल शुरू भएको स्रोतको दाबी छ । मुख्य सचिव पनि पदावधि सकिनै लाग्दा नयाँ अवसरको खोजीमा रहेको बताइएको छ । भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा राजनीतिक नियुक्ति भइसकेकाले मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत…

Read More

झापा, १७ चैत । विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा ‘एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो । अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका हुन् । विराटनगरका अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा…

Read More

झापा, २७ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन । कृषि तथा पशुपालनतर्फको पहिलो चरणको तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले…

Read More

सन्तोष शर्माझापा, २६ चैत । झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौंसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले झापामा ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती शुरु गरेको कृषकहरु बताउँछन् । झापाको गौरीगञ्ज गाउँपालिका–२ का भूपेन्द्र थापाले सुमेरु कृषि फर्ममार्फत् आठ बिघामा ड्राइगन फ्रुटको व्यावसायिक खेती गर्नुभएको छ । दुई वर्षअघि शुरु गर्नुभएको खेतीबाट गत वर्षदेखि नै उत्पादन शुरु भइसकेको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि ड्राइगन फ्रुट खेती…

Read More

झापा, २६ चैत । कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माण कार्यक्रम अन्तर्गत सोमबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला मन्त्रालय र स्थानीय तह बीच संझौता भएको छ । जसमा झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर सोमबार पारित गरिएको हो । अर्जुनधारा नगरपालिकाको वडा नं २ मा उक्त क्षेत्रका चारवटा पालिकाहरु अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक माामिला तथा कानुन…

Read More

भद्रपुर, २६ चैत । नेपाली काँग्रेस भद्रपुर नगर समितिले बहुदलीय प्रजातन्त्र पुनस्थापन दिवशको अवसर पारेर विचार गोष्ठी सम्पन्न गरेको छ । नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरिएको हो । काँग्रेसमा आबद्ध नगरका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा बहुदलीय व्यवस्थाले आमूल परिवर्त ल्याए पनि नागरिकको जीवन स्तर उकास्न सक्ने कार्यक्रम नआएको गुनासो पोखेका थिए । सहभागी वक्ताहरूले नेपाली काँग्रेसकै कारण देशमा निरंङ्कुशताको अन्त्य भइ प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्र नेपालको शासकीय स्वरूप प्राप्त भएकोमा गौरवको अनुभूति हुने भन्दै जनाधिकारका लागि लडिरहेको पार्टीमाथि चौतर्फी घेराबन्दी बढेकोमा चिन्ता समेत व्यक्त गरेका थिए…

Read More