झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ मंसिर । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेले ९ लाख ११ हजार २९०, नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१, राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ र माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत पाएको छ । राप्रपाको २ लाख ३७ हजार ५२४, जसपा नेपालको १ लाख १५ हजार ६५२, जनमत पार्टीले ६९ हजार ४९५, नेकपा (एकीकृत समाजवादी)ले ६३ हजार १५९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।

Read More

झापा, ९ मंसिर । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको हो । राष्ट्रिय जनगणना, २०७८ को क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सामुदायिक प्रश्नावली निर्माण गरी विकासका भौतिक पूर्वाधारसहितको तथ्याङ्क सार्वजनिक गर्न लागिएको जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगर छुट्टिने गरी विवरण सार्वजनिक गरिने बताउनुभयो ।…

Read More

झापा, ९ मीसर । प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेका हुन् । ‘दुवै पार्टीका अध्यक्षबीच कुराकानी…

Read More

झापा, ९ मंसिर । किसानले वर्षभर मेहनत र पसिना बगाएर उब्जनी गरेको धान खरीदमा सरकार उदासीन देखिएको छ । किसानले आफूसँग भएको धानको आधा अंश व्यापारीलाई बेचिसकेपछि समर्थन मूल्य तोकेको सरकारले मूल्य तोकेको ३ सातासम्म पनि धान खरीद गर्ने सुरसार गरेको छैन । सरकारी उदासीनताका कारण देशभरका किसान सस्तै मूल्यमा धान बेच्न बाध्य भएका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धेरै उत्पादन हुने १० जिल्लाबाट सरकारले तोकेको समर्थन मूल्यमा धान खरीद गर्ने जिम्मा पाएको छ । संस्थाले सधैंजसो धान खरीद गर्ने कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, रूपन्देही, जनकपुर, झापालगायत जिल्लाका अधिकांश किसानले समर्थन मूल्य तोकिनुअघि नै आफूसँग…

Read More

झापा, ८ मंसिर । विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।

Read More

भद्रपुर, ८ मंसिर । झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।अध्यक्ष लिङ्देन ४० हजार ६६२ मतका साथ विजयी हुनुभएको हो । उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् ।

Read More

झापा, ८ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर,…

Read More

बिर्तामोड, ८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका लालप्रसाद साँवा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार साँँवा २९ हजार ३१५ मत प्राप्त गरी विजयी हुनुभएको झापा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेले २२ हजार ४४८ मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नं.४ मा कूल मतदाता एक लाख २३ हजार १२४ कुल मतदाता रहेकोमा ७९ हजार ४८३ मत गणना सकेको थियो । जसमध्ये चार हजार ६४७ मत बदर भएको निर्वाचन…

Read More

झापा, ८ मंसिर । स्पेनले बिहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको छ । स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल गरे । विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत हो भने कोस्टारिकाको सबैभन्दा ठूलो हार ।

Read More

झापा, ८ मंसिर । समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा बेल्जियमले क्यानाडामाथि जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो । खेलको ४४ औँ मिनेटमा मिची बात्सुयायीले गरेको गोल नै निर्णायक बनेको थियो ।

Read More