
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ७ फागुन । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । मेसुके ओलोमोउलेको पासलाई डिबक्समा रहेको स्टफनले गोलमा परिणत गरे । दोस्रो गोल ८० औँ मिनेटमा आयोजकका मेसुकेले गरे । खेलको सुरुवाती समयदेखि नै आयोजकले पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो…
भद्रपुर, ७ फागुन । झापाको भद्रपुर–७ स्थित एमरेल्ड एकाडमीको ३६ औं स्थापना दिवश तथा अभिभावक उत्सव विविध कार्यक्रमका बीच सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुखा आतिथ्यमा उत्कृष्ट विद्यार्थी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रा. डा पृथ्वीविक्रम राईले वार्षिक गतिविधि सहित आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै झापाकै उत्कृष्ट विद्यालयका रूम शिक्षण सेवा प्रवाह गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए । विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीले शैक्षिक गतिविधि प्रस्तुत गर्दै बालमैत्री वातावरणमा उत्कृष्ट शिक्षण सेवा प्रवाह गरिरहेको प्रष्ट पारेका थिए । विद्यालयकी छात्रा प्रतिमा…
विराटनगर, ७ फागुन । सुनसरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा सवरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउसो सुनसरीको हरीनगरा गाँउपालिका–१ स्थित हुलाकी सडक खण्डमा को. २५ प ८८०९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी भारत अररियाका सुबोध मुखीयाको ७ वर्षीया छोरी नैना कुमारी मुखियालाई ठक्कर दिदा घाइते भएकी मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो । यसैगरी रामधुनी नगरपालिका–७ स्थित भित्री सडक खण्ड को २ त ५५८१ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका रामधुनी–७ का १६ बर्षीय कृष्ण चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेका मोटरसाइकल चालक हरीनगरा–२ का २१ वर्षीय सदाम…
सुनसरी, ७ फागुन । सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा रहेका छन । उनीहरुले गत माघ २५ गते इटहरी–२ का बिक्रम खड्काको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाइकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए । खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई बिराटनगर–११ स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, ७ फागुन । फागुन ५ गतेबाट शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तीव्रता पाएको जनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने अन्तर्राष्ट्रिय महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ र सुनसरीका अवलोकनकर्ताहरुको संख्या बढेको जनाइएको छ । महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सहुलियत योजना समेत ल्याइएको छ । महोत्सवमा एक रुपैयाँमा चिया पिउन पाइन्छ भने जुम्लाको मार्सी चामलदेखि दलनका सामानहरु समेत सुपथ मूल्यमा पाइने गरेको छ । जुम्लाको सिज्जाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अग्र्यानिक स्टलमा ग्राहकको भिड लाग्ने गरेको…
झापा, ७ फागुन । स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् । उम्मेदवारले बुझाउन बाँकी रहेको जरिवाना सरकारले मिनाहा गरे पनि जरिवाना तिरिसकेका विषयमा भने कुनै निर्णय गरेको छैन । गृह मन्त्रालयका उपसचिवसमेत रहनुभएका सूचना अधिकारी दिलकुमार तामाङले जरिवाना राजस्व खातामा दाखिला गरेपछि फिर्ता नहुने बताए । उनले भने, “मन्त्रिपरिषद्बाट माफी–मिनाहाका लागि मात्रै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो, जरिवाना बुझाएकाको हकमा बोलेको छैन ।” राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम फागुन ५ गते माफी–मिनाहा गर्नुभएको थियो । मन्त्रिपरिषद्को…
बिर्तामोड, ७ फागुन । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले विभिन्न चार जना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताको एकसहित चारवटा पुरस्कार प्रदान गरिएको हो । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जयन्द्रप्रसाद प्रसाई उत्कृष्ट बर्षोत्कृष्ठ कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका इलामका स्रष्टा बसन्त बस्नेतलाई पुरस्कृत गरेको छ । २०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारा कृतिलाई बर्षोत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गरिएको हो । त्यसैगरी विष्णु पदमा विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य पत्रकार तथा चित्रकार…
झापा, ७ फागुन । प्रथम ‘भद्रपुर झापा गोल्डकप’ नकआउट फूटबल प्रतियोगिता आजबाट शुभारम्भ हुँदैछ । प्रतियोगिता यही फागुन ७ देखि फागुन १६ गतेसम्म हुने छ । यस अन्तरर्ाष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटन यसै संसदीय क्षेत्र नं– ३ का सांसद एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गनेर्र्छन् । कम्प्युटरिकृत इलेक्ट्रोनिक माध्यमबाट पानसमा बत्ती बालेर र रोबोटद्वारा उद्घाटनकर्तालाई बल दिएर उद्घाटन समारोहमा हुनेछ । फागुन १ गते पूर्वप्रधानमन्त्री केपी ओली र आयोजक समितिका अध्यक्ष दिपेश ढकालद्वारा संयुक्त रूपमा सार्वजनिक खेल तालिका अनुसार– उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फूटबल क्लब (इण्डिया)बीच हुने छ । त्यस्तै, दोस्रो खेल फागुन ८ गते पछिल्लो ए डिभिजन लिगमा नवप्रवेशी टिम चर्च ब्वाइज…
भद्रपुर, ७ फागुन । झापा कारागारमा नवनिर्मित शिवालय मन्दिरको महाशिवरात्रिको अवसर पारेर फागुन ६ गते उद्घाटन गरिएको छ । समाजसेवी स्व.पर्शुराम अग्रवालका परिवारद्वारा निर्मित मन्दिरको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो शिवालयको निर्माण थालनी गर्ने पर्शुराम अग्रवालको निधन भएपछि उनका परिवारजनले निर्माण सम्पन्न गरेको स्व.पर्शुरामका कान्छा भाइ गोपाल अग्रवालले बताए भने मन्दिर निर्माण लागत साढे ५ लाख रहेको छोरा नितेश अग्रवालले जानकारी दिए । सो अवसरमा झापा कारागार प्रशासनले स्व.अग्रवालकी धर्मपत्नी मञ्जुदेवी सहित मन्दिर निर्माणकर्ता परिवारलाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
विराटनगर, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नं. १ कमिटीको आयोजनामा शनिबारदेखि मोरङको लेटाङमा तीनदिने आवासीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । पार्टीको आधारभूत तहसम्म प्रशिक्षण प्रदान गर्न प्रशिक्षकहरू तयार गर्ने उद्देश्यका साथ उक्त तालिम सुरु गरिएको प्रदेश नंं. १ कमिटी अध्यक्ष बलदेव चौधरीले जानकारी दिनुभएको छ । प्रशिक्षक प्रशिक्षणमा प्रदेश नं. १ का १४ जिल्लाका ६० जना प्रशिक्षार्थी सहभागी छन् । पार्टीका शीर्षस्थ नेतासहितले तालिम दिने गरी प्रशिक्षक प्रशिक्षणको व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । प्रशिक्षणको आयोजना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नं. १ पार्टी स्कूल कमिटीले गरेको हो । पहिलो दिनको तालिम उद्घाटन…