
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २३ मंसिर । झापाको बाह्रदशी गाउँपालिका–२ की पाँच वर्षीय बालिका मनिषा बुढाथोकी यतिबेला मुटुसम्बन्धी रोगले पीडित बनेकी छन् । मुटुमा गम्भीर समस्या देखिएपछि बालिका मनिषाको काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण मनिषाको उपचार गर्न समस्या भइरहेको पिता प्रेमबहादुर बुढाथोकीले बताउनुभयो । “झापा र विराटनगर अस्पतालहरुमा देखाएँ, उपचार हुन सम्भव भएन”, उहाँले भन्नुभयो, “मुटुमा प्वाल रहेको थाहा पाएपछि डाक्टरको सल्लाह अनुसार शहिद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेको छु ।” आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या परेको उहाँको भनाइ छ । हालसम्म उपचारका क्रममा रू ५० हजार खर्च भएको उहाँले बताउनुभयो । उपचारका…
झापा, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन् । सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो । प्रधानमन्त्रीका रुपमा निरन्तरता चाहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दिनयता तीन जनाभन्दा धेरै दूतहरुलाई खुमलटार पठाइसकेका छन् । दुई दिनअघि देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका थिए । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक आफूलाई भेट्न आएका सिटौलासँग प्रचण्डले अबको प्रधानमन्त्रीका रुपमा आफ्नो इच्छा प्रकट गरेको स्रोतले जनाएको छ । नेपाली कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि विवाद…
कनकाई, २३ मंसिर । किरातीहरुको महान पर्व चासोक तङ्नाम र उधौली पर्व विविध सांस्कृतिक कार्यक्रम र पूजाका साथ सुरुङ्गाका किरात समुदायले मनाएका छन् । झापाको कनकाई नगरपालिकासहित १५ वटै पालिकाहरुको खोला किनार र वन जंगलमा आफ्ना कुल देउताहरुको पूजा र सांस्कृतिक कार्यक्रमका बीच चासोक तङ्गनाम र उधौली पर्व मनाइएको हो । झापाको कनकाई नगरपालिकाको कनकाई माइ किनारामा आयोजित तङ्गनाम कार्यक्रममा किराती धर्म गुरुहरुले न्वागी पुजा र किरातीहरुको च्याब्रुङ्ग नाच, सहित विविध सास्कृतिक कार्यक्रमका विच मनाइएको छ । कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ्गका केन्द्रिय सदस्य अमृत योङहाङले देशमा बोलिने र लेखिने मुख्य भाषा, लिपि र सस्कृतिको जर्गेनाका लागि चासोक तङ्गनाम पर्व र…
भद्रपुर, २३ मंसिर । भद्रपुर–१० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिव सोमप्रसाद ढुंगेल, सहसचिव तारा अधिकारी खनाल र कोषाध्यक्षमा मञ्जु खतिवडा अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरूमा क्रमशः तारा दाहाल, संगीता खतिवडा चौलागाई, धना वराल, सुरेन्द्र न्यौपाने, रूद्र न्यौपाने र केदारप्रसाद कोइराला चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा मुरारी न्यौपाने चयन भएका छन् भने सदस्यहरूमा अनिता खतिवडा खनाल र दुर्गाप्रसाद नेपभल चयन भएका छन् ।…
झापा, २३ मंसिर । देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ । काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएर बनाएको हो । डेढ अर्ब रुपैयाँ खर्च गरेर तयार भएको बन्दरगाहको आर्थिक लाभ भने शून्य जस्तै भएको छ। अहिलेसम्म व्यावसायिक दृष्टिबाट हेर्दा सुक्खा बन्दरगाह ‘सुक्खा’ जस्तै बनेको अवस्था छ। बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन राजधानी काठमाडौंमै बनाइएको सुक्खा बन्दरगाह अहिलेसम्म पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल निर्यातमा यसको हिस्सा ०.०१ प्रतिशत छ भने आयातमा ०.०३…
झापा, २३ मंसिर । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी) को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ । हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ । बिहार रक्सौलका पासवान मोहम्मद हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर भारतीय पक्षले पासवानलाई पक्राउ गर्न मात्रै होइन, घटनाको थप अनुसन्धान…
झापा, २३ मंसिर । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् । रवि लामिछाने नेतृत्वको रास्वपाले प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् । बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन पत्र पठाएको छ ।
झापा, २२ मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि, नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेलासमेत लाग्ने गर्दछ ।
झापा, २२ मंसिर । तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था छ । प्रादेशिक कार्यालयमा हाल युरिया तीन हजार सात सय ७२ दशमलव छ सय ५० मेट्रिक टन र डिएपी पाँच हजार नौ सय ४१ दशमलव छ सय ५० मेट्रिक टन मौज्दात छ । प्रादेशिक कार्यालयमा उपलब्ध मल किसानको मागभन्दा आधा भएको कृषि…