झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ५ फागुन । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सभामुख देवराज घिमिरेलाई सम्मान गरेको छ । कार्यालय परिसरमा आज बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी संस्थाले सभामुख घिमिरेलाई सम्मान गरेको हो । संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले सभामुख घिमिरेलाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्य पदाधिकारीहरुले खादा–माला हि¥याएर मायाको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले सहकारी क्षेत्रमा देखिएका समस्या–अप्ठ्याराका विषय उल्लेख भएको ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई दिनुभएको थियो । समग्र सहकारी अभियानको तर्फबाट बुझाइएको तीन बुँदे ध्यानाकर्षण–पत्रमा– ‘केही समयदेखि राज्यको उपस्थितिलाई नकार्ने गरी सहकारी संस्थाहरुप्रति अभियानको नाममा धावा बोलिँदै छ,…

Read More

बिर्तामोड, ५ फागुन । ब्रीज इन्टरनेशनल प्रालिको झापाको बिर्तामोडमा शाखा सञ्चालनमा आएको छ । आज एक कार्यक्रमको बीच बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले ब्रीज इन्टरनेशनलको शाखा उद्घाटन गर्नुभयो । विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्शसहित विभिन्न कक्षा तथा अध्ययनका लागि जाने देश तथा विद्यालयको विषयमा जानकारी गराउन शाखा सञ्चालनमा ल्याइएको इन्टरनेशनलका एक्जुकेटिभ चेयरमेन भुवन गिरीले बताउनुभयो । कन्सल्टेन्सीले विद्यार्थीको नेतृत्व विकास गरी विदेश पठाउने, भाषा सिकाउने, अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार सञ्चालन गर्ने साथै विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गर्नेलगायतका कार्य गर्ने जनाइएको छ । ब्रीजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका…

Read More

भद्रपुर, ५ फागुन । झापाको बिर्तामोड–८ देउनियामा रहेको सेन्ट जेभियर्स स्कुलको स्वयमसेवी समूहले भद्रपुरका ३५ विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । विद्यालयका प्रिन्सिपल फादर बोनिफस तिग्गाको संयोजनमा गएका स्वयमसेवी समूहका विद्यार्थीहरूले भद्रपुर ८ रु ९ का ३५ विपन्न परिवारलाई राहत सामग्री तथा महिलाहरूलाई सेनिटेरी प्याड बितरण गरेका हुन् । विद्यार्थी समूहकी अध्यक्ष मुस्कान कोठारीले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै समाजका समस्या पहिचान गरी सामाजिक जागरणमा युवा विद्यार्थी हातेमालो गर्न सक्ने सामथ्र्य निर्माण गर्न सहयोगको बाटो रोजेको प्रष्ट पारेकी थिइन् भने विपन्न परिवारको स्थलगत पहिचान गरी कार्यक्रम कार्यान्वयनको जिम्मेवारी शिक्षक तथा समितिका सचिव सालिकराम दाहालले गरेका थिए । राहत सामग्री…

Read More

झापा, ५ फागुन । लागुऔषध ओसार–पसार र प्रयोगकर्ताहरुले अनेक तरिका अपनाएर झापाका सीमावर्ती क्षेत्रबाट भित्र्याउने गरेका छन् । कहिले मोटरसाइकलको ट्यांकी, कहिले शरीरका सम्वेदनशील अंग त कहिले खाद्यान्नमा लुकाएर लागुऔषध भित्र्याउने गरेको पाइएको हो । जसका कारण कुन माध्यमबाट कति परिमाणमा लागुऔषधि भित्रिरहेको छ भन्ने प्रहरी प्रशासन बेखबर छ । जिल्लाको मेचीनगर, भद्रपुर, झापा गाउँपालिका, कचनकवल लगायतका सीमावर्ती क्षेत्रबाट दैनिकजसो लागुऔषध प्रयोगकर्तादेखि स–सानो परिमाणमा ब्राउनसुगर, गाँजा, विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेट प्रहरीले बरामद गर्ने गरेको छ । सँगै दैनिकजसो राजमार्गसँग जोडिएको मेचीनगर, बिर्तामोड, शिवसताक्षी, दमक लगायतका स्थानमा समेत लागुऔषध प्रयोगकर्ता र बेचबिखनकर्ता पक्राउ पर्ने गरेका छन् । यसैबीच, झापाको मेचीनगरबाट प्रहरीले…

Read More

बिर्तामोड, ५ फागुन । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभयो । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो । महोत्सवको उद्घाटन गर्नु हुँदै सभामुख घिमिरेले आर्थिक रूपमा देश समृद्ध बनाउनका लागि सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले देशको अर्थतन्त्र संकटमा पर्दै गएको र सभामुखको तर्फबाट संसदमा…

Read More

झापा, ५ फागुन । नेकपा (एमाले) को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुने एमालेले जनाएको छ । बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ…

Read More

झापा, ५ फागुन । जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा अन्त्येष्टि गरिने एनआरएनए आईसीसी सदस्य दीपक कार्कीले जानकारी दिए । गैरआवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव साईतामाको कुकी प्रहरी स्टेसनमा राखिएको र अन्त्येष्टिका लागि परिवारसँग सम्पर्क भइरहेको बताए । जापानमा यस वर्ष नेपालीहरुको मृत्युको संख्या बढ्दो रहेको बताइएको छ । जनवरीदेखि हालसम्म २ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भइसकेको जनाइएको…

Read More

झापा, ५ फागुन । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ । कार्यालयले फागुन १ मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी…

Read More

झापा, ५ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने बताएका छन् । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ महीना पुगेको अवसरमा बिहीवार मन्त्री भण्डारीले भएका उद्योग क्षमताअनुसार सञ्चालन र बन्द भएका उद्योग पुनस् सञ्चालनमा ल्याउने काम सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । यसैगरी कञ्चनपुरमा निर्माण हुने दोधाराचाँदनी सुक्खा बन्दरगाह ३ वर्षभित्र सम्पन्न गरिने मन्त्री भण्डारीले बताएका छन् । बन्दरगाह निर्माण प्रक्रिया अघि बढिसकेको र यसका लागि भारतसँग पनि छलफल भएको भन्दै सो अवधिमा सम्पन्न हुने दाबी गरेका हुन् । सुक्खा बन्दरगाह, पेट्रोलियम पदार्थ अन्वेषणलगायत काममा प्रगति भएको जानकारी गराएका हुन् । मन्त्रीको पदबहाली गर्दा गरिएका…

Read More

झापा, ५ फागुन । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ ।नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म ग्यास सिलिन्डर विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको पाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म एलपी ग्याससम्बन्धी विस्फोटका घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको तथ्यांक रहेको जानकारी दिएका हुन् । ‘विगतका तीनवटा आर्थिक वर्षमा ग्यास सम्बन्धित विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको…

Read More